प्रियंका कार्किले न्युयोर्क शहरमा रहेको साढेंको अण्डकोष किन समातिन?

यो पोष्टको शिर्षक शुरुमा “मान्छेहरुले न्युयोर्क शहरमा रहेको साढेंको अण्डकोष किन समात्छन?” भन्ने थियो । त्यस पछि, मलाइ अभिनेत्रि प्रियंका कार्किले पनि तेस्तै फोटो खिचेको फोटो ट्विटरमा शेयर भएको याद आयो । एक ट्विटर साथिको सहयोगमा प्रियंकाको सो फोटो फेला परेपछि मैले टाइटलमा “मान्छेहरु” लाइ परिवर्तन गरेर “प्रियंका कार्कि” राखेको हुँ, चाखलाग्दो होला भनेर ।

तलको भिडियो हेर्दा यो सबै कुरा प्रष्ट हुन्छ:

यो भिडियोमा सामाबेश भएका जानकारिको सारांश :

  • चार्जिंग बुल एउटा साढेंको प्रतिमा हो, जुन न्युयोर्कको वाल स्ट्रिटमा खुल्ला रुपमा राखिएको छ । यो एक पर्यटकिय स्थल पनि हो ।
  • उत्तेजित रुपमा आक्रमण गर्न लागेको जस्तो देखिने यो प्रतिमा अमेरिकाको आर्थिक आशावादिता र सम्पन्नताको प्रतिक पनि मानिन्छ ।
  • यो साढेंको प्रतिमामा मानिसहरुले अगाडि बसेर फोटो खिच्नुका साथ साथै मुर्तिको पछाडि, अण्डकोष समातेर फोटो खिच्ने पनि चलन छ ।
  • मानिसहरु जिस्कँदा जिस्कँदै यस्तो फोटो खिच्ने चलन चलेको हुनु पर्छ, किनकि कसैलाइ पनि ठ्याक्कै यहि कारणले तेस्तो फोटो खिच्ने चलन चलेको हो भन्ने थाहा छैन ।

नेपालको साढेंको मुर्ति

अमेरिकामा मात्र होइन, नेपालमा पनि तेस्तै प्रतिमा छ, ठुलो अण्डकोष देखाएर बसेको साढें, पशुपतिमा ।

पशुपतिको सो मुर्ति अग्लो स्थानमा राखिएको हुनुका साथै त्यसको नजिक क्यामेरा लान पनि नपाइने हुनाले अमेरिकाको साँडेको जस्तो फोटो नै भने खिच्न मिल्दैन । बाहिरबाट हेर्दा, हाम्रो साँढेको बनोट त्यति खँदिलो पनि छैन । त्यसैले, यदि मानिसहरुलाइ छुन दिने हो भने यो मुर्ति चाँडै नै बिग्रिन सक्ने जस्तो देखिन्छ । अमेरिकाको चार्जिंग बुल ३ हजार २०० किलोको धातुले बनेको छ भने नेपालको नन्दि पुरै धातुले नबनेको भएर, पातलो धातुको प्लेटले मात्रै बनाएको जस्तो देखिन्छ (फोटो हेर्दा)।

priyanka karki charging bull

Leave a Reply

Your email address will not be published. Required fields are marked *