जय रातोपाटि

नेपालको एक अग्रिणि अनलाइन पत्रिका रातोपाटिले बडो कष्टका साथ, मेरा भिडियोहरुमा मैले बोलेका कुरालाइ हुबहु उतारेर लेख बनाएर छाप्न थालेको रहेछ । यसरि मैले मेहनेत गरेर तयार गरेको कुरा समेटेर लेख बनाएको तर, आफुलाइ कुनै क्रेडिट नदिएको देख्दा शुरुमा साह्रै रिस उठेको थियो । तर, केहि क्षणको मनन र मन्थन पछि मलाइ केट्केटि पाराले रिसराग राख्न सुहाउँदैन भन्ने ज्ञान प्राप्त भएको छ । यसरि नयाँ सोचले हेर्दा मलाइ त्यति दुख पनि लागेको छैन । अझ भन्नु पर्दा त, मलाइ खुशि पो लाग्न थालेको छ । मैले गरेको मेहनेत कसैलाइ त काम लाग्ने बनेको रहेछ । कोहि कसैले त “यि मैले यस्तो राम्रो लेखें ” भनेर फुर्ति लाउन पाएको रहेछ । यस्तो दिव्य ज्ञान प्रदान गर्ने रातोपाटि प्रति म आभारि छु, आभारि रहिरहने छु।

आजभोलि, रातोपाटिले मैले बोलेका कुरालाइ हुबहु सार्न थालेपछि मलाइ अझ बढी जिम्बेवारिबोध भएको छ। अझ मेहनत गरेर अझ राम्रो भिडियो बनाउने जाँगर चलेको छ । हो, आगामि दिनमा तपाइले मेरो भिडियोमा “रातोपाटि इफेक्ट्स” अवश्य नै देख्नु हुनेछ ।

रातोपाटिले मेरा भिडियोमा भएका गल्ति लाइ सुधारेर र कमिहरुमा बिवरण थप गरेर पुर्ण लेख तयार गरिदिंदा मलाइ मेरो स्क्रिप्ट लेखनमा सुधार गर्न पनि सहयोग मिलेको छ ।

पहिला पहिला त दिनमा जेनतेन एउटा भिडियो बनाउँथें । अब, रातोपाटिको सुबिधाको लागि भए पनि दुइ वा त्यो भन्दा बढि भिडियो बनाउनु पर्ने भएको छ । यसरि धेरै भिडियो बनाउँदा उनिहरुलाइ राम्रो राम्रा लेख प्रकाशन गर्न र पाठकहरुलाइ खुशि राख्न सहयोग पुग्ने मलाइ बिश्वास लागेको छ ।

शुरुमा त, रातोपाटि बिरुद्ध कानुनि बाटो अपनाउने सोच पनि नआएको होइन । तर, अदालतको ढोका घच्याउन जाँदा महान १२ बर्षे जनयुद्धबाट प्राप्त भएको उपलब्धि गुम्ने ठुलो सम्भावन देखिएको हुनाले तेस्तो कुनै कदम चाल्न मन लागेन । अझ यस्तो कदमले त प्रतिगमनकारिले खेल्ने ठाँउ पनि पाउने हुदाँ लोकतन्त्र र गणतन्त्र नै संकटमा पर्न सक्ने सम्भाव्ना रहन्छ । यसरि देश र गणतन्त्र जोगाउनकै लागि भनेर मैले कानुनि बाटो नअपनाउने निर्णय गरेको छु ।

यस बिचमा, म प्रति सहानुभुति प्रदान गर्ने सबैलाइ धेरै धेरै धन्यवाद । रातोपाटि बाट यहाँहरुलाइ पनि दिब्यज्ञान प्राप्त होस, मेरो शुभकामना छ । अन्त्यमा, यो लेख लेख्न सहयोग गर्ने ज्ञात अज्ञात सबै सहयोगिलाइ पनि धेरै धेरै धन्यवाद ।
***
मेरा रेगुलर पाठाकहरुलाइ मैले कहिल्यै पबु झुठ बोल्दिन भन्ने थाहा छ । तर, यदि तपाइ पहिलो पटक मेरो ब्लग पढ्दै हुनुहुन्छ र यो सबै “हावा गफ” भन्ने लाग्यो भने यि भिडियो हेर्नुहोस र पढ्नुहोस्, अनि आफैले निर्णय गर्नुहोस:

singers-who-died-young-in-ratopati

भिडियोमा सुन्नुहोस्:

नमेटिएको भए पुरै लेख यहाँ छ – ratopati.com/news/79073/

एउटा काकतालि पर्यो होला भन्ने लागेको भए अर्को एउटा पनि हेर्नुस :

ratopati-article-nepaliactress

अहिलेसम्म नमेटिएको भए यहाँ छ – ratopati.com/news/79627/

Leave a Reply

Your email address will not be published.