नेपालि भाषामा ङ, ञ र ज्ञ को प्रयोग

मैले प्रयोग गर्ने युनिकोड किबोर्डमा किन किन “ङ” र “ञ” टाइप गर्न नै मिल्दैन । शुरुमा “क्ष” (क् + ष) बनाउन नजानेको जस्तै कुनै ट्रिक होला, मैले खोजेको पनि छैन किनकि, यि दुइवटा अक्षर यति थोरै प्रयोग हुन्छन कि चाहिएको बेलामा कतै बाट कपि गरेर पेष्ट गरेरै पनि चलिरहेको छ । बिगत दुइ बर्ष देखि मैले यो नेपालि ब्लगका साथ साथै भिडियोका स्क्रिप्टहरु पनि नेपालिमा नै टाइप गरिरहेको छु । तर पनि, यि अक्षरहरु त्यति धेरै प्रयोग नै हुँदैनन ।

मलाइ सबै भन्दा समस्या भएको अक्षर “ज्ञ” टाइप गर्न हो । ज्ञ बनाउन आधा “ज” र “ञ” चाहिने तर मेरो किबोर्डमा “ञ” टाइप गर्न नमिल्ने हुनाले मलाइ अलिक समस्या भएको थियो । यस समस्याको समाधान नेपालि बृहत् शब्दकोशमा भेटियो । शब्दकोशमा उल्लेख भए अनुरुप “ज्ञ”को उच्चारण “ग्यँ” हुने भएको हुनाले, मेरो ब्यक्तिगत प्रयोजनको लागि, छुट्टै अक्षर टाइप गरिरहन आवश्यक नै भएन (हेर्नुहोस, शब्दकोशबाट लिइएको चित्र)।

gyn-pronouncation

हुन पनि “ञ” बाट शुरु हुने शब्द नै छैनन शब्दकोशमा (यस अक्षरको एउटै शब्द रहेछ “ञकार”, जुन छुट्टै शब्द होइन)

yaan-in-shabdakosh

तेस्तै, “ङ” बाट शुरु हुने पनि दैनिक रुपमा प्रयोग हुने उल्लेख्य शव्दहरु नभए पनि यो अक्षरका शब्दहरु चाँहि दुइ पेजमा बाँडिएका छन (पेज ३६५ र ३६६) । उदाहरण:

ngha-shabadkosh-page-1

शब्दको शुरुवातमा मात्र नभएर शब्दको बिचमा पनि “ङ” को प्रयोग हुने गर्दछ । “ञ”लाइ “यँ” उच्चारण गर्न मिले जस्तो “ङ”को उच्चारण गर्न मिल्ने अन्य अक्षर हुँदैन । तेसैले बिरालोले कसरि कराउँछ भनेर नेपालिमा भन्न कै लागि भए पनि “ङ”को आवश्यकता रहिरहने भएको छ ।

“आनन्दको नेपालि”को प्रयोगको लागि निम्न “ञ”लाइ “यँ” र “ज्ञ”को सट्टा “ग्यँ” प्रयोग गर्न हुन्छ कि हुँदैन भन्ने बारेमा भबिष्यमा थप प्रयोगहरु (expiremnets) गरिने छन ।

नोट –  “आनन्दको नेपालि” प्रयोग मेरो नितान्त ब्यक्तिगत प्रयोग हो। “आनन्दको नेपालि” को जननि नेपालि भाषा हो । जसरि मैले मेरि आमाको सम्मान र श्रद्धा गर्छु, तेस्तै मैले नेपालि भाषाको पनि सम्मान र श्रद्धा गर्छु । तेसैले, जसरि मलाइ मेरि आमालाइ परिवर्तन गर्न मन छैन तेसरि नै मलाइ नेपालि भाषामा पनि कुनै परिवर्तन गर्नु छैन, भाषा बिगार्नु छैन । “आनन्दको नेपालि” एक ठुलो प्रयोग हो, भाषाको सरलिकरणको लागि । यो प्रयोग ब्यबहारिक हुन्छ कि हुँदैन, अर्को बहसको बिषय हुने छ । तर, यसरि मैले गरेका परिवर्तनका कारणले हुने परिवर्तित भाषाको स्वरुपको मैले पुर्ण जिम्मेवारि लिएको छु । यसरि यस भाषाको परिवर्तन, परिमार्जन र प्रयोग गर्ने पुर्ण जिम्मेवारि मेरो हुनेछ । यसका साथै, पाठकहरुलाइ कुनै द्विविधा नहोस भनेर, यस भाषा प्रयोग भएर प्रकाशित हुने सबै प्रकाशनहरुमा मैले “आनन्दको नेपालि” प्रयोग भएको जानकारि दिने छु ।

यस अघि, मैले “ब” र “व” लेखाइमा किन गल्ति भइ रहन्छन भनेर बिष्लेशण गरेर यो लेख लेखेको छु । तेस्तै, ह्रस्व र दिर्घ को एक बर्षे लामो प्रयोगको बारेमा यहाँ पढ्नुहोस्।

Leave a Reply

Your email address will not be published.