सम्झनामा दशैं, अघिल्लो बर्षका उत्कृष्ट ५ फोटाहरु

बिगत ४-५ बर्षहरु देखि मैले नेपालि सेलिब्रेटिहरुले दशैंको बेलामा टिकालगाएका फोटाहरु मेरो वेबसाइटका पाठकहरुलाइ पस्कंदै आएको थिएँ । अघिल्लो बर्ष पनि बिगत जस्तै दशैंको बेला नेपालि अभिनेता र अभिनेत्रिहरुले दशैंको टिकालगाएका फोटाहरु पाठकहरुलाइ बाँडने सोचले जम्मा गर्न थाँलेको थिएँ । तर, आजकल सोसल मिडियाको कारण आँफुलाइ चाखलाग्ने सेलिब्रेटिहरुको फोटो आँफैले फलो गरेर हेर्न मिल्ने हुनाले मैले जम्मा गरेर प्रस्तुत गरिरहन आवश्यक नै नहुने जस्तो लाग्यो । अझ फोटोहरुको बाढिनै आउने हुनाले ति सबै फोटो जम्मा गरेर प्रस्तुत गर्नु नै अनावश्यक जस्तो लाग्यो । अघिल्लो बर्ष देखि म ट्विटरमा पनि बढि नै सक्रिय हुन थालेको हुनाले ति फोटाहरु ट्विटरका साथिहरु बिच बाँडेको थिएँ । ति सबै फोटो वेबसाइटमा राख्दा पनि खासै चाखलाग्दो होला जस्तो लागेन । जब फोटा धेरै हुन्छन, मानिसहरुलाइ सबै फोटो हेर्ने जाँगर पनि लाग्दैन तेसैले, रमाइला र चाखलाग्दा थोरै फोटाहरु मात्र जम्मा गर्ने सोच त बनाएर यो एउटा भिडियो तयार गरेको थिएँ उत्कृष्ट ५ फोटाहरुको मात्र चर्चा गरेर।

आज मैले सोहि भिडियोको भुमिका थप गरेर प्रस्तुत गरेको छु :

फोटो १: दशैंको अघिल्लो दिन अभिनेत्रि करिश्मा मानन्धरले कलाकारहरुलाइ उनको घरमा निम्तो दिएकि थिइन । तर, भारतिय नाकाबन्दिका कारण खाना पकाउने ग्याँसको समस्याको कारणले निम्तो दिएका कलाकारहरुलाइ खुवाउने खाना पकाउने नै समस्या भयो। उनले जुक्ति निकालिन, उनको घरमा भएको शुटिंग स्टुडियोको प्रयोग गर्ने । उनले नेपालको गाँउले परिबेशको शुटिंग सेटमा दाउरा बाल्ने चुलो बनाएर खाना पकाउन थालिन र सो फोटो फेसबुकमा शेयर गरिन । यस अघि, भुइचालो आँउदा पनि उनले शुटिंग सेटको अस्थाइ आवासमा बसेकि थिइन । यो फोटोले भारतिय नाकाबन्दिले पारेको असरको एउटा झलक दिने हुनाले यसलाइ ऐतिहांसिक फोटो नै माने पनि फरक पर्दैन ।

फोटो २: दिलिप रायमाझि र उनकि श्रिमति मन्जु रायमाझिले दशैंको टिका पछि आफ्नि छोरिको खुट्टामा ढोगेको फोटो मलाइ यो दशैंको दोश्रो नम्बरको उत्कृष्ट फोटो लागेको छ । नेपालि परंपरागत चलन अनुसार छोराले बाउआमालाइ ढोग्नु पर्छ भने छोरिलाइ बाउआमाले ढोग्छन । नारि र पुरुष समानताको जति सुकै कुरा गरे पनि यस्ता साना तिना चलनहरुले हाम्रो समानताको ढोंगलाइ उदांग पारिरहेकै छन । हुन त, जसले जसलाइ ढोगे पनि खासै फरक त पर्ने होइन! अझ यस्ता चलन ठाउ अनुसार फरक पनि पाइन्छन । मलाइ शुरेशदर्पण पोखरेलले खिचेको यो फोटोमा मन परेको पक्ष दिलिपकि छोरिको अनुहारमा देखिएको आश्चर्यको भाव हो ।

पाँच बर्ष अघिको दशैंमा एमाले नेता माधव नेपालले टिका लगाइ दिए पछि उनकि श्रिमतिले उनको खुट्टामा ढोगेको फोटो एक पत्रिकाको पहिलो पेजमा प्रकाशित भए पछि सो घटनाको कारणले उनि निकै नै आलोचित हुनु परेको थियो । धेरैले माधव नेपाल कम्युनिस्ट नेता भए पनि कम्युनिस्टको नाम मा कलंक भएको समेत टिप्पणि गरेका थिए ।

फोटो ३: रिमा बिश्वकर्माको दशैं टिका – रिमाको परिवार क्रिष्चियन धर्म मान्दछ । तै पनि उनिहरु प्रत्येक बर्ष टिका लगाएर “हिन्दुहरुको ठुलो चाड” भनेर प्रचार गरिने चाड दशैं मनाउँछन । यो हामि नेपालिहरुको बिचमा रहेको धार्मिक सदभाव झल्काउने एउटा ज्वलन्त उदाहरण हो। आजकाल, हिन्दुहरुले पनि क्रिष्चियन पर्व क्रिस्मस धुमधामका साथ मनाउन थालेका छन ।

फोटो ४: ॠषि धमलाले टिका लागाउँदा छोरि रोएको यो फोटोलाइ मैले ट्विटरमा अपलोड गर्दा आएका कमेन्टहरुका कारण नै यो फोटोलाइ मैले उत्कृष्ट पाँचमा पुर्याएको हो । एउटा कमेन्ट थियो धन पौडेलको “यो धमलाले के भन्दियो सानो बच्चालाई ? रोएर बिजोग छ त ? ठूलालाई त रुवाउनेले बच्चालाई किन छोड्थ्यो !” केहि साथिहरुले यो फोटोमा देखिएको धमला पत्नि एलिजाको क्लिभेजको बारेमा पनि चर्चा गरेका थिए ।

फोटो ५: प्रधानमन्त्रि केपि ओलिले आफ्ना पिताको हातबाट दशैंको टिका ग्रहणको फोटो – यो फोटो चर्चित भएको हुनाले टप पाँचमा पर्न सफल भएको हो । केपि बसेको र ब्रिद्ध बाबु उभिएको सो फोटोलाइ लिएर सोसल मिडियामा बिभिन्न चर्चा भएका थिए । आदरणिय बाबुलाइ उभ्याएर छोरा कुर्चिमा बसेर टिका लगाएको भनेर् केपिको निन्दा भएको थियो भने कसैकसैले यसलाइ पनि कुर्चि मोहको रुपमा चर्चा गरेका थिए । जे भए पनि नयाँ सम्बिधान बने पछिका नयाँ प्रधानमन्त्रिको दशैं टिकाको फोटो आँफैमा महत्वपुर्ण पनि हो ।

top 5 dashain 2015 photos

Leave a Reply

Your email address will not be published.