सुदेश सत्यालको छन्द कबिता – दैबि बिपत्ति

सुदेश सत्याल कै आवाजमा :

कविताको पुर्ण पाठ यस प्रकार छ :

दैबि बिपत्ति

खै के सम्झिनु दैब निष्ठुर भै, हाँसो लुटेको दिन
छाति चर्र चिरा परि कन फुट्यो, कोशि फुटेको दिन
आमा ति पुरिइन गएर पहिरो, बच्चा रुँदै थ्यो पर
बिल्लिबाँठ बनाउँदै समय यो हाँसि रहेको तर

क्या आभाषबिहिन जिबन भयो, को संग पोख्ने पिर
बस्ने ठाँउ यहि रहेछ कि कसो, आकासको मुन्तिर
हाम्रो जिबन हुन्छ सार्थक कहाँ, बाँचेर मात्र फगत
केहि हुन्न कराउँदा पनि यहाँ, बहिरो छ सारा जगत

खै रोक्ने कसरि रहेछ र झरि, दर्केर आए पछि
केहि बिद्वंश हुने भयो किन भने, पानि रिसाए पछि
ब्यर्थै आउँछ यो असार महिना, लाग्दैछ अहिले किन
चाहे सक्दछ यो झरि परिरहे, पृथ्बि बगाइ दिन

खै केहि गरिएन औषधि मुलो छामेर नाडिहरु
लाने भो सब थोक निर्मम भइ, आएर बाढिहरु
रोप्नै पर्छ हिरा कतै तिर लगि, माटो हराए पनि
पैताला चुमिराख्दछन शिखरनै, बाटो हराए पनि ।

नोट – आनन्दको नेपालि प्रयोगार्थ यहाँ सबै ह्रस्व लेखिनुका साथै “व” र “ब”को बिचमा लेखाइमा “व” हुने भए पनि उच्चारण गर्दा “ब” उच्चारण हुने सबै शब्दहरुमा “ब” नै लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *