प्रश्न – मैले भर्खर +२ सकें, अब इन्जिनियरिंग पढ्ने बिचार छ | तर, यति धेरै प्रकारका इन्जिनियर हुँदा रहेछन – कुन पढ्न ठिक होला? (राम सापकोटा, पार्दी पोखरा)
उत्तर – कुन बिषयलाइ छान्ने भन्ने कुरा भविष्यमा कुन क्षेत्रमा काम गर्न मन लागेको हो तेसैले निर्धारण गर्दछ | तपाईलाई इन्जिनियर पढ्न किन मनलागेको हो भन्ने खुलाउनु भएको भए उत्तर दिन सजिलो हुने थियो, किनकी सोही कारण बाट नै कुन क्षेत्रमा आकर्षण देखेर तपाइले इन्जिनियर बन्न मन गर्नु भएको भन्ने थाहा हुने थियो | जस्तो, कुनै इन्जिनियरले घर, सडक आदि बनाएको देखेर पढ्न मन लागेको हो भने सिभिल पढ्नु ठिक होला |
मैले कुन इन्जिनियरले के काम गर्छ भनेर तल लेखेको छु | आफ्नो मन लागेको बिषय छानेर पढे हुन्छ | कुनै पनि एउटा बिषय आफैमा अर्को बिषय भन्दा राम्रो वा खराब नहुने हुँदा जुन बिषय लिएर पढे पनि राम्रो संग पढेमा भविष्य उज्ज्वल हुन्छ |
सिभिल इन्जिनियर – भवन, सिँचाइ, सडक, खानेपानी, ढल निकास आदिको निर्माण तथा मर्मत ।
सडक इन्जिनियर, स्टकचर इन्जिनियर, वाटर रिसोर्स इन्जिनियर आदि
इनभाइरोमेन्ट इन्जिनियर – बातावरण तथा सेनिटेसन सम्बन्धी काम ।
आर्किटेक्चर – आर्किटेक्चरल नक्सा हरू साथै भवन निर्माणमा सुपरिवेक्षण ।
इलेक्ट्रिकल इन्जिनियर – विद्युतिय उपकरण सञ्चालन, मर्मत तथा सञ्चालन ।
इलेक्ट्रोनिक्स इन्जिनियर – इलेक्ट्रोनिक तथा सञ्चार उपकरण सञ्चालन र मर्मत ।
मेकानिकल इन्जिनियर – फ्याक्ट्री मेसिनरी संचालन, तथा मर्मत ।
इन्डस्ट्रीयल प्रोडक्सन इन्जिनियर, माइनिंग इन्जिनियर, अटोमोबाइल इन्जिनियर, रेफ्रिजेसन एन्ड एयरकन्डिसिनिङ इन्जिनियर
कम्प्युटर इन्जिनियर – कम्प्युटर सफ्टवेर निर्माण र हार्डवेएर मर्मत तथा जडान।
सिस्टम इन्जिनियर, सफ्टवेर इन्जिनियर, नेटवर्क इन्जिनियर,
तपाईको उज्ज्वल भविष्यको कामना का साथै प्रश्न सोध्नु भएकोमा धन्यबाद |