पिठ्युमा तेस्रो हात, तनहुँका २ बर्षिय बालक हेर्न भिड

तनहुँमा एक अचम्मको बालक देखिएका छन जसको दुइ हात का साथ साथै तेस्रो हात पनि छ – पिठ्युंमा । दुइ बर्षिय बालक गौरब गुरुंगको पिठ्युंको भएको तेस्रो हात चल्न चाँहि चल्दैन । पिठ्युंमा हात पलएपछि उनलाइ सुत्न र भुइमा पल्टिन भने निक्कै गाह्रो हुन्छ्। यस्तो अचम्मको हात भएको बालकलाइ हेर्न गौरबको घरमा भिड लाग्न थालेको छ । कतिपयले उनलाइ भगवानको रुप मान्दै पुजा समेत गर्न थालेको भए पनि डाक्टरहरुले भने यो एक प्रकारको रोग भएको र सो हातलाइ सर्जरि गरेर हटाउनु पर्ने बताएका छन् ।

भि॑डियो रिपोर्ट हेर्नुहोस :

गौरबलाइ के भएको हो ?

डाक्टरहरुले गौरबलाइ जन्मजात नै देखिने स्पाइना बिफिडा भन्ने समस्या भएको बताउँछन । मेरुदंड भित्र हुने स्पाइनल कर्डमा आउने यो समस्याका कारण ढाड्मा मासु पलाउने समस्या हुन्छ । यस्तो समस्या दुर्लभ भए पनि यस्तो समस्याले बालकको दिमागमा पनि असर पार्न सक्ने बताइन्छ । गौरवको घरको आर्थिक अवस्थाका दयनिय हुनुका कारण अहिले सम्म उपचार गर्न नपाएको पनि समाचारमा उल्लेख छ ।

gaurav-gurung-with-his-parents

Leave a Reply

Your email address will not be published.