लोकमान हटाउने प्रकृया शुरु, “भोकमान”हरुले हटाउन देलान ?

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता पछि कार्कि स्वत: निलम्बित भएका छन । एमाले र माओवादीका १५७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे पछि सो प्रस्तावमा समर्थन गर्न कांग्रेस सांसदहरुसंग पनि छलफल शुरु गरिएको छ । एक तिहाइ भन्दा बढि सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरे पनि नेपालको संविधानको धारा १०१ को उपधारा २ अनुरुप कार्किलाइ पदमुक्त गर्न दुइ तिहाइ बहुमतले पारित गर्नु पर्ने हुन्छ ।

भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=2O2XF82CS4A

प्रस्ताव दर्ता भएकै दिन कार्कि एक महिना लामो क्यानडा बसाइ सकेर फर्केका छन । यो बेलामा लोकमानले आफ्नो बलबुताले भ्याएसम्म सांसदहरु आफ्नो पक्षमा पार्न कसरत गर्ने छन । लोकमानको प्रस्ताव र प्रलोभनमा पर्ने “भोकमान” पनि प्रशस्त नै होलान ।

भोकमानहरुले लोकमानलाइ बचाउलान त ?

लोकमान कार्किको बारेमा मैले यस अघि पनि एउटा ब्लग पोष्ट लेखेको थिएँ – उनले ट्विटरमा गर्ने बदमासिको बारेमा।

lokman-singh-karkiciaa-chief

Leave a Reply

Your email address will not be published.