तिहारको शुभकामना – तिहारका ५ दिनको परिचय

यो वर्ष (२०७३ सालमा) तिहार कार्तिक १२ गते शुक्रबारबाट बाट शुरु हुँदै छ । यस अवसरमा सबै पाठकहरु लाइ तिहारको मुरि मुरि शुभकामना छ ।

अव यो बर्षका तिहारका पाँच दिन निम्न कहिले कहिले परेका छन भन्ने बारेमा:

  • कार्तिक १२ – यमपंचक आरम्भ, काग तिहार
  • कार्तिक १३ – कुकुर तिहार
  • कार्तिक १४ – लक्ष्मि पुजा, गाइ तिहार
  • कार्तिक १५ – म्ह पुजा, गोबर्धन पुजा, गोरु पुजा
  • कार्तिक १६ – भाइ टिका

तिहारका यि दिनहरु को महत्व को बारेमा निम्न भिडियोमा प्रकाश पारिएको छ:

तिहारमा पुजाआजा, मिष्टान भोजन र रमाइलो गर्ने चलन छ । घर परिवार मिलेर तास खेल्ने, साथिभाइ मिलेर देउसि भैलो खेल्ने पनि प्रचलन रहेको छ ।

पहिलो दिन – काग तिहारबाट तिहार शुरु हुन्छ । यो दिन कागलाइ पुजा गर्नुका साथै खानेकुरा पनि दिइन्छ ।

दोश्रो दिन – कुकुरलाइ पुजा गरेर कुकुर तिहार मनाइन्छ ।

तेस्रो दिन बाट रमाइलो शुरु हुन्छ झिलिमिलि बत्ति बाल्ने, सेल रोटि / मिष्ठानहरु पकाउने आदि कार्य शुरु हुने हुनाले । हुन त, आजकल बिजुलि बत्तिको कारणले तिहार शुरु नहुँदै बत्ति बाल्न शुरु गरिन्छ। लक्ष्मि पुजाको बेलुका महिलाहरु भैलि खेल्छन । आजकल महिला पुरुषमा भेदवाव नगरिने हुनाले पुरुषहरुले पनि भैलि खेल्न थालेका छन । यस दिनमा धन कि देबि लक्ष्मिको पुजाका साथै गाइको पुजा पनि गरिन्छ ।

चौथो दिन – यो दिन गोबर्धन पुजा, गोरुको पुजा गर्ने चलन छ । नेवार समुदायमा म्ह पुजा अर्थात आँफुले आँफैलाइ पुजा गर्ने चलन पनि छ । यो दिन बेलुका महिला र पुरुषहरु देउसि खेल्छन ।

पाँचौं दिन – दिदि बहिनि र दाजु भाइले एक अर्काको पुजा गरेर टिका लगाइ दिने यो तिहारको अन्तिम दिन हो ।

priyanka-karki-laxmi-puja

फोटो – अभिनेत्रि प्रियंका कार्कि २०७१ सालको लक्ष्मि पुजामा

यो पनि
तिहार एस एम यस (Diwali SMS collection)

यो तिहारमा
चाहेका कुरा सबै पुगोस
हरेक दिन सुन्दर होस
हरेका रात रंगिन होस
तिहार मंगलमय होस!!

Leave a Reply

Your email address will not be published.