धुर्मुस सुन्तलिको गिरान्चौरबासिलाइ संदेश – चन्द्रमा छुने उद्देश्य लिनु

हास्य कलाकार धुर्मुस र सुन्तलि को प्रयासमा निर्माण गरिएको गिरान्चौर एकिकृत नमुना बस्तिमा ६५ घर का साथ साथै एउटा सामुदायिक भवन पनि निर्माण गरिएको छ । त्यहाँ बगैचा र बाल उद्यानसँगै एउटा रेकेटको स्तम्भ पनि निर्माण गरिएको छ । घर बस्न, सामुदायिक भवन जम्मा हुन, बच्चाहरु खेल्ने स्थान, रमणिय बगैंचा आदिको सबैको आ-आफ्नै उद्देश्य छन । तर, त्यहाँ निर्माण गरिएको रकेट स्तम्भको चाँहि कुनै काम देखिँदैन । हुन त रकेटले राम्रो र बस्तिलाइ आकर्शक देखाएको छ । उक्त स्तम्भमा लेखिएको महाकवि लक्ष्मि प्रसाद देवकोटाको भनाइ “उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक”ले अझ सुनमा सुगन्ध थपिएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस :

सो स्तम्भको बारेमा धुर्मुस भन्छन्, “रकेटको गतिमा काम गरेमा मात्र देश बन्छ।”

धुर्मुस बाट प्रेरणा लिएर देश बनाउने गति तिब्र होस्, मेरो शुभकामना छ ।

Leave a Reply

Your email address will not be published.