के प्रचण्डलाइ इस्कुस मन पर्न थालेकै हो त ? (छठ मनाउने प्रसंगमा)

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले छठ पर्व मनाएको समाचारले मलाइ अचम्म लागेको छ । प्रचण्डले यो धार्मिक चाड्मा समावेश भएर मुर्तिपुजा गरिरहेको फोटो देखेर मलाइ अनौठो लाग्नुको मुख्य कारण हो उनले दशैं र तिहारलाइ धार्मिक चाड भनेर नमनाउनु ।

दशैं तिहार धार्मिक भन्दा पनि सांस्क्रितिक पर्व भै सकेको तर्क गर्नेले अमेरिकि राजदुतले दशैंको टिका लगाएको उदाहरण पनि प्रस्तुत गरेका थिए । अमेरिकि राजदुतले टिका लगाउँदा प्रधानमन्त्रिले बहुशंख्यक नेपालिले मनाउने दशैं नमनाएको घोषणा गर्नु अचम्म लाग्दो कुरा त थियो नै तर उनको ब्यक्तिगत कुरो भनेर मैले त्यो बेलामा यो बारेमा चर्चा गर्नु आबश्यक ठानिन ।

केहि दिन अघि प्रचण्डले सोहि तर्कका साथ तिहार पनि मनाएनन । समाचारमा अमेरिकि राष्ट्रपति सपरिवार दिपावलिको कार्यक्रममा सहभागि भएको समाचार पनि आएका थिए। तर, त्यो बेला पनि मलाइ चर्चा गरिरहन आबश्यक लागेन ।

तर, तिनै ब्यक्ति छठमा सामेल हुँदा पुर्ण रुपमा धार्मिक ब्यक्ति भएको देख्दा चाँहि मलाइ अचम्म लागेको छ ।

https://www.youtube.com/watch?v=dbvmx5GG9OA

यसै संधर्वमा प्रचण्डको छठमा आरधना पछि सामाजिक संजाल ट्विटरमा देखिएको ब्यंग्य मलाइ चित्त बुझ्दो लाग्यो । के प्रचण्डको भारतसित लभ परेकै हो त ?

us-ambassador-to-nepal-dashain-tihar

Leave a Reply

Your email address will not be published.