आमाबाट लत्याइएको अभागि छोराको पुकार (शारांश भिडियो सहित)

झुठ र एक अर्कामा आक्षेपमात्र लगाउने काम भएको हुनाले सत्य कुरा के हो भन्ने अन्योल भएको हुनाले मलाइ कञ्चन शर्मा रेग्मिको बारेमा फेरि अर्को चर्चा गर्न मन लागेको थिएन । तर, ३-४ दिन अघि उनको छोराले लेखेको एक मर्मिक भनाइ अहिले भर्खर पढें अनि यो आमा छोराको बिचको अनौठो संबन्धको बारेमा भने चर्चा नगरि मन नै मानेन ।

आफ्ना इन्जिनियर श्रिमान् र दुई इन्जिनियर भनिएका छोराहरुले वास्ता नगरेकोले सात वर्षसम्म सडकमा बिताउनु परेको भन्दै कान्तिपुर टेलिभिजनमा देखिए पछि कञ्चन शर्मा रेग्मि रातारात चर्चित बनिन् र सबैले सहानुभुति पनि पाइन । टक्सन गाडि चढेर हिंडने छोराहरुले सड्कमा बसेकि आमालाइ बाइबाइ गर्दै हिंडेको बताउने कञ्चनको अन्तर्वार्ता पछि कञ्चनका कान्छा छोरा सागर रेग्मि तिन दिनसम्म मुर्छित भएको बताएका थिए, उनका पुर्वपतिले । तिनै कञ्चनका कान्छा छोरा सागर रेग्मिले गाडि चलाउने अनुमति नै नभएको लाइसन्सको दुइवटा फोटो समेत राखेर फेसबुकमा एक स्मार्मिम स्ट्याटस लेखेका रहेछन। प्रस्तुत छ सागर रेग्मिले लेखेको लामो भनाइका मुख्य कुराहरु: (भिडियो अपलोड् हुँदैछ)

सागरले लेखेको लामो स्ट्याटसको साराँश यस प्रकार छ

  • हामिले केहि गल्ति गरेका छैनौ । तेसैले हामिलाइ गालि नगरियोस । सबैको परिवारमा केहि न केहि समस्या हुन्छन । हामि पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ । हामि कुनै हिंश्रक जनावर अथवा पेशेवर अपराधि होइनौं ।
  • कार्यक्रम प्रसारण भएको समय मा मेरो परिक्षा चलि रहेको थियो । कार्यक्रम प्रसारण भै सके पछि मेरो शरिर र मस्तिष्क नै थला परे जस्तो भयो ।
  • हाम्रो परिवारमा आमा को अस्वाभाविक र अमर्यादित काम, क्रियाकलाप र व्यवहारका कारण दरार पैदा हुदै बिखन्डन भएको हामि दुवै दाजु भाइ ले देखेका छौं। दाइ त अहिले सम्म सम्हालिन सक्नु भएको छैन ।
  • आमाले हामि लाइ एक बचन नसोधि घर छोड्नु भयो ।
  • बुबुले नै आमा र बुबा दुवै को जिम्मेवारी उठाउनु भएको छ । बुबा को सहनशिलता, लगन, माया र ममता ले हामि अघाडी बढ्यौं ।
  • आमा ले घर छोडदा मा १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । मलाइ आमाको माया र भरोशा आवश्यक भएको बेला आमाले तिरष्कार र घृणा गर्नुभयो ।
  • बुबा र आमा को झगडा मा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामि ले बुबा को साथ् दियाै‌ ।
  • आमा ले गर्नु भएका अमर्यादित काम म सामाजिक संजाल म़ा ब्यक्त गर्न सक्दिन ।
  • आमा ले हामि लाइ लगाउनु भएको आरोप टक्सन गाडिमा चढेर हात हल्लाएर बाइ बाइ गरे भने पनि हामि संग टक्सन गाडि नै छैन । मैले र दाई ले मोटर साइकल चद्छौँ । मसंग गाडि चलाउने लाइसेन्स पनि छैन (प्रमाण को रुपमा लाइसेन्स्को फोटो शेयर गरेका छन।)
  • आमालाइ हामिले लत्याएका हैनौं, हामि आम़ाबाट लत्याइएका अभागि छोरा हरु हौँ । सत्य येही हो ।

Leave a Reply

Your email address will not be published.