कसरि १ सय १७ वर्ष सम्म टाठै छन संसारकै सबैभन्दा पाकि महिला?

संसारकै सबैभन्दा वृद्ध व्यक्ति एम्मा मोरानोले यहि नोभेम्बर २९ मंगलबार आफ्नो १ सय १७ औँ जन्मदिन मनाएकि छिन्। एम्मा १८०० को शताब्दिमा जन्मिएकि संसारकै एक मात्र जिवित व्यक्ति मानिन्छिन ।

emma-morano-oldest-living-person-117-birthday-celebration

सन १८९९ को नोभेम्बर २९ का दिन इटालिमा जन्मिएकि एम्मा उनका मातापिताका ८ सन्तानहरुमा पहिलो सन्तान हुन्। अहिले उनका सबै भाइबहिनि हरु बितिसकेका छन्। १९३८ मा आफ्ना पतिसँग उनको सम्बन्धविच्छेद भए पछि उनि एकल जिवन बिताइरहेकि छिन ।

गत मे महिनामा न्युयोर्ककि सुसाना मुसाट जोन्सको १ सय १६ वर्षको उमेरमा मृत्यु भएपछि एम्मा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकि हुन्। उनले आफ्नो लामो जिवनको रहस्य दैनिक ३ ओटा काँचो अण्डा खानु र एकल जिवन बिताउनु रहेको बताउँछिन्।

एम्मा किशोरावस्थामा हुँदा एक जना डाक्टरले नियमित रुपमा अण्डा खाँदा रक्तअल्पता नहुने बताएपछि उनले अण्डा खान थालेको बताउँछिन। पहिला राम्रो स्वर भएको बताउने एम्मा आजकाल भने गित गाउन सक्दिन भन्छिन ।

Leave a Reply

Your email address will not be published.