लेण्डुप दोर्जे को परिचय, हाम्रोमा भएका लेण्डुप दोर्जे को हुन ?

नेपाल तथा नेपालि राजनितिमा अत्यन्तै चर्चित नाम हो, लेण्डुप । लेण्डुप प्रब्रिति, लेण्डुप दोर्जे हुन लागेको नेता आदि भनाइ चलि रहन्छन । स्वतन्त्र राष्ट्र सिक्किमका अन्तिम प्रधानमन्त्रि लेण्डुप दोर्जे सिक्किम प्रान्तका पहिलो मुख्यमन्त्रि पनि हुन । स्वतन्त्र राष्ट्र सिक्किमलाइ भारतमा विलय गर्न को लागि भारतले प्रयोग गरेका नेता हुन काजि लेण्डुप दोर्जे । तेसैले, लेण्डुप दोर्जेलाइ दक्षिण एसियामा नै देशद्रोह र गद्दारिको पर्यायको रुपमा चित्रण गरिन्छ । सिक्किमलाइ भारतमा बिलय गर्न प्रयोग भएका नेता त्यस पछि भने करिव तिन दशक सिक्किम बाहिर बसे, सन २००७ मा निधन हुनु पहिले सम्म ।

स्वतन्त्र राष्ट्रलाइ भारतको जिम्मलगाउने निर्णय गर्ने पार्लियामेन्ट को नेतृत्व गर्ने प्रधानमन्त्रि भएको हुनाले दोष सबै लेण्डुपकै थाप्लोमा गेएको हो । भिडियो रिपोर्ट हेर्नुहोसा :

यो भिडियो पुरै स्क्रिप्ट प्रस्तुत गर्न मलाइ त्यति रहर लागेन । तेसैले यसको सारांश मात्र प्रस्तु गर्दैछु : लेण्डुप दोर्जे के गरेर चर्चित भए ? हाम्रोमा भएका लेण्डुप दोर्जे को हुन ?

  • काजि लेण्डुप दोर्जे सन १९०४ मा जन्मेका थिए ।
  • ६ बर्षको उमेरमा उनि सिक्किमको एक चर्चित गुम्बा रुम्टेक गुम्बामा भर्ना भएका थिए ।
  • एक पटक सिक्किमका तत्कालिन राजा टुल्कु नाम्ग्याल रुम्टेक गुम्बा गएका थिए । सोहि बेला उनले लेण्डुपलाइ मन पराए र आफ्नो दरबार गान्तोक ल्याएका थिए र एक तिब्बति लामा स्कुलमा भर्ना गरिदिएका थिए ।
  • १६ बर्षको उमेरमा लेण्डुप दोर्जे फेरि रुम्टेक गुम्बामा फर्के । त्यहाँ दुइ बर्षको अध्ययन पछि उनि त्यहि गुम्बाको प्रमुख भए र ८ बर्ष बिताए ।
  • सन् १९४५ मा सिक्किम प्रजा मण्डल पार्टि खोलेर अध्यक्ष बने ।
  • १९५३ मा उनी सिक्किम स्टेट कांग्रेसमा मिसिए, अध्यक्ष बने । नयाँ दिल्लि गएर भारतिय प्रधानमन्त्रि जवाहरलाल नेहरुलाइ भेटे पछि, उनि राजतन्त्र विरोधि बने।
  • १९६० मा सिक्किममा भएको चुनावमा लेण्डुपको पार्टिले १८ मध्ये ८ सिट जित्यो ।
  • सन् १९७३ को चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मा २ सिट मात्र जित्यो ।
  • चुनावमा धाँधलि भएको भन्दै भारतिय हस्तक्षेप पछि फेरि चुनाव गराएर लेण्डुपको पार्टिलाइ ३२ मध्ये ३१ सिटमा जिताइयो । संसदमा बहुमत भएपछि सोहि संसदले सिक्किमलाइ भारतमा विलय गर्ने निर्णय गर्यो ।
  • यस पछि सन १९७५ मा लेण्डुप भारतको प्रदेश सिक्किमका मुख्यमन्त्री बने ।
  • भारतमा बिलय गरिसके पछि लेण्डुपले भारत बिरोधिहरुलाइ सखाप पार्ने काम गरे ।
  • उनको कार्यकाल सन १९७९ मा सकिने बेलामा भएको चुनावमा लेण्डुपको पार्टि नामोनिशान नै मेटिने गरेर पराजित भयो । यस बेला बल्ल उनले आँफुलाइ भारतले प्रयोग् गरिरहेको कुरा बुझे ।
  • लेण्डुपको काम सकिइ सकेको हुनाले उनको राजनैतिक हैसियत निमिट्यान्न नै पारियो । त्यस पछि उनि सिक्किम छोडेर पश्चिम बंगाल बसाइ सराइ गरे।
  • शुरुमा सिक्किमका लोकप्रिय र चर्चित नेता देखिएका लेन्डुप सिक्किम देशलाइ भारतमा बिलय गराउने बित्तिकै एका एक हैसियत बिहिन भए ।
  • उनि करिव तिन दशक गुमनाम भएर बिताए पछि सन् २००७ मा कालिङपोङमा एकसय दुइ वर्षको उमेरमा उनि बिते।
  • लेण्डुप बिते पछि उनलाइ महान भारतभक्त भन्दै पद्मभुषण पदक पनि प्रदान गरिएको थियो ।

भारतले नेपालमा पनि लेण्डुप दोर्जे मार्काको नेता खोजिरहेको सबैलाइ थाह छ । भारतिय नाकाबन्दि, मधेषबादि दललाइ उकास्नु, साम्प्रदायिक र जातिय मुद्दा उठाएर अस्थिरता ल्याउनु, सम्बिधान संसोधन गर्न बाध्य बनाउनु यस्ता अनेकन घटनाहरुमा नेपाललाइ पनि सिक्किम बनाउने भारतिय प्रयास को गन्ध आँउछ । अझ, राजा हटाउने सम्झौता नै दिल्लिमा गरिएको घटना संझिंदा कहालि लाग्छ। हाम्रा नेता बेला बेलामा दिल्लि धाउनु र बेला बेलामा भारतिय राजदुताबासले आन्तरिक राजनितिलाइ असर गर्ने गरेर बक्तव्य निकालिराख्नु ले पनि नेपालमा सहि लेण्डुपको खोजि भै रहेको प्रष्ट देखिन्छ ।

अब को होला त लेण्डुप दोर्जे । भारतले नयाँ लेण्डुप दोर्जे तयार गरिरहँदा नेपालिहरुले टुलुटुलु हेरिरहलान त ?

lendup-dorje

ओर्नेट गुम्बामा लेण्डुप दोर्जे आफ्नि श्रिमतिका साथमा । लेण्डुपको राजनितिक जिवनको समाप्तिसंगै यि बिदेशि श्रिमतिले पनि उनलाइ छोडिदिएकि थिइन ।

Leave a Reply

Your email address will not be published.