सुन साइँलि साइँलि, परदेशबाट म आउँला
सुन साइँलि साइँलि, चालीस कटेसि रमाउँला
यो गितले तहल्का मच्चायो । धेरैको मन छोयो। अनि यसका बिभिन्न कभर पनि बनेका छन् र कतिपयले यस्को उत्तर पनि दिएका छन । एउटा भिडियो फेलापरेको थियो एउटि साइलिले गाएर यसर्को उत्तर दिएको:
सुन साइँला साँइला, छोडि नजानु परदेश
सुन साइँला साँइला, दुख सुखमै रमाउँला
सुन साइँला साँइला, ढिँडो र गुन्द्रुक खाँउला
सुन साइँला साँइला, खेति पातिमै रमाउँला
भिडियोमा नै हेर्नुहोस् :
अनि अर्को भर्सन पनि छ साइलालाइ साइँलिको जवाफ :
सुन साइँला साइँला, हतारमा घर नआउनु
सुन साइँला साइँला, बेला बेलामा पैसा पठाउनु
सुन साइँला साइँला, कलर्समा सिरियल सरर
सुन साइँला साइँला, दुइ महिनामै हिन्दि खरर
सुन साइँला साइँला, फाल्दिएँ नाम्लो बरियो
सुन साइँला साइँला, आँफु त राम्रि परियो
सुन साइँला साइँला, गर्धनमा नेकलेस सुनैको
सुन साइँला साइँला, घुम्दैछु बाइकमा उनैको
सुन साइँला साइँला, गिलासम ह्विस्कि चुसुक्क
सुन साइँला साइँला, आमालाइ पैसा नपठाउ खुसुक्क
सुन साइँला साइँला, संका गरे रोइदिम्ला
सुन साइँला साइँला, थाऐ नदि पोइला गैदिम्ला
सुन साइँला साइँला, हतारमा घर नआउनु
सुन साइँला साइँला, बेला बेलामा पैसा पठाउनु
यस्ता रमाइला खालका अरु भर्सन पनि पक्कै आउलान । फेला परेमा मैले अपडेट गरौंला ।