“चुनाव हारेर म मरेकि होइन” सुसाइड नोट लेखेर, किन मरिन त १९ बर्षिया रिमा क्षत्रि ?

रिमाले सुसाइड नोटमा लेखकि छन्

चुनाव हारेर म मरेकि होइन। आजसम्म मलाइ जसले जस्तो व्यवहार गरे पनि कसैलाइ नभनि सहेरै बसेकि थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदि, भाउजु र साथिहरु, मलाइ माफ गरिदिनु। तपाईंहरुबाट धेरै टाढा जाँदैछु

रिमा क्षत्रि को  हुन र कसरि घटना भएको थियो ?  

  • १९ वर्षिया रिमा क्षत्रि
  • घर – स्याङ्जाको फेदिखोला गाविस ९ स्थित डाँडागाउँ
  • घरमा आमा, बाबु, एक दिदि, ३ दाजु र भाउजुहरु छन्
  • सिद्धार्थ बहुमुखि क्याम्पस मा स्नातक तह प्रथम वर्षमा अध्ययरत
  • फेदिखोलाबाटै एसएलसिपछि स्नातकसम्म अध्ययन गरेकि
  • नेपाल विद्यार्थि संघका तर्फबाट अध्यक्ष पदकि उम्मेदवार
  • फागुन १८ गते भएको चुनावमा पराजित भएकि । अखिलकि प्रतिष्ठा कार्कि बिजयि भएको । रिमाले चुनावमा जम्मा २८ मत पाएकी थिइन्। उनका प्रतिस्पर्धी प्रतिष्ठा कार्किले ९२ मत ल्याएर विजयी भएकि थिइन।
  • फागुन १९ गते बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलिमा सलको पासो लगाएको अवस्थामा भेटिएको
  • निधनकै दिन बिहान बाबु, आमा र छोरिले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाइ सँगै मिल जान आग्रह गर्दा शरिरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु। हजुरहरु जानुस् भनेर पठाएकि ।
  • धेरै समयसम्म रिमालाइ नदेखेपछि भाउजुले खोजि गर्दै कोठामा जान लाग्दा बार्दलिमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएको
  • जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा फागुन १९ गते साँझ उनको अन्त्येष्टि गरिएको
  • बहिनिलाइ यो अवस्थामा पुर्‍याउन बाध्य पार्ने व्यक्ति खोजि गरि कारबाहि गर्न अनुरोध गर्दै उनका दाजुले बिहिबार प्रहरिमा जाहेरि दिएका छन ।

उनले निर्वाचनमा जित्ने सम्भावना नगण्य नै थियो । तेसैले उनले आफ्नो पराजयलाइ स्विकारेर सोहि दिन साँझ सदरमुकाम पुगेकि थिइन्। सदरमुकामको त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनिल चापागाइं विजयि भएपछि उनको विजय र्‍यालिमा पनि सहभागि भएर उनि साँझ ८ बजेपछि साथिहरुसँगै घर फर्केकि थिइन ।

सो दिन रिमा क्षत्रिका बाबु भिम क्षत्रि छोरिलाइ लिन बाटोसम्म आएका थिए। बाबु छोरि सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनि सुत्न गएको बाबु भिम बताएका छन। छोरिको भनाइ सम्झंदै भिम क्षत्रि भन्छन, ‘बाबा यसपटक म हारें। अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झन्डा देखाएकि छोरिको यो दुर्गतिको दिन देख्नुपर्‍यो’ ।

रिमाकि आमा अर्धचेत छिन् भने बाबु पनि २ पटकसम्म बेहोस भएर लडेका थिए। क्षत्रि फेदिखोलास्थित सिद्धार्थ बहुमुखि क्याम्पसमा थिइन्।

स्थानिय रेखा थापाका अनुसार उनि – अत्यन्त सुन्दर, बोलिमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन्। विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनि अत्यन्त मिलनसार र सहयोगि थिइन ।

प्रहरिले अनुसन्धान गरिरहेको र उनले आत्महत्या गर्नुको कारण पत्ता लागि नसकेको बताएको छ ।

Leave a Reply

Your email address will not be published.