प्रशुमा राइ को कविता “पेट”

प्रशुमा राइ नयाँ युगकि कवयत्रिहुन । हालै काठमाण्डौमा भएको एक कविता प्रतियोगितामा प्रस्तुत भएको कविता “पेट”ले हाम्रो वास्तविकतालाइ प्रस्तुत गरेको छ । दुइ महिना अघि भएको प्रतियोगिताका बिजयि पाँच कवयत्रिहरुमध्ये प्रशुमा राइ एक हुन । युथ पोएट्रि स्ल्याम २०१७ (QC Award 2017) नाम दिइएको सो प्रतियोगिताका बिजयि अन्य चार कवियत्रिहरु थिए – यमन थापा, मानसि दहाल, कृति सिटौला र प्रज्ञा भण्डारि । अन्य कवयत्रिहरुको कविता भबिष्यमा शेयर गरौंला अहिले प्रशुमाको एक कविता:

पेट

बसिरहेका पेट
उठिरहेका पेट
कुदिरहेका पेट
अनि गुडिरहेका पेट
भर्खर जन्मिएका पेट
जन्मिन ठिक्क परेका पेट
सुतिरहेका पेट
र महत्वपुर्ण त, ब्युझिंरहेका पेट
यो बनावटका तवरले मोटा र दुब्ला लाग्ने पेटहरु नै हुन
सर्वशक्तिमान
आखिर जे गर्छ, यो पेटले गर्छ
र जे जे गर्दैछौं यो पेटको मागकै कारण

बिदेशिएका पेट
बिदेशिइरहेका पेट
फर्किइएका पेट
र यस बिच पनि अड्किइरहेका पेट
हुन्छन नि भिजा नलागेका, भिजा लाग्न बाँकि
अनसनधारि पेट
कर्मसिद्ध पेट
बलबुता लगाउ भन अनगिन्ति कुराहरु
निर्माण गर मानव जगतलाइ
आधुनिकिकरणको त्यो सुचिमा मापन गर्ने कारकहरु
र पनि, यो पेटको ओडारबाट भाग्न नपाउने भयौ
किनकि, जे गर्छ यो पेटले गर्छ ।

तिमिले सोच्ने साँच्ने कुराहरु सबै पेटकै निर्देशन
तिमिले भन्लाउ मनले कति सोच्छ
तिमिले सोच्ने साँच्ने कुराहरु सबै पेटकै निर्देशन
मष्तिष्क शिथिल हुँदा त्यति फरक नपर्ला
जति फरक नपर्ला, जति तिम्रो पेट नभर्दा
चोरि, जोडि, कमजोरि अनि मनपरि चल्न थाल्छन
तिम्रो पेट नभर्दा
चोरि, जोडि, कमजोरि अनि मनपरि चल्न थाल्छन

मोटो पेट, फोक्से पेट, फुर्तिलो पेट
पेटलाइ शांति र स्वच्छ चाहिन्छ
कसैले पानि मात्रै पिए पनि लाग्ने
कसैले पुर्ख्यौलि सम्पति सिद्याउँदा पनि नलाग्ने

घुस पचाउने पेट, हुरि पचाउने पेट
अनसनधारि पेट
अशान्ति र आन्दोलन मच्चाउने पेट
आदर्शवादको मिटर जाँच्ने सेट नै हो यो पेट
हामि आँफै नै भन्छौं
त्यो नेताले त्यो कुर्चि र सत्ता पाएर के गर्यो?
आँफ्नै भुँडि त भर्यो
जनाताको लागि के गर्यो?
तेसैले, आदर्शवादको मिटर जाँच्ने सेट नै हो यो पेट
अपच अटाउने पेट
अमन घटाउने पेट
दरिद्रतामा लिप्त पेट
दरिद्रतामा लिप्त पेटहरु
मेरो जात धर्म भाषा र युगको बिरुद्ध बैमानि कुरा नगर
जसरि तिम्रो पेटले माटो पचाउन सक्दैन
एकल भुँडि भरेर ढोंग स्वभिमानको कुरा नगर
किनकि यो पेटलाइ राष्ट्रियताको प्रमाणपत्र चाहिएको छैन
किनकि यो पेटलाइ भोकको पिडा थाह छ
र पनि मिसावट, मिलावट, सजावट, चुहावट
र दुषित कुराहरु सहेरै पनि बाँच्न अभिशप्त छ !

Leave a Reply

Your email address will not be published.