दुइ बर्ष अघि बनाएको निम्न भिडियोले भर्खर १० लाख भ्यु पाएछ। यो अनौठो संयोग नेकपा माओबादि र नेकपा एमाले बिच एकता संगै मिलेको छ । उक्त भिडियोमा कसरि देशको अवस्था जति बिग्रे पनि हाम्रा नेताहरुले आर्थिक अवस्था भने सप्रिरहेको छ भन्ने देखिन्छ । यो भिडियो रिपोर्ट मा देशका शिर्ष नेताहरु कस्तो घरमा बस्छन भन्ने विवरण समावेश गरिएको छ।
केहि समय पहिले मैले प्रचण्डको नयाँ घरको बारेमा पनि भिडियो रिपोर्ट बनाएको थिएँ यहाँ हेर्नुहोस –
त्यो बेलामा प्रचण्ड र बाबुराम पार्टी निर्णय अनुसार भाडाको घरमा बस्थे। अब त माओबादि पार्टि पनि एमालेमा बिलय भएको छ। के प्रचण्डले अब भर्खर सरेको नयाँ बास्स्थान भाडाको नभएर आँफ्नै हो भन्लान त?
अनि, बाबुरामको डेराको बारेमा अर्को रिपोर्ट पनि तयार गरेको थिएँ ।
यहाँ हेर्नुहोस् –
बाबुरामले त माओबादि पार्टि छोडेर नयाँ शक्ति पार्टि खोलेको पनि लामै समय भएको छ । नयाँ शक्तिको आवास सम्बन्धि निति के छ भन्ने चाँहि मलाइ थाह छैन ।
पार्टि एकिकरणको बारेमा भिडियो :