‘हाइवे’ बर्लिन फिल्म फेस्टिभलमा

नेपाली सिनेमा ‘हाइवे’ले बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गर्ने भएको छ । जर्मनीको बर्लिनमा फेब्रुअरी ९ देखि १९ सम्म आयोजना हुने सो फेस्टिभलमा ११ देशका फिचर फिल्म मध्य ‘हाइवे’ पनि छनौट भएको हो । सन् १९७८ मा शुरु भएर प्रत्येक बर्ष आयोजना हुने बर्लिन फिल्म फेस्टिभलमा नेपाली फिल्म छनौट भएको यो पहिलो पटक हो ।

highway_poster

नेपालमा हुने राजमार्गमा बन्द र हड्ताल र तेस्ता घटनाले नेपाली जनजीवनमा पर्ने प्रभाब बिषयमा केन्द्रित भएर बनाइएको यो फिल्ममा सौगात मल्ल, कर्मा, विनय श्रेष्ठ, इलम दीक्षित, ऋचा शर्मा, दयाहाङ राई, राजन खतिवडा आदिको मुख्य भूमिका रहेको छ । निर्देशक दीपक रौनियार निर्देशित र समिरमणी दिक्षीतले निर्माण गरेको यो फिल्ममा अमेरिकी कम्पनी लुर्भुचरले सह–लगानी गरेको छ ।

यस फिल्म निर्माणको लागि गरिएको अनलाइन फण्ड संकलनबाट अमेरिकी डलर ३३ हजार ६ सय ४७ (करीब २७ लाख रुपैंया)  पनि संकलन गरिएको थियो ।

मनोनीत ११ फिल्महरु :

  1. बुगिस स्ट्रिट रिडक्स  – योनफान, हङकङ
  2. चेरी – स्टेफन इलियट, अमेरिका  (वर्ल्ड प्रिमियर)
  3. चोको – जोन्नी हेन्ड्रिक्स हिनेस्ट्रोजा, कोलम्बिया (वर्ल्ड प्रिमियर)
  4. ग्लाउबे, लाइबे, टड  – पिटर केर्न, अस्ट्रिया  (वर्ल्ड प्रिमियर)
  5. हाइवे – दीपक रौनियार, नेपाल/अमेरिका (वर्ल्ड प्रिमियर)
  6. आइरन स्काइ  – टिमो भुओरेन्सोला, फिनल्यान्ड/नेदरल्यान्डस्/अस्ट्रिया/जर्मनी  (वर्ल्ड प्रिमियर)
  7. लभ बाइ डोज – निउ चेन-जेर, चीन/ताइवान
  8. म्यान अन ग्राउन्ड – अकिन ओमोटोसो, दक्षिण अफ्रिका
  9. माइ ब्रदर डेभिल – स्याली एल होसेनी, बेलायत  (वर्ल्ड प्रिमियर)
  10. रेन्टानेको  – नाओको ओगिगामी, जापान  (वर्ल्ड प्रिमियर)
  11. द कन्भोइ  – एलेक्सी मिज्गिरेभ, रुस (वर्ल्ड प्रिमियर)

 

highway_poster_2

One thought on “‘हाइवे’ बर्लिन फिल्म फेस्टिभलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *