नेपालको इतिहास अनुसार २९ जना किराती राजाहरुले नेपालमा शासन गरेका थिए । यलम्बर बाट शुरु भएको किराती राज्य गस्ती राजाबाट अन्त्य भएको मानिन्छ । यसरी नेपालमा शासन गर्ने २९ किरात राजाहरुको नाम यस प्रकार छन् :
१. यलम्बर २. पाभी ३. स्कंधर ४. बलम्ब ५. हृती ६. हुमती ७. जितेदास्ती ८. गलिन्जा ९. पुश्का १०. सुयर्मा ११. पापा १२. बुन्का १३. स्वानन्दा १४. स्थुन्को १५. जिन्ग्री १६. नाने १७. लुका १८. थोर १९. थोको २०. बर्मा २१. गुजा २२. पुस्कर २३. केशु २४. सुजा २५. सन्सा २६. गुणम २७. पाटुका २८. गस्ती
प्रथम किराती राजा यलम्बर जसकोको शासन काल इ.पू. ५८० – ५६५ सम्म रहयो।
सातौं किराती राजा जितेदास्ती (बायाँ – शासन काल इ.पू. ४४० – ४१५ सम्म) र चौधौं किराती राजा स्थुङको (दायाँ – शासन काल इ.पू. २६५ – २४० सम्म)
जितेदास्तीको पालामा गौतम बुद्धले नेपाल खाल्डो भ्रमण गरेको इतिहासमा उल्लेख छ । आफ्ना शिष्यहरुसंग आएका बुद्धले स्वयम्भु, गुहेश्वरी आदि स्थानमा प्रबचन दिएको बताइन्छ । साथ साथै जितेदास्तीले महाभारत युद्धमा पाण्डब हरुका साथ लागेर युद्ध गरेको पनि किम्बदन्ती छ।
चौधौं किराती राजा स्थुङकोको पालामा करीब २५० इ.पू. मा भारतीय सम्राट अशोकले लुम्बिनी भ्रमण गरेको अभिलेख छ । गौतम बुद्धको जन्मदिनको अवसर पारेर उनले एउटा बिशाल शिला स्तम्भमा बुद्धको बारेमा लेख्न लगाएका थिए । इ.सं. ६४०मा चाइनिज यात्री हुन सेनले लुम्बिनी यात्रा गर्दा त्यो शिला स्तम्भमा चट्यांग परेर चर्किएको देखेको बताएका थिए । त्यस पछि, १९८५ डिसेम्बर मा डा. फुरेरले उत्खनन गर्नु अघाडीसम्म त्यो शिला स्थम्भको बारेमा केही थाहा थिएन ।
पन्ध्रौँ किराती राजा जिन्ग्रीको पालामा करीब इ.पू. ३०० ताका महाबिर जैनले नेपालमा जैन धर्मको प्रचार गर्न नेपाल भ्रमण गरेका थिए । अठ्ठाइसौं किराती राजा पाटुकाको पालामा सोमा राजाले आक्रमण शुरु गरेर उनलाई गोकर्णबाट बाट लखेटेर संखमुलमा बसाइ सर्न बाध्य बनाए ।
सोमा राजा निमिषाले इ.सं. ११०मा उनन्तीसौं र अन्तिम किराती राजा गस्तीलाइ जितेर नेपालको राजा भए । यसरी अन्तिम किराती राजा गस्तीको शासन काल इ.९५ – ११० सम्म रहयो।
Summary in English:
There were 29 Kirat kings in Nepal who ruled it from 580 BC to 110 AD (there are conflicts on the exact dates, some say it was from 900BC to 300AD). Nothing can be
1. Yalamber 2. Pavi 3. Skandhar 4. Balamba, 5. Hriti, 6. Humati, 7. Jitedasti, 8. Galinja, 9. Pushka, 10. Suyarma, 11. Papa, 12. Bunka, 13. Swananda, 14. Sthunko, 15. Jinghri, 16. Nane, 17. Luka, 18. Thor, 19. Thoko, 20. Verma, 21. Guja, 22. Pushkar, 23. Keshu, 24. Suja, 25. Sansa, 26. Gunam 27. Khimbu, 28. Patuka, 29. Gasti.
thar chai k thiyo ki