क्षमता भन्दा बढी विद्यार्थी बोक्ने विद्यालयलाई कारबाही

सिट क्षमताभन्दा बढी बिध्यार्थी बोकेको आरोपमा महानगरीय ट्राफिक प्रहरीले उपत्यकाका मात्रै २०१ वटा विध्यालयलाई एकै चोटी कारबाही गरेको छ । फाल्गुण १ गते उपत्यकाका तीनवटै जिल्लाका स्कुल बसहरुको जाँच गर्दा २०१ स्कुलका २१२ स्कुल बस हरुले सिट क्षमता भन्दा बढी बिध्यार्थीहरु बोकेको फेला परेका थिए ।

उपत्यकाका बिभिन्न २२ ठाउँमा गरिएको सो चेकजाँचमा कारबाहीमा परेका स्कुलहरुमा इपिएस, ग्यालेक्सी पब्लिक स्कुल,   केमएसी स्कुल, केन्द्रीय बहिरा उमावि, नाङ्गेल आवासीय मावि आदि परेका छन् । कारबाहीमा परेका स्कुलहरुलाई रु. २,००० जरिवाना गराइएको बताइएको छ ।

यसरी एकै दिन मात्र गरिएको चेक जाँचमा यती धेरै स्कुलहरुले हेल्चेक्र्याई गरेर स्कुलबस चलाइरहेको फेला पर्छ भने बिध्यार्थीको सुरक्षाको बिषयमा कुनै पनि स्कुल सम्बेदनशील छैनन कि भन्ने शंका गर्नु पर्ने हुन्छ ।

आशा गरौँ आगामी दिनहरुमा ट्राफिक प्रहरीले यसै गरि अनुगमन गरि रहने छ र स्कुलहरु पनि पैसा कामाउनु भण्दा पनि आफ्ना बिध्यार्थीको पढाई र सुरक्षामा ध्यान दिने छन् ।

नेपालमा हुने गरेको बढ्दो दुर्धटना र हताहतीमा कमी ल्याउन पनि ट्राफिक प्रहरीले यस्ता खालका कारबाही हरु नियमित रुपम गर्नु आबश्यक देखिन आउछ ।

ट्राफिक अनुगमन भएन वा प्रभाबकारी भएन भने अचम्म अचम्मका स्कुलबस पनि संचालनमा आउन सक्छन । जस्तै, यहाँ किल्क गरेर लहान बजारमा देखिएको रिक्सा स्कुल बस हेर्नुहोस । बिराटनगरमा तेस्तै स्कुल बसको दुर्घटनाम २० बिध्यार्थी घाइते भएका थिए । 

Leave a Reply

Your email address will not be published.