नेकपा (एमाले)को ८ वा १२ प्रदेश को प्रस्ताब – गोलाप्रथा पनि प्रस्ताब गरेको भए हुने!

नेकपा (एमाले) ले तयार गरेको राज्य पुनसंरचना सम्बन्धी प्रतिवेदन मा आठ प्रदेशको राज्यको परिकल्पना गरेको छ । बैकल्पिक रुपमा १२ प्रदेशको दोस्रो प्रस्तावमा मधेसमा ४ र पहाड-हिमालमा ८ प्रदेश रहने प्रस्ताव गरिएको छ । जातीय आधारमा राज्य बनाउन नहुने भन्ने आबाज पार्टीभित्र बढ्दै गएको बेलामा यस प्रस्ताब आएको हो ।

नेकपा (एमाले)को विभिन्न चरणमा पार्टी नेताहरु तथा संबिधानसभाका सभासदहरुसंग छलफल गरी सो प्रतिवेदन तयार गरेको बताएको छ ।

CPM_UML_8-state-model

CPM_UML_12-state-model

यी प्रदेशको नामको लागि पनि प्रदेशको नामान्कर्ण गर्न पनि तीनदेखि ५ वटा सम्म बिकल्प प्रस्तुत गरिएको छ ।

नेकपा एमालेको संघीय विभाग प्रमुख पर्शुराम मेघी गुरुङले भने, ’सहमतिका लागि १२ प्रदेशको बिकल्प पनि राखिएको हो ।’

केही समय अघाडी राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भने छ अथवा ११ प्रदेश राख्नु पर्ने प्रस्ताब गरिएको थियो, जसमा जातीय आधारमा ११ प्रदेश हुनु पर्ने प्रस्ताब गरिएको थियो भने अर्को जातीय आधारमा बिभाजन हुनु हुदैन भन्ने समुहले नाम नतोकी ६ प्रदेशको प्रस्ताब गरेको थियो ।

यी सबै बिभाजन हेर्दा राज्य पुनसंरचनाको गाँठो झन झन कसिदै गएको हो कि भन्ने भान हुदै गएको छ । अब सबै पार्टीको प्रस्ताबलाइ जम्मा गरेर गोलाप्रथा बाट छान्नुको बिकल्प नहोला जस्तो छ !

Leave a Reply

Your email address will not be published.