भुवन केसीलाई भ्यालेन्टाइनको वास्ता लाग्दैन रे

bhuwan_KC"बिचरा" नै भन्नु पर्ला भुवन केसीलाई त । दोश्रो बिवाहको अन्त्य गरेर तेश्रो बिबाह गर्ने तयारी गर्दै गरेका भुवनले भ्यालेन्टाइन डेको वास्ता लाग्दैन भन्नु र लोक कथामा ब्वासोले ‘अंगुर अमिलो छ’ भन्नु उस्तै होइन र?

नयाँ पत्रिका दैनिकसंग कुरा गर्दै भुवन केसीले आफुलाई प्रेम दिवसको त्यति वास्ता नलाग्ने कुरा बताएका हुन । "युवावस्थामा त मनाइएन, अब के मनाउनु," भन्दै बुढेसकाल लागेको संकेत गर्दै भुवनले ‘भ्यालेन्टाइन्स डे’ को उपहारका रूपमा आफ्नो फिल्म "साथी म तिम्रो" चाहिँ प्रस्तुत गर्ने बताए:

यसपटक म सबै कुरा छाडेर यही १९ गते रिलिज हुने ‘साथी म तिम्रो’ को प्रमोसनमा लागेको छु । मायाप्रेम, घरपरिवार सब छाडेर यो फिल्म हिट बनाइछाड्ने मेरो अठोट छ । मेरो फिल्मले नेपाली फिल्मको अहिलेको बादल हटाउँछ भन्ने आशा छ । ‘पब्लिसिटी’ गर्नैपर्‍यो, धेरैभन्दा धेरै हलमा प्रदर्शन गर्नैपर्‍यो । फेरि म ‘भ्यालेन्टाइन्स डे’ जस्ता विदेशी संस्कृतिको पक्षमा पनि छैन । युवावस्थामा त मनाइएन, अब के मनाउनु ? तैपनि दर्शकलाई भने ‘भ्यालेन्टाइन्स डे’ को उपहारका रूपमा मेरो फिल्म प्रस्तुत गर्न चाहन्छु ।

अन्य कलाकारले प्रेम दिवसको बारेमा के भने त:

नायिका रेखा थापाका लागि हरेक दिन भ्यालेन्टाइन्स डे जस्तै हो रे। “मलाई माया गर्ने लाखौँ दर्शक छन्, उनीहरूको माया नै मेरा लागि गिफ्ट हो” भन्दै रेखाले “हरेक दिनलाई प्रेममय बनाउनुपर्छ” भनेर सुझाब दिईन । तेस्तै, नायिका रेजिना उप्रेतीलाइ ब्वाइफ्रेण्ड नभए पनि भ्यालेन्टाइन्स डे मनपर्छ रे ।

नायिका नन्दिता केसी चाहिँ भ्यालेन्टाइन्स डे “बिहेपछि मात्रै मनाउँला” भनेर बसेकी छिन र आफ्नो भ्यालेन्टाइन्सका बारेमा अहिलेसम्म सोचेकी छैनन रे ।

One thought on “भुवन केसीलाई भ्यालेन्टाइनको वास्ता लाग्दैन रे

Leave a Reply

Your email address will not be published.