केटलिन "चिडियाखानाको जनावरजस्तो" हुन चाहन्नन

हास्य अभिनेता शन्तोष पन्तका छोरा प्रतीक पन्त लिंग परिवर्तन अप्रेसन गरेर छोरी केटलिन पन्त भए पछि उनले पहिलो पटक साप्ताहिकको लागि अन्तरबार्ता दिएकी छिन् ।

साप्ताहिकका पत्रकार अश्विनी कोइराला संग कुरा गर्दै केटलिन पन्तले उनका बारेमा भएको नभएको खबर छापेकोमा दुख मानेको बताएकी छिन । बिभिन्न समाचार माध्यममा उनका बारेमा छापेका कतिपय कुराहरु गलत भएको  पनि बताइन । उनले थाइल्याण्ड जाने भिसा नपाएको, स्तनमा टाटु खोपाएको, ब्वाइफ्रेन्ड भएको आदि कुराहरुमा कुनै पनि सत्यता नभएको बताइन ।

उनकै भाषामा:

म फोटो सेसन गर्न चाहन्नँ। मलाई टेलिभिजनमा देखिनु छैन। किनभने म चिडियाखानाको जनावरजस्तो हुन चाहन्न। मान्छेले मलाई मायाले हेरून्। भोलि मैले विवाह गर्नुपर्छ। मेरो प्रेमी हुनसक्छ, श्रीमान् हुनसक्छ। मैले पनि घर-परिवार बसाउनुपर्छ। पहिलै यो त ट्रन्सजेन्डर भन्यो भने त मेरो भावनामाथि ठूलो खेलवाड हुन्छ। म मनोरञ्जनको साधन बन्न सक्छु। म भर्खर १८ वर्षकी भएँ, मैले लामो जीवन बाँच्नु छ। अहिले चर्चाका लागि सानो भूल गर्ने वित्तिकै भोलिको जीवन अप्ठारो हुनसक्छ। मैले आफ्नो स्तनमा टाटु खोपाएको कुरा, थाइल्यान्डमा अप्रेसन गर्न जाँदा भिसा नलागेको कुरा, मेरो ब्वाइफ्रेन्ड छ भन्ने कुरा सबै गलत हुन्। कान्तिपुर दैनिकमा आएका कुराचाहिँ सत्य हुन्। ब्लग वा वेबसाइटमा आएका कुरा आधिकारिक होइनन्। 

तेस्तै, उनलाई तेश्रोलिंगी भनेको पनि चित्त दुख्ने रहेछ। ब्लु डाइमन्ड सोसाइटीले पनि उनलाई "जबर्जस्ती तेस्रोलिङ्गीको बिल्ला" भिराइदिन प्रयास गरेको बताउदै, उनले मानिस कि पुरुष हुन्छ कि महिला हुन्छ, तेश्रोलिंगी हुदैन भनेर भनिन ।

उनले सात कक्षा पुगेपछि मात्रै आफुमा केही गडबड भएको जस्तो लागेको बताइन । तर यस कुराले उनको पढाइमा कुनै असर नगरेको पनि बताइन । उनी भन्छिन, त्यो बेलामा "समाजले भन्छ, तँ केटा होस्, केटासँग हिड। मनले भन्छ, तँ केटी होस्, केटी साथी बना। त्यही भएर मेरा केटा र केटी साथी बराबर भए।"

एसएलसी पास गरेपछि नै इन्टरनेटका माध्यमबाट ट्रान्सजेन्डरका विषयमा अध्ययन गर्न थालेकी केटलिनले इन्टरनेटबाट नै अप्रेसन र त्यसको खर्चको बारेमा पत्ता लागाएको पनि बताइन ।

जो कोही पुरुष पनि महिला बन्न सक्ने रहेछन्, होइन त ? भन्ने प्रश्नको उत्तरमा केटलिन भन्छिन:

यो गलत हो। पुरुष मानसिकता भएका व्यक्तिले यस्ता औषधी खाएर स्तन बढाउन सक्छन्, तर महिला हुन सक्दैनन्। कुनै पनि चिकित्सकले मानसिक एवं शारीरिक अवस्था चेक नगरी कसैलाई महिला वा पुरुष बनाउँदैनन्। यदि कसैले रहरले यस्तो काम गर्‍यो भने उसले जीवनभरीका लागि आफैलाई क्षति पुर्‍याउँछ। यस्तो रिस्की गेम कसैले खेल्नु हुँदैन। विश्वमा केही व्यक्तिले यस्तो काम गरेर जीवन बर्बाद बनाएका उदाहरण पनि छन्।

जीवनको एउटा पाटो सकिएको बिश्वास गर्ने केटलिनले बल्ल नयाँ जीवन पाएको अनुभब गरेकी छिन। अबको उनको योजना अनुसार स्त्रीका रूपमा नागरिकता र पासपोर्ट बनाएपछि पुराना सबै कुरा बिर्सिएर नयाँ जीवन जीउने छिन । नेपाली केटाहरूमा उनीजस्तो केटीसंग बिहे गर्ने आँट हुदैन भनेर बिस्वास गरेकी  केटलिनले बिदेशी केटा खोजेर बिबाह गर्ने बिचार भएको पनि बताइन ।

हाम्रो तर्फबाट केटलिनलाइ नयाँ जीवनको शुभकामना ! साथै नयाँ जीवनका सबै बाधा अड्चन संग लड्न सक्ने क्षमता पनि बिकास होस् शुभकामना !

Incoming search terms:

  • chikamari
  • nepali chikamari
  • chikamari com
  • www chikamari com

5 thoughts on “केटलिन "चिडियाखानाको जनावरजस्तो" हुन चाहन्नन

  1. म एक नेपाली हु, अनि मलाई उनि संग बिबाह गर्न कुनै समस्या छैन यदि उनि सहमत छिन भने/

  2. एदी timi मा संग बिवाह गर्न तयार chau वहने tyo व्हानादा खुसि मा जिन्दगीमा kahile पनि हुदिना kinaki usale sabai bahawana bujheki hunche ra sathsathai maiile sabailai गर्ब पनि गर्न sakchu

  3. मलाई तिम्रो सहस र तिम्रो आत्ले नै तिमि प्रति आकर्सित वाए मा तिमि संग जस्तो मोडमा नै बिहे garna tayar6u yedi तिमि चाहन्चहू वहने तिमीलाई मा jindagi भर साथ दिनेछु

  4. तिमि १ स६यम नारी हौ दुनिया कसै आफ्नो हुदैन.खुसि एंड सुखी रहू.बिबाह नै गर्नु पर६ भन्ने ६इन्.|

Leave a Reply

Your email address will not be published.