‘मिस यू’ले नै नम्रतालाइ मिस गर्दा

miss_u_logoयो शुक्रबार, २०६८ फाल्गुन ५, नेपाली रजतपटमा  तीन नेपाली सिनेमाहरु रिलिज भए । ती भिन्न भिन्न कथाबस्तुका सिनेमा मध्ये, दिलीप रायमाझीको "मिस यू" ले अलिक बढी नै प्रचार प्रसार पायो । नयाँ पुस्ताका फिल्म मेकरहरुले बनाएको र युबा पुस्तालाई नै भनेर बनाइएको यस फिल्ममा नम्रता श्रेष्ठ  दिलीप रायमाझी र बरुण राणाको  मुख्य भूमिका रहेको छ । निर्देशक शुरेश दर्पणले राम्रो फिल्म बनाए पनि बरुण राणा रोल फितलो भएको र फिल्ममा कौतुहलताको कमी भएको हुनाले फिल्म त्यति राम्रो नबनेको (लिंक, अंग्रेजी लेख) हाम्रा फिल्म समीक्षक रौनक निरौला बताउछन ।

नम्रता श्रेष्ठको कमब्याक फिल्मको रुपमा हेरिएको "मिस यू" का प्रमोशन कार्यक्रममा नै नम्रता नगईदिनाले ती कार्यक्रममा नम्रताको अभाब खड्किएको थियो । नम्रता "मिस यू"का कुनै पनि कार्यक्रममा नदेखिनुको कारण बारेमा दिलीप रायमाझीले झारा टार्ने हिसाबले यस्तो उत्तर दिए:

उहाँको व्यवस्ताका कारण पनि हुन सक्छ तर कतिपय इभेन्टमा हामीले नै बोलाएका छैनौं । चलचित्र सुटिङका क्रममा केही गलत बुझाइहरू हुन सक्छन तर त्यो कुरालाई लिएर बसिरहनु पनि हुँदैन । यो उहाँको कुरा हो ।

उनीहरु भित्रको भित्री कुरा त उनीहरुनै जानुन, तर कसैसंग रिस उठ्यो भनेर फिल्मका दर्शकहरुलाई कुनै पनि पक्षले हेलाँ गर्नव नहुने हो।

Miss_U_posters_6

हल्ला चले अनुसार नम्रता र दिलीप रायमाझी बीचमा खिचिएको बेडसिनको विषयमा नम्रतालाइ चित्त बुझेको थिएन । बिबादको कारण अर्कै एकजना केटीसँगको बेडसिनको दृश्यलाई नम्रताको दृश्यमा जोडिएको थियो, तर नम्रताले बिरोध गरे पछि फेरी उनकै बेडसिन राखिएको बताइएको छ ।

हल्ला साँचो हो भने, यसरी केटाकेटी खेलेको जस्तो एउटा सिनको लागि झगडा गरेर फिल्मको प्रमोसन नै नगर्नु कतिको जायज होला?

Leave a Reply

Your email address will not be published.