प्रचण्ड तनाव र माउन्टेन फ्लाइटको बिज्ञापन

माओवादी अध्यक्षले राजनीतिक तनाव कम गर्न भनेर हिजो हिमालहरुको बीच उडाइने ‘माउन्टेन फ्लाइट’ को सयर गर्नुभएको छ । आफ्नो परिवार र उनी निकट नेता र उनका परिवारको साथमा गरिएको यो खबर पत्रिकाहरुमा छापिएका थिए ।

prachand_mountain_flight

प्रचण्डका साथ हिमाल सयरमा निस्कने नेताहरुमा कृष्णबहादुर महरा, जनादर्शन शर्मा प्रभाकर, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर र तीनैजना नेताका परिवार थिए । साथै प्रचण्डका भतिजा समीर दाहाल र पुत्र प्रकाश पनि सोमबार बिहान ६ बजेर १५ मिनेटदेखि ७ बजेसम्मको माउन्टेन फ्लाइटमा संगै थिए । पहिले पहिले राजनीतिक तनाव भएको बेलामा धुलिखेल रिसोर्ट जाने गरेका प्रचण्ड अब तनाब कम गर्ने नयाँ नयाँ उपय हरु पत्ता लगाउन थालेको भान हुन्छ ।

प्रचण्डलाइ तनाव हुनु र माउन्टेन फ्लाइटमा जानु कुनै बिरोध गर्नु पर्ने बिषय त होइन तर, मानिसहरुले उनको प्रचण्ड तनावलाई हिमाली हावाले शितलता प्रदान गर्नको लागि जम्बो टिम नै किन जानु परेको होला भन्ने जिज्ञासा गरिरहेका छन् ।

यो सयरले एक हिसाबले माउन्टेन फ्लाइट र यती यरलाइन्सको बिज्ञापन पनि गरिरहेको बुझ्न सकिन्छ । (फोटो क्रेडिट – प्रकाश दाहाल)

2 thoughts on “प्रचण्ड तनाव र माउन्टेन फ्लाइटको बिज्ञापन

  1. तनाब नै कम गर्न न को लागि आफ्नो रिस्तादर र पार्टीका मानिसलाई मात्र किन ,,,?किन र आफ्नो मानिस मात्र लियर हिड्दा तनाब कम हुन६र ,,,?यो सबै भ्रम मात्र हो ,बरु सबै पार्टीका मानिस हरु सग छलफल गर्दै हिडको भय बरु कहिँ ठोस कुरा मा पुग्न पनि सकिने थियो होला ,यसले त झन् तनाब सिर्जना गरेको ६ ,यति ऐर ले पनि आफ्नो दुनो मात्र सोजा उन खोज को जस्तो लाग्यो ,नत्र भने यस्तो भुल गर्न सक्ने थियन ,यति ऐरले तेस्तो काम गर्नु हुने थियन ,सरकार सदै माओवादी को मात्र हुन६ भन ने ६इन ,अरुको सरकार भयो भने कुन मुखले जाने हो ,तेसैले सबै काम सोच विचार गरेर गर्नु पर६है ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,/

Leave a Reply

Your email address will not be published.