धेरै नेपालि उखान टुक्काहरु चोटिला र रमाइला छन् । कतिपय उखान अरुलाइ होच्याउने र जिस्क्याउने पाराका भए पनि धेरै जसो उखान टुक्काले हाम्रो भाषालाइ मिठो र चाखलाग्दो बनाएकोमा दुइमत छैन । आज यहाँ केहि चर्चित उखानहरुलाइ रिमिक्स गरेर प्रस्तुत गरिएको छ । यो पोष्टमा सन २०१२ मे ४ मा दश वटा रमाइला उखान पोस्ट गरिएको मा केहि थप उखान थपेर यसलाइ फेरि पोस्ट गरिएको हो ।
तपाइले अरु रिमिक्स गर्नु भएको छ वा सुन्नु भएको छ भने कमेन्टमा लेख्नु होला, उचित लागेमा तपाइको नाम सहित यहाँ अपडेट गरिने छ ।
नयाँ नेपाली उखान टुक्का….
- १२ बर्ष रामायण पढ्यो लास्टमा क्रिस्चियन भयो । (१२ बर्ष रामायण पढायो सिता कसकि जोइ!)
- जुन गोरुको को सिङ छैन तेस्को बिस्तारै पलाउछ । (जुन गोरुको सिंङ छैन, उस्कै नाम तिखे!)
- भिर तिर जाने गोरुलाइ काँध थाप्न नसके पनि best of luck भन्न सकिन्छ । ( भिर तिर जाने गोरुलाइ राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न)
- रात भरि रुग्यो बिहान् भयो । (रात भरि रुग्यो बुढि त जिउँदै)
- नाच्न जान्दैन गित पुरानो । (नाच्न जान्दैन आँगन टेढो)
- हात्ति छिर्यो अर्को पट्टि निस्क्यो । (हात्ति छिर्यो पुच्छार अड्क्यो)
- हात्ति आयो हात्ति आयो फर्केर गयो । (हात्ति आयो हात्ति आयो फुस्सा)
- जुन जोगि आए पनि थैलि बोकेका । (जुन जोगि आए पनि कानै चिरिएका)
- १८ बर्ष कुकुरको पुछर डुंग्रामा हाल्यो अनि बल्ल एडल्ट भयो । (१२ बर्ष कुकुरको पुछर डुंग्रामा हाले पनि बाँगो को बाँगै)
- राजाको काम चारैतिर बदनाम (राजाको काम कहिले जाला घाम)
- बादरको पुच्छर टाइ न इँजार (बाँदरको पुच्छार लौरो न हतियार)
- तरुनि हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
- कलिवुडको जात्रा तिघ्राको व्यापार।
- सित्तैमा पायो भट्टि रित्तै ।
- के खोज्छस् नेता ? कुर्चि ।
- घाँटी हेरि हाइनेक किन्नु ।
- जोगिको घरमा हिप्पि पाहुना ।
- एक पल्ट पक्राउ परेको चोर पोस्टम्यानलाई देख्दा पनि तर्सन्छ ।
- बाहुन को टुप्पि एन्टेना न एरियल ।
- खाइ न पाइ दौरामाथि टाइ ।
- नपाउनेले काक्रो पायो चियामा चोबेर खायो ।
- घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
Incoming search terms:
- उखान टुक्का
- नेपाली उखान
- नेपाली उखान टुक्काहरु
- नेपाली उखान र अर्थ
शेरे ले लास्ट मा हसायो
nepali