आज अक्षय तृतिया – जौको सातु र सर्वत खाने दिन

आज मंगलबार जौको सातु खाने चाड अक्षय तृतिया । सुख्खा खाना सातु खान सजिलो होस् भनेर खुदो, सर्वत, मह वा तेस्तै अन्य पेय पदार्थ पनि साथ साथै खाने गरिन्छ । भर्खरै शुरु भएको गर्मी मौसममा शरीर स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको मात्रा चाहिने हुनाले पनि सुख्खा खाना र पेय पदार्थ खाने चलन परापूर्ब काल देखि चल्दै आएको बिश्वास गरिन्छ ।

sarbat_sattu

अक्षय तृतीया को दिन भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिन्छ । तिनै शिव र शक्तिको समागमले यो संसार निर्माण भएको पनि मानिन्छ । सोही विश्वासका कारण आजको दिन भक्तपुरको सिपाडोल गाविसको डोलेश्वर महादेवको मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । केदारनाथको शिर मानिने सो मन्दिरमा अक्षय तृतीयाका दिन सबै चारैवटा ढोका खुल्ला गरिन्छ । अरु दिनमा सो मन्दिर भित्र प्रबेश गर्ने नपाइने सो मन्दिरमा बर्ष भरीमा अक्षय तृतीया र शिवरात्रि गरि दुइ दिन मात्र भित्र प्रबेश गरि पूजा गर्न पाइने चलन छ ।

satu_folur

Leave a Reply

Your email address will not be published.