नायिका ज्योति / जेशिका खड्का आत्महत्याले देखाएको तथ्य

jyoti Khadka_jeshikaनारी शरीरहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा सुक्ष्म वा जटिल प्रकृतिको यौन दुर्ब्यवहारको शिकार भइरहेकै हुन्छन । चाहे त्यो सांकेतिक भाषाको प्रयोग गरेर होस् वा शारीरिक हमला वा बलात्कार नै । कमै मात्र त्यस्ता भाग्यमानी चेलीहरु होलान जसको भोगाइमा यस्तो तितो यथार्थले स्थान नलिएको होस् । सार्बजनिक यातायात, स्कुल, कलेज, कार्यालय, सिनेमा हल जताततै त्यस्ता कुदृष्टिले पछ्याइरहेका हुन्छन । नेपालको मुलुकी ऐन अदालती बन्दोबस्तको महल १३ र १४ मा आशय करणी र जबर्जस्ति करणीको स्पष्ट व्याख्या र सजायको व्यबस्था नभएको पनि हैन । तर ती कानुनका पंक्तिहरु केवल कोरा कागजमा  मात्र सिमित भैरहेको बहस धेरै चोटी सुन्नमा आइसक्यो । त्यस्तो ब्यबहारहरुलाई जानी बुझी नजर अन्दाज गरि हिड्नु पनि चेलीहरुको बाध्यता हो किनकि आफु र आफ्नो इज्जत जोगाउनु नै ठुलो कुरा ठानिन्छ हामी कहाँ । ठुलै साहस सहित प्रतिकारमा उत्रने वा न्यायलयको ढोका ढकढकाउन जाने पिडित चेलीहरुलाई पनि समाजले चरित्रहीनको बिल्ला भिराइदिएर यस्तरी हतोत्साही बनाउछन कि यहि कारणले एकतर्फ मानसिक तनाबमा जेलिएर उनीहरु आत्महत्यासम्मको बाटो रोज्छन भने अर्को तर्फ अपराधी मनोबलमा थप बल पुग्न जान्छ ।

jyoti_khadka_last _goodbye

पछिल्लो पटक नायिका ज्योति खड्काको आत्महत्या प्रकरणले यस्तै मुद्धाहरुको पुन: उठान गरेको छ (समाचार अंग्रेजीमा) । यौनलाई निकैं जटिल बिषयको रुपमा पेश गर्ने हाम्रो समाजमा त्यस्ता धेरै मन्याताहरु स्थापित छन जसले एउटी महिलालाई मृत्युको कठघरामा उभिन बाध्य पारिदिन्छ । त्यसैको जल्दो उदाहरण हो नायिका खड्काको आत्महत्या । मिडियामा आएको खबर अनुसार उनको ६ बर्ष अघि सार्बजनिक गायक प्रकाश ओझा संगको सेक्स भिडियो र त्यसपछिको घटनाक्रम नै उनको आत्महत्याको कारक पाइएको छ । किशोरावस्था मै प्रकाशमा आएको भिडियो काण्डलाई आफ्नो मनोबलले जित्दै वयस्क अर्थात २३ बर्षको उमेरसम्म मानसिक तनावबाट गुज्रिदै आएकी उनी अनन्त "मरे पनि हारेको जस्तो हुन्छ" भन्ने आफ्नै अभिव्यक्तिलाई बिर्सिएर मृत्युको चीर निन्द्रामा सदाको लागि बिश्राम गर्न पुगिन् । ६ वर्ष भनेको थोरै अवधि हैन ! ६ बर्ष सम्म आम मानिसको जीवनमा धेरै उतारचढाव आउँछन , धेरै परिवर्तन देखा पर्छन । शरीरमा लागेको घाउको दाग मेटिन ६ हप्ता नै काफी हुन्छ तर उनको चरित्रमा लागेको दाग ६ बर्ष त के जिन्दगी भर नमेटिने देखेर नै होला सायद जिन्दगीसंग हारेर उनले त्यो बाटो रोजिन् । यसबाटै हाम्रो समाजको पक्षपाती चरित्र उजागर हुन्छ । यौन जस्तो प्राकृतिक र स्वाभाविक कुरोलाई हामी कहाँ यति जटिल बनाइन्छ कि जीन्दगी भर त्यो भुलभुलैयालाई तोडेर स्वतन्त्र विचरण गर्न सक्ने कुनै नारीको हैसियत बन्न सक्दैन । पितृसत्तात्मक दायरामा अल्झिएर यो काम गर्न हुने यो नहुने भन्दै आफ्नो चरित्र र इज्जत जोगाउदैमा उनीहरुको ३ चौथाई जीन्दगी त यसै खेर जान्छ ।

मलाई अचम्म लाग्छ, के यहि हो चरित्र र इज्जत भनेको ?  किन र कसका लागि हामी यति मेहनत गर्न बाध्य हुन्छौं आफ्नो चरित्र माथि कसैले औलो नउठाओस भन्नका खातिर ? त्यति मेहनत, त्यो पनि यो पक्षपाति समाजको लागि जसले एउटा पक्षलाई सर्वमान्य छुट र अर्कोलाई अंकुश लगाएको छ । एउटाको लागि सधै उदार अनि अर्को को लाई सधै आक्षेप लगाउन अग्रसर हुन्छ । बिडम्बना नै भन्नु पर्छ , यौनको बराबरी भागीदार महिला र पुरुषमा पुरुषलाई सफाया दिदै महिलालाई मात्र दोषी करार गरिन्छ । यसरी उनी समाजको बहिस्करणमा पर्ने कुरा त एउटा छुट्टै पीडादायी पाटो भैहाल्यो । त्यो भन्दा बेसी तुच्छ मानसिकता भएको व्यक्तिको बारम्बारको छेडखानी र कुदृष्टि नै उनको लागि अझ कष्टकर भैदिन्छ । नायिका खड्काको जीवनलाई पनि राति राति फोनमार्फत आफ्नो हवस् पोख्न अग्रसर जमात र त्यस्ता गिद्दे नजरहरुको प्रहारले निकै कष्टकर बनाएको हुनु पर्छ । संचारमाध्यममा सुन्नमा आएको उनी माथि प्रहार गरिएको त्यस्ता फोहोरी बचनहरु सुन्दा वा पढ्दा भन्न मन लाग्छ धिक्कार छ त्यस्ता पाशविक प्रवृति र चरित्रहरुलाई !!! अनि धिक्कार्न मन लाग्छ समाजको कथित मूल्य र मान्यताहरुलाई !

jyoti Khadka_jeshika_khadka

आजको आधुनिक समाजमा त्यस्तै प्रकृतिका घटनाहरु बारम्बार सुन्नमा आइरहेका छन् । स्कुल पढ्ने छात्राहरुको प्रेमी मार्फत सार्बजनिक हुने नग्न तस्बिर, इन्टरनेट देखि मोबाइल सम्म आइपुग्ने भिडियोहरु आदि यसका उदाहरण हुन् । यस भन्दा अघि आएका नायिकाहरु  श्रीषा कार्की ,पुजा लामा , नम्रता श्रेष्ठ सम्बन्धित घटना पनि यस्तै प्रकृतिको थियो । जसमा नायिका कार्की कमजोर साबित भईन र उनले पनि आत्महत्याकै बाटो रोजेकी थिईन भने अन्य २ नायिकाहरु आज पनि संघर्षशील छन् । उनीहरुको मनोबलको त हामीले प्रशंसा गर्ने पर्छ । नायिका खड्काको घटनावृतमा भने तथ्य कुरो बाहिर आइनसकेको ले यसै भन्न सकिने अवस्था छैन तर अधिकांस दोष उनकै देख्ने आँखाहरुको कमि भने पक्कै नहोला । मान्छेका सपना अनगिन्ति हुन्छन सपना देख्नु कुनै दोष हैन र त्यसलाई पुरा गर्न खोज्नु कुनै पाप पनि हैन । यस्ता आँखाहरुलाई गल्ति जो कोहीबाट पनि हुन्छ भन्ने कुराको जानकारी नभएको हुनसक्छ । यदि उनीबाट गल्ति नै भएको रहेछ भने पनि त्यसको क्षतिपूर्ति उनको त्यो अमुल्य जीवन त कदापि हुन सक्दैनथ्यो ।

यो घटनाबाट पक्कै पनि एउटा घृणित तथ्य पुन प्रकाशमा आएको छ कि तपाईं हाम्रा छोरीचेली , दिदीबैनीहरु कतै पनि सुरक्षित छैनन् । बाथरुममा अरुले नुहाएको चोरेर भिडियो खिची ब्ल्याक्मेलिंगमा त्यसलाई प्रयोग गरिनु, फोनबाट जथाभाबी प्रस्ताब आउनु जस्ता कुराहरुले यसको पुष्टि गर्छ । साथसाथै एउटा पाठ पनि यो घटनाबाट सिक्न सकिन्छ कि नायिका खड्काकै स्वीकारोक्ति अनुसार आफूमाथि आइपरेको समस्यालाई उनी एक्लैले सामना गर्न खोज्नु, आफ्नो मात्र स्वबिबेकको प्रायोग गर्न खोज्नु उनको व्यक्तिगत गल्ति थियो । यदि समयमै आफ्नो समस्या परिवारलाई भनेर उनीहरुबाट नैतिक समर्थन लिई अघि बढेको भए समस्याले यति बिकराल रुप लिने थिएन होला । उनले आफ्नो परिवारको समर्थन नपाएकी त हैनन नै तर त्यतिन्जेल सम्म अलि ढिला भैसकेको थियो वा भनुम उनी शोसनमा परिसकेकी थिईन् । त्यसैले पिडित चेलीहरु र हामी सम्पूर्ण नारीवर्गले सोच्नुपर्ने कुरा के हो भने यो समाज भनेको हामीले नै निर्माण गरेको एउटा दायरा मात्र हो । हामी पनि यसकै एउटा अंश हौ । आफ्नो सहभागिता भएर वा नभईकन पनि त्यस्ता साना ठुला घटनाहरुमा आफ्नो नाम जोडिन गएको खण्डमा नआतिकन त्यसको सामना गर्नु पर्छ । सर्बप्रथम त आफ्नो परिवारलाई त्यसको स्पष्ट जानकारी गराई उनीहरुको साथ र सहयोग लिनु पर्छ । आफ्नो परिवार नै आफ्नो प्राथमिकताको कुरो हो । परिवारले त्यसलाई कसरी लिन्छन त्यो नै हाम्रो प्रमुख सरोकारको बिषय हुनुपर्छ । समाज भनेको त धेरै रमिते पो हुन्छ त । राम्रो नै काम गर्दा पनि खुट्टा तान्नेहरुको कमी कहाँ हुन्छ र हाम्रो समाजमा ?? त्यसैले परिवारको नैतिक समर्थन नै काफी हुन्छ त्यस्ता समस्याहरु संग जुध्नको लागि । हरेक गल्तिको सुधार हुनुपर्छ र गर्न सकिन्छ भन्ने मानसिकता राखी अघि बढ्नुपर्छ । परिवारले पनि आफ्नो सन्तानप्रति सोहि अनुसारको भूमिका खेल्नु जरुरी छ । अनि समाजको पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ। खाली किन महिलालाई मात्र अपराधबोध गराउने ? किन पक्षपातको तराजुमा राखेर जोखिरहने उनीहरुलाई ? हाम्रै समुदायको संकुचित मानसिकताको उपज थियो हिजोको श्रीषा कार्की अनि आजको ज्योति खड्काको अवसान । अब फेरी पनि उनीहरुकै जस्तो हबिगत अन्य चेलीहरुको नहोस भन्ने कुरामा यो समाज सजक हुने कि नहुने त ? पक्कै पनि सोचनीय कुरा छ । यो संगसंगै समाजको मान्यता परिवर्तन पनि आजको आवश्यकता हो ।

लास्टाँ त्यै हो – भोलिबादको बखान

Aaashaderh2हरेक पटक जब शैक्षिक सत्र सुरु हुन्छ, ‘अघिल्लो साल जे भयो, भयो यो साल चै शुरु देखि नै नोट बनाएर मिहिनत गरेर पढ्छु,’ भन्ने नयाँ जोश बढेर आउछ | २/४ दिन त शुरु शुरुका कक्षाहरुमा खुब ध्यान पनि दिइन्छ | घरमा आएर त्यो दिन पढेको पाठ पनि घोकिन्छ | जसै बिस्तारै बिस्तारै कोर्स अगाडी बढ्दै जान्छ, पढाइको रेलले पनि आफ्नो लिक छोड्दै जान्छ | अनि त म डाँडा वारि मेरो पढाइ डाँडा पारि !!

आफ्नो पढाईलाइ आफ्नो प्रेमी मान्दी हुँ त "नदीको दुइ किनार जस्ता हामी एक अर्काको मिलन असम्भव हुने भो " भन्दै २/४ हरफका कबिता पनि कोरी टोपल्थें होला | तर शुरु शुरुमा पढाईसंगको प्रेम जुर्मुराए पनि लास्टाँ गएर त्यै हुन्छ, के गर्नु?

यो सब रमिते जीवनको रमिते चालामालाले गर्दा हुन गएको हो भन्ने पनि थाहा छ | अनि, भोलिबादले पनि राम्रै चलखेल गरे झैँ नि लाग्छ | कहिले नयाँ फिल्मको फस्ट शो, कहिले साथीहरुको जन्मदिन, बिहाबर्तन, बीचबीचमा पर्ने प्रेमदिवस देखि लिएर ५/६ वटा नयाँ बर्षहरु (लोसार सहित) अनि, कहिले क्याम्पस वा विभिन्न अखडाबाट सुरु भएर खुलामंच सम्म टुंगिने बिरोध, नारा जुलुस जस्ता कार्यकर्म | बन्दको त अझ हिसाब नै नगरम | के गर्नु जिन्दगीको क्यालेण्डरमा यस्ता चाड, पर्व, महोत्सब, कार्यक्रमहरुको खात त कति हो कति ! अनि, कसलाई फुर्सद हुन्छ र यस्तो रमितादेखी पर शान्त बनी ज्ञान आर्जन गर्न वा पढ्न ? 

यी सबका बाबजुद पनि एउटा सन्त मस्तिष्कले भन्छ "यस्तो पाराले त जिन्दगी साच्चै रमिता बनेर रहनेवाला छ | त्यसैले, शान्त बनेर ज्ञान कमाउन तिर लाग बालिके!" तर, भोलिवाद्को मन्त्र जप्न सिपालु यो मनले त्यसो कहाँ हुन दिन्छ र ?  "ह्या आजलाई भैगो नि त, भोलि देखि पढ़ुम्ला," भन्ने उर्दी जारी गरिहाल्छ | त्यसो हुदाँ, जिन्दगीको क्यालेण्डरमा त्यो भोलि कहिल्यै आउदैन | बस, भोलिको पर्खाइमा पौडिदा पौडिदै परीक्षारुपि चट्टान सामुन्ने आएपछि मात्र झसङ्ग भईन्छ |

त्यसपछि के हुन्छ, एकै छिनमा बताउला है ! पहिला मलाई ह्या अलिकति थ्री इडियट भन्ने फिल्मको कुरा मिसाई हाल्न मन लाग्यो त्यसले पनि शिक्षा सम्बन्धि कुराहरुनै समेट्ने भएर …|

 Continue reading

मेरी हजुरआमाको हिन्दी सिरियल मोह

remote-controlसन् १९६८ तिर हजुरबुवा भारतीय सेनामा कार्यरत हुदै गर्दा मेरी हजुरआमा त्यतै नागाल्यान्डको फ्यामिली क्वाटरमा आश्रित हुनुहुन्थ्यो रे ! अहिले पनि हजुरआमा ती दिनहरुलाई बारम्बार सम्झिने गर्नुहुन्छ | उहाँले त्यहाँ बिताउनु भएको समयको रोचक कहानीहरु सुन्न मलाई औधी मनपर्छ | नागाल्याण्ड बासीहरु जसलाई हजुरआमा ‘नागा’ भनेर सम्बोधन गर्नु हुन्छ, उनीहरुको रहनसहन, वस्त्र, जातीइतर् मानिससंग गर्ने ब्यबहार सबै अनौठो थियो भनि बताउनु हुन्छ | नेपालको एक बिकट गाउँबाट सात समुन्द्र पारी ( उहाँकै शब्दमा ) जाँदा ती परिवेशहरु अनौठो लाग्नु स्वाभाविकै पनि हो | त्यसमाथि घरायशी सीमाको सानो संसारबाट बाहिर चियाउन नसक्नाले ती परिवेशहरु जहिल्यै असहज भएको अनुभव रहेछ उहांसंग | देशको चौघेराबाट बाहिर जाँदा अशिक्षित् व्यक्तिलाई पर्ने भाषागत समस्याले उहाँलाई पनि धुरुक्कै रुवाएको रैछ | हजुरबुवाको सरुवै पिच्छे स्थान फेरी फेरी लगभग ४ बर्ष भारत बस्दा पनि हिन्दीमा जम्न गारो भएको थियो रे उहाँलाई | अचेल समय केहि बदलिएको छ | हजुरबुवा बित्नुभएको ८ बर्ष पुग्यो | उहाँसंग बिताएका दिनहरुको याद  अहिले पनि ताजै होलान तर हिन्दी नबुझ्दा हजुरबुवाले नै उल्था गरी बुझाउनु पर्ने अवस्था अहिले छैन | किनकि अचेल हजुरआमाले  हिन्दी सिरियल हेर्न थाल्नुभएको छ | 

हजुरआमाले सिरियल हेर्न सुरु गर्नु अघिको घर भित्रको कहानी पनि रोचकै थियो | सानो परिवार पनि हिन्दी र नेपाली कार्यक्रमको लागि अघिल्लो र पछिल्लो पिढीमा हानथाप हुदा आमालाई त्यो बिबाद मिलाउन हम्मे हम्मे पर्थ्यो | पछी त अंशबन्डा नै गरे जसरी टिभीका कार्यक्रमहरु हेर्न भनि दुइवटा टिभीमा विभक्त हुने पर्यो जाबो  ६ जनाको परिवारलाई पनि | त्यसपछि भने आआफ्नो संसारमै रम्न थाल्यौ आआफ्नो रोजाईको कार्यक्रम हेर्दै |

grand_mother

 Continue reading

अब फेरी हाम्रो भेट होला त पुष्पा ?

केहि समय अगाडी जोया अख्तर निर्देसित "जिन्दगी नामिलेगी दोबारा " हेरेकी थिए |फ्लिम सामान्य लागे पनि यसको शिर्षकले भने मलाई साच्चै आकर्षित गरेको हो | किनकि फिल्मले भन्दा पनि बढी यसको शिर्षकले मलाई जीवनको सिमितताको बारेमा सोच्न प्रेरित गराएको थियो | समयको रफ्तार संगै त्यो सोचाई बिर्सेको रहेछु | आज फेरी परिस्थितिले मलाई पुन: त्यही सत्यलाई सम्झन अग्रसर गरायो | एउटा यस्तो घटना मार्फत जसलाई म जिन्दगीमा सायदै भुलौला |

big_wide_world

पुष्पा मेरो पुर्व बिद्यार्थी थिइ | पुर्व यस अर्थमा कि उसको र मेरो शिक्षिका र विद्यार्थीको सम्बन्ध स्थापित भएको स्कुलमा आज हामी दुबैको उपस्थिति छैन | म पढ्नको निम्ति काठमाडौँ छिरे उ पनि यतैको कुनै बोर्डिंग तिर सिफ्ट भई | म काठमाडौँ छिरी नसक्दै तर उ बोर्डिंग छिरिसके पछी मलाई अचानक एकदिन उसले कल गरी :

"हेलो, रिता मिस बोल्नु भएको हो?"
"हो ,के थियो होला ?"
"मिस म पुष्पा बोलेको के! क्लास फोरको स्टुडेन्ट,पुष्पा दुवादी |"
"ओहो पुष्पा !!!आज कहाँबाट सम्झियौ ? मेरो नम्बर कसले दियो तिमीलाई ? पढाइ कस्तो हुदै छ ? तिमीलाई आरामै त छ?"

मैले एकैचोटी प्रश्न माथि प्रश्न गर्न पुगे | सायद अकस्मात् यस्तो अनौठो खुसी मिलेकोले होला | उसले भनी :
"यसो स्कुलको फोन डायरी हेरेको तपाइको नबर देखे अनि कल गरेको नि ! मिस तपाई सन्चै हुनुहुन्छ ?"
"अँ म सन्चै छु अनि तिमी नि?"
"म पनि सन्चै छु | अनि मिस मेरो स्कुलको साथीहरु र सर, मिस  सबैलाई सोधेको छ भनिदिनु है?"
"ल ल भई हाल्छ नि ! तिमी पनि मन लगाएर पढ्नु नि !"
"हवस्, थाहा छ मिस अहिलेको स्कुलमा त म खेलहरुमा निकै भाग लिन्छु | यहाँ त फुटबल प्राक्टिस गर्नको लागि केटीहरुको पनि टिम छ | जहिल्यै त्यस्तो गेमहरु भैरहन्छ त!"
"ए हो र ! ल ल राम्रोसंग खेल्नु, राम्ररी पढ्नु तिम्रो फुटबल खेलाडी बन्ने सपना पुरा होस् | प्रयास गर्दै जाउ एकदिन अवश्य सफल हुनेछौ |"
"हुन्छ मिस अब म फोन राखी दिन्छु है ?"
"ल ल राम्ररी बस ल ?"

 Continue reading

मेरो गोर्खा, हाम्रो गोर्खा, र बाबुराम भट्टराई

gorkha करिब एक महिना पहिले जब म देशकै प्रमुख बिश्वबिद्यालय भनि चिनिएको त्रिभुवन बिश्वबिद्यालयमा पहिलो पटक प्रवेश गरेकी थिए, तब एक जना साथीसंग परिचय हुन पुगेको थियो | उनको नाम घर त अहिले सबै बिर्सि सकें   किनकी पचहत्तरै जिल्लाबाट आएका बिद्यार्थीहरुको महासागरमा म अहिले सम्म त अल्मलिइ रहेकी छु भने, त्यति बेला त झन् सुरुवाती अवस्थामा के हुने हो, कस्तो साथी भेटिने हुन आदि अन्योलतामै थिएं | परिचयको क्रममा जब मैले मेरो घर गोर्खा भएको बताएं उनले तुरुन्तै भनेका थिए, "पृथ्बीनारायण शाहले
किर्तिपुर विजय गर्दा किर्तिपुर बासीको नाक कान काटी सत्र धार्नी बनाएका थिए रे नि त हो त ?"

मैले पनि सुनेको सम्म न हो कसरी हो अथवा हैन भनुँ ? अर्को साथीले फेरी ठट्टा गर्दै भन्यो, "हामीलाई त गोर्खाबासी भनिहाल्नु भो तर किर्तिपुर बासीलाई चै नभन्नु होला, सबै मिलेर लखेटलान नि फेरी !!"

" हाहाहा…….. " हाँसो गुन्जियो कक्षाभित्र |

त्यसपछि, मनकामना, गोर्खा दरबार, मनास्लु क्षेत्र आदिको चर्चा भयो | अनि लाग्यो, गोर्खा जिल्ला सबैतिर परिचित छ त्यसमा खुसि लाग्नु स्वाभाविक पनि थियो, खुसि भएँ |

यी त भए इतिहासका गोर्खासंग जोडिएका कुरा | अब, बर्तमान परिबेशमा आफु गोर्खाली भएको बताउदा के कस्ता प्रतिक्रिया आए थोरै कुरा गर्छु |

ति कुराहरु सुन्दा मलाई पहिले त खुसि लाग्यो पछी गहिरिएर सोच्दा उदेक लागेर आयो | वीर गोर्खालीको परिचय देखि बाहेक अचेल नवनियुक्त प्रधानमन्त्री बाबुराम भट्टराईको जिल्लाबासीको बिल्ला भिराइ साथीहरु मसंग कुरा गर्ने गर्छन | त्यसैले अचेल गोर्खाको अर्को परिचय प्रम भट्टराई पनि हुनुभएको कुरा महसुस गर्दै छु, जुन जगजाहेरकै कुरा हो | पछिलो एक हप्ता यता  मसंग परिचय गर्ने साथीहरुले उनको पनि प्रसङ्ग जोडेकै पाएकी छु |

baburam_bhattarai

कुरै कुरामा अर्को साथीले सोध्यो "तपाइंले भोट चै के मा हाल्नु भयो हँ?"

 Continue reading

परिवर्तित तिज र पुरुष सहभागिता

तीज नजिकिदै गर्दा मलाई  करिब एक दशक अघि घरनजिकै आमा, दिदिबैनीहरु आफ्नो घरायशी धन्दा भ्याएर रातको समय टुकीको उज्यालोमा नाच्ने , गाउने गरेको कुरा सम्झिदैछु | २/३ दिन अघिदेखि चेलीहरु माइती जाने,ल्याउने गरिन्थ्यो र तीज कै दिनमा भने आफ्नो गच्छे अनुसार शृंगार गरी बजार वा कुनै चौतारीमा भेला भै नाच गान गर्ने चलन थियो | शिव र पार्वतीको धार्मिक कथा जोडिएको तीजमा बिशेषत महिलाहरु आफ्नो श्रीमान र परिवारको लामो आयू र सुस्वास्थको कामना गर्दै ब्रत बस्ने परम्परा रहदै आएको छ | त्यतिबेलाको गीतहरु  पनि महिलाको बेदना , घर र माइतिबिचको अन्तरद्वन्द, गाउँमा घटेका घटना आदिको वास्तविकता बुनेर गाउने गरिन्थ्यो | समयको गतिशिलतासंगै  त्यतिबेला र अहिलेको तीजमा धेरै भिन्नता आइसकेको हामी देख्न सक्छौ |

teej_singers_sunita_dulal

अचेल तीज आउनु भन्दा १ महिना अगाडी देखि धमाधम तीजका एल्बमहरु बजारमा निस्कन्छन | हामी पनि त्यहीगित सुन्न र रमाउन अभ्यस्त भैसकेका छौ | गाउँघरका दलिनमा झुन्डिने रेडियो र क्यासेटमा पनि अचेल यस्तै गीतहरु घन्किरहेका होलान :

हाइ मेरो फरिया झन् माथि सार्यो झन् तल झर्छ हाइ मेरो फरिया …..|

हुनत गाउँ र सहर बीच तीजलाई मनाउने प्रकृति फरक फरक होलान तर परिवर्तन सर्वब्यापी भएको कुरालाई हामी नजर अन्दाज गर्न सक्दैनौ | शहरतिरको तिजको रमझमको त बयान गरी साध्य छैन | जुन हामीले अक्सर पत्र पत्रिका, टेलिचलचित्र वा कसैको बहसको बिषयमा सुन्दै र देख्दै आएका छौं | करिब एक हप्ता अघि देखि नै दर खाने र खुवाउने जमघट, रवाफिलो पोशाक ,गरगहना आदि इत्यादी तीजका बिकृति हुन् जसलाई हामीले हटाउनु पर्छ भन्ने आवाज पनि बिगत तिर सुन्दै आएकै हौ | यधपी सबैको आआफ्नै सोचाइ र शैलीका कारण सबै आआफ्नै ढंगले तीज मनाउन ब्यस्त भैरहेकै छन | कुन कुरा राम्रो र गर्न हुने कुन कुरा नराम्रो र गर्न नहुने  भन्नु भन्दा पनि मलाई चै परिवर्तनलाई आत्मसाथ्  गर्नपर्छ साथै आफ्नो मौलिकतालाई पनि महत्व दिनपर्छ जस्तो लाग्छ | त्यस देखि बाहेक त अब सबैको आआफ्नै सोचाई र ब्यबहार हो सबैको आआफ्नै रमाइलो गर्ने तरिका पनि |

 Continue reading

१५ अगस्टको सार्थकता, नेपालको यथार्थता

independence_day_india १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भए यता हरेक बर्ष भारतले धुमधामका साथ् स्वन्तन्त्रता दिवस मनाउदै आएको छ | अचेल मिडियाको द्रुत गतिमा भैरहेको बिकास र हामी नेपालीहरु भारतीय मिडियाप्रति पनि आकर्षित भएका कारण त्यहाँको स्वतन्त्रता दिवसमा हुने  तामझामको हामी प्रत्येक बर्ष प्रतक्षदर्शि हुदै आइरहेका छौं | अझ त्यति मात्र कहाँ हो र ? १५ अगस्ट आउनु भन्दा २/३ दिन अघि देखि नै देखाइने सन्देशमुलक बिज्ञापनहरुले भारतीयहरुको स्वतन्त्रताप्रतिको मोह र राष्ट्रियताको  भावनासंग हामी बढी नै परिचित छौँ | भारतीय च्यानलहरुको नियमित दर्शक भएको कारणले यी सबै तामझामहरुलाई मैले  नियालिरहेको थिए | हिजो १५ अगस्टको दिनमा पनि बिहानै देखि भारतको प्रधानमन्त्री लगायत राष्ट्रप्रमुखहरुले गर्ने कार्यक्रमहरुको लाइभ प्रशारण त समाचारमुलक च्यानलहरुमा छाएकै थियो अन्य मनोरन्जनात्मक च्यानलहरुमा समेत देशभक्तिले ओतप्रोत फ्लिम, राष्ट्रिय गान, राष्ट्रिय झण्डाको चिन्ह पनि धमाधम प्रशारण भैरहेको थियो |   १५ अगस्टमा मात्र हैन त्यस देखि बाहेकका दिनमा पनि भारतीयहरुको आफ्नो देश , राष्ट्रिय गान , राष्ट्रिय झण्डा प्रतिको आस्था देख्दा उनीहरु साच्चिकै आफ्नो देशलाई माया गर्छन भन्ने झल्किन्छ | उदाहरण स्वरूप क्रिकेट वा फिल्मलाई नै हामी लिन सक्छौं | चाहे टेस्ट म्याच नै होस् अनि मशालेदार फिल्म नै किन नहोस हमारा भारत महान भन्ने नारा घन्किएकै हुन्छ | जुनसुकै अभिप्रायले गरिएको होस्, परिणाम जे सुकै होस् अनि जुनसुकै अन्तरिक कारण नै किन नहोस, बाहिरी मुलुकले जसरी विश्लेषण गरे पनि अन्ना हजारे र बाबा रामदेवको अनशनले पनि भारतीयहरुमा उल्कै राष्ट्रियताको भाव मजबुत बनाउदै लैजान्छ | अनि यी सबलाई विश्वमा आफ्नो छाप छोड्ने तरिकाले प्रस्तुत गर्ने त उही भारतीय मिडिया न हुन् |

diwas

कहिले काही त इर्श्या पनि लाग्छ , त्यति ठुलो भौगोलिक देश अनि त्यत्तिकै मात्रामा विविधता भईकन पनि मिडियाको आधारलाई साँचो मान्ने हो भने भारत विश्वकै देशभक्तिको नमुना बनेर आफ्नो नाम उचो राख्ने र अझ शक्तिशाली बन्ने दौडमा छ तर तुलनात्मक रुपमा उसकै छिमेकी हाम्रो देश नेपाल भने भएको आफ्नो सानो भूभाग पनि टुक्य्राउने दौडमा छ | यहाँ तराईलाई एक मदेश एक प्रदेश चाहिएको छ, पहाडलाई प्रत्येक जातजातिको आफ्नै छुट्टै राज्य चाहिएको छ | राष्ट्रियता देशभक्ति त सबैले बिर्से कि क्या हो भन्ने आभास हुन्छ कहिले कहिँ त | खै कहाँ र कसमा खोज्ने हो देशभक्ति हामीले ? अनि कुन दिवसमा राष्ट्रियताको भावलाई लिएर एकबध्द हुने त ? जबकी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र गरि ३/३ वटा राष्ट्रिय दिवसहरु छन हामी संग | ति दिवसहरु मनाउनकै लागि मनाउछौ हामी| ढोंगी राष्ट्रियताको गन्ध आउछ जब हाम्रा देशका राष्ट्रप्रमुखहरु टुंडिखेलमा विराजमान भएर सैनिकहरुको सलामी ज्युनार गर्छन |
त्यसो भए हामीसंग स्वन्तत्रता दिवस नभएर हो त भन्ने सवाल पनि मेरो मनमा उठेको हो | कुनै समय ब्रिटिश साम्राज्यको अधीनमा रहेको भारत १९४७ अगस्ट १५मा मुक्त भएयता त्यसैलाई आधार बनाएर हरेक बर्ष शानका साथ् स्वतन्त्रताको अनुभूति लिन्छन अनि रमाउछन आफ्नो देशभक्तिलाई छताछुल्ल पोख्दै | भलै हामी वीर गोर्खालीसंग ब्रिटिश साम्राज्यको अगाडी नझुकेको इतिहास छ  तर बर्तमान परिबेशमा भने कहिले भारतीय कहिले अमेरिकी त कहिले अन्य मुलुकको हस्तक्षेपबाट पिल्सिरहनु परेको छ | कसैसंग नझुकेको र कसैको अधीनमा नरहेको हामी नेपालीहरुको जुन गौरब थियो त्यो सबै आज एकादेशको कथा भैसक्यो | प्रत्यक्ष रुपमा नेपाल जति नै स्वतन्त्र मुलुक होस् तर अप्रत्यक्ष रुपमा यो कुन कुन देशबाट निर्देसित र संचालित छ भन्ने कुरादेखि हामी कोही पनि अनभिज्ञ छैनौ | देश यस्तो हालतमा पुग्नुमा को को जिम्मेवार छन भन्ने कुरा पनि हामीले चर्चा गर्दै आएकै हौ | र यसको मुल्यांकन अवश्य पनि इतिहासले गर्ने नै छ |

यी त भए भारतीय देशभक्तिका केहि नमुनाहरु …| तर जति मलाई उनीहरुको देशभक्ति देखेर इर्श्या जाग्छ त्यति नै रिस पनि उठ्ने गर्छ | सायद मलाई मात्र हैन सम्पूर्ण नेपालीलाई यो कुरामा रिस उठ्छ | आफ्नो देशको सिमाना मिचिदा, हरेक आन्तरिक मामिलामा दबाब भोग्नु पर्दा कुन चै नेपालीलाई रिस नउठ्ला र ? यहाँ सम्मकी आफ्नो सिमाना मिचिएको यथार्थता देखाएर एउटा सिनेमा प्रदर्शन गर्न पनि कति झमेला भोग्नुपर्छ हामी कहाँ ! तर बिडम्बना अरुको देशलाई मिचेर ,नीचा देखाएर तामझामका साथ् स्वतन्त्रता मनाएकै छन त क्यारे ! अरुको स्वतन्त्रतालाई पैतालाले कुल्चेर आफु भने शानसंग स्वन्तत्रता दिवस मनाउदैमा भारत महान b पक्कै बन्ने छैन |  उनीहरुमा अलिकति पनि बिबेक देखिदैन जति हामीलाई हाम्रो देश र स्वतन्त्रता प्यारो छ अन्य देशकाबासीलाई पनि उनीहरुको देश प्यारो लाग्छ है त्यसैले हामीले बल पुर्बक सिमाना मिच्नु वा हस्तक्षेप गर्नु उचित हुदैन भन्ने …| जब यो बिबेक उनीहरुमा पलाउला तब मात्र भारतले स्वतन्त्रता दिवस मनाएको सार्थकता  रहनेछ | र यसको लागि भारतको  बिबेक पलाउनुका साथसाथै हाम्रा राष्ट्रप्रमुखहरुमा पनि देशभक्तिको भाव जाग्नु जरुरी छ |

पकेटमारको फेला पर्दा

शहरमा चोर लाग्र्छ !

शहरमा पकेटमारहरुको बिगबिगी हुन्छ !

शहरमा गाउँका सोझा मान्छेहरुलाई ठग्ने, हेप्ने गरिन्छ !

त्यसैले शहरमा सजग भएर हिड्नु पर्छ !

यस्ता  कुराहरु धेरै सुनेकी थिए गाउँमा |

ह्या… कसरी ठग्छन ? कसरी चोर्छन ? हाम्रो आँखा,दिमाग नभएको हो र?

pickpocket_warning यस्तै कुराहरु गरेर टारी दिने गर्थे | तर, अघिल्लो बिहिबार थाहै नपाइ आफू पकेटमारको सिकार बने पछी भने यस्ता तितो यथार्थहरुसंग साक्षात्कार् भएको महशुश गर्न पुगे |

भर्खर भर्खर शहर आएर सानो तिनो काम गर्न थाले पछी मलाई मेरो बोसले प्राय भनिरहनु हुन्थ्यो, कि तिमीले यो शहरमा संघर्ष गर्ने क्रममा मात्र असली जीवन के हो भनेर बुझ्नेछौ | यहाँ दिनदिनै संघर्ष गर्नु पर्छ र पल पलमा सतर्क रहनु पर्छ | तिमी माइक्रो चढेर आफ्नो डेरामा फर्किनलाई समेत संघर्ष गर्नु पर्छ | अरुलाई ठेलेरै जान सक्नु पर्छ | यदि त्यसो गरेनौ भने र सबै गएपछी पसौला नि भन्छौ भने ढाड कुप्रिने गरेर उभिनु पर्छ, नत्र अर्को अनि अर्को माइक्रोलाई कुर्दैमा तिम्रो समय जान्छ तर पनि तिमी सहज संग यात्रा गर्न सक्दैनौ | तिम्रो गाउँ जस्तो कहाँ हो र यो शहर ? यहाँ स्मार्ट बन्नु र देखिनु पर्छ | नत्र तिमीलाई कसैले पत्याउने छैनन् | तिमी हुनु र नहुनुमा केहि फरक हुने छैन  आदि आदि | हुन पनि सुरु सुरुमा अरु ठेलम ठेल गर्दै माइक्रो चढे पनि म भने मानिसहरु किन यस्तो जंगली भाको होला ? पालै संग चढ्नु नि भन्दै यो हुल मूल सके पछी चढ़ौला  भनेर पालो कुरेर बसी रहन्थे | त्यसो हुदा ढाड नै कुप्रिने गरेर उभिनु पर्ने हुन्थ्यो | अझ उभिनु मात्र परे त हुन्थ्यो नि मानिसहरुको चाप, यदाकदा दुर्ब्यबहार समेत सहनु पर्दा चै मैले पनि आफुलाई जंगली बनाउनै पर्यो | केवल आरामसंग सहज यात्राको खातिर |

 Continue reading