कसरि १ सय १७ वर्ष सम्म टाठै छन संसारकै सबैभन्दा पाकि महिला?

संसारकै सबैभन्दा वृद्ध व्यक्ति एम्मा मोरानोले यहि नोभेम्बर २९ मंगलबार आफ्नो १ सय १७ औँ जन्मदिन मनाएकि छिन्। एम्मा १८०० को शताब्दिमा जन्मिएकि संसारकै एक मात्र जिवित व्यक्ति मानिन्छिन ।

emma-morano-oldest-living-person-117-birthday-celebration

सन १८९९ को नोभेम्बर २९ का दिन इटालिमा जन्मिएकि एम्मा उनका मातापिताका ८ सन्तानहरुमा पहिलो सन्तान हुन्। अहिले उनका सबै भाइबहिनि हरु बितिसकेका छन्। १९३८ मा आफ्ना पतिसँग उनको सम्बन्धविच्छेद भए पछि उनि एकल जिवन बिताइरहेकि छिन ।
 Continue reading

पिठ्युमा तेस्रो हात, तनहुँका २ बर्षिय बालक हेर्न भिड

तनहुँमा एक अचम्मको बालक देखिएका छन जसको दुइ हात का साथ साथै तेस्रो हात पनि छ – पिठ्युंमा । दुइ बर्षिय बालक गौरब गुरुंगको पिठ्युंको भएको तेस्रो हात चल्न चाँहि चल्दैन । पिठ्युंमा हात पलएपछि उनलाइ सुत्न र भुइमा पल्टिन भने निक्कै गाह्रो हुन्छ्। यस्तो अचम्मको हात भएको बालकलाइ हेर्न गौरबको घरमा भिड लाग्न थालेको छ । कतिपयले उनलाइ भगवानको रुप मान्दै पुजा समेत गर्न थालेको भए पनि डाक्टरहरुले भने यो एक प्रकारको रोग भएको र सो हातलाइ सर्जरि गरेर हटाउनु पर्ने बताएका छन् ।

भि॑डियो रिपोर्ट हेर्नुहोस :

गौरबलाइ के भएको हो ?

डाक्टरहरुले गौरबलाइ जन्मजात नै देखिने स्पाइना बिफिडा भन्ने समस्या भएको बताउँछन । मेरुदंड भित्र हुने स्पाइनल कर्डमा आउने यो समस्याका कारण ढाड्मा मासु पलाउने समस्या हुन्छ । यस्तो समस्या दुर्लभ भए पनि यस्तो समस्याले बालकको दिमागमा पनि असर पार्न सक्ने बताइन्छ । गौरवको घरको आर्थिक अवस्थाका दयनिय हुनुका कारण अहिले सम्म उपचार गर्न नपाएको पनि समाचारमा उल्लेख छ ।
 Continue reading

गुगल ब्वाइलाइ १ करोड दिनुमा ओलिका कारणहरु र मलाइ चित्त नबुझेका ४ कुराहरु

प्रधानमन्त्रि केपि शर्मा ओलिले “गुगल ब्वाइ” भन्दै आदित्य दहाललाइ दिइएको रु १ करोड रुपैंया दिनै पर्ने भएको भन्दै बचाउ गरेका छन एक टेलि भिजन कार्यक्रममा । उनले भनेका कुराहरुको सम्पादित अंश निम्न भिडियोमा राखिएको छ :

ओलिले भनेका कतिपय कुराहरु आधार नभएका देखिन्छन :

१ – “आदित्य दाहाल एउटा असाधारण, विलक्षण प्रतिभामात्रै होइन, प्रतिभाभन्दा पनि पृथक ..”

आदित्य दाहाल असाधारण र विलक्षण प्रतिभा भएको ब्यक्ति हुन भनेर कुनै सरकारि निकायले निर्णय गरेको थियो र ? वा, कुनै अध्ययनले उनको असाधारण ब्यक्तित्वले देशलाइ फाइदा पुग्ने भनेर निर्णय गरेको हो  ? हुन त उनले थपेका थिए “पढाइ लेखाइ नभएको बच्चाले एउटा भाषामात्रै होइन, चिनियाँ भाषामा पनि लेखेर जवाफ दिने, रुसिमा पनि दिने, अर्को अंग्रेजिमा पनि दिने ।” तर, त्यतिले मात्रै बिलक्षण भएको प्रमाणित भने हुँदैन । मानौं उनि विलक्षण भएकै प्रमाणित भयो – तर पनि, राज्यले उनि माथि लगानि गर्नु पर्ने ठोस आधार प्रमाणित हुनु पर्यो । उनि विलक्षण हुनुले जनतालाइ राहत पुग्ने, देश बिकास हुने, रोजगारि सिर्जना हुने, आर्थिक फाइदा हुने वा यस्तै खालको कुनै फाइदा हुनु पर्यो।

अनि, तेस्तै “बिलक्षण” प्रतिभा भएका अरु २-४ जना निस्किए भने राज्यले के गर्ने ? के सरकारले ति सबैलाइ एक एक करोड बाँडन सक्छ त ?

२ – “शेरबहादुर देउवा र प्रचण्ड सत्ता पक्षका र विपक्षि दलका प्रमुख नेताहरु गुगल ब्वाइलाई लिएर मकहाँ आए । आदित्य दाहाललाई लिएर मकहाँ आए ।”

तिनै शेरबहादुर देउवा र प्रचण्ड ले अविश्वासको प्रस्ताव पनि लिएर गएका थिए, राजिनामा पनि मागेका थिए । उनिहरुको विश्वासको प्रस्ताव र राजिनामाको माग चाँहि नमान्ने अनि आदित्य दहाललाइ पैसा दिने कुरा मान्नु पर्ने किन होला ? अझ, उनिहरुले नै भुकम्पपिडितलाइ २ लाख दिनु पनि त भनेका थिए नि, होइन र ?

सरकार प्रमुख जस्तो ब्यक्तिले अरु नेताले भनेको हुनाले १ करोड दिएँ भन्न सुहाउने कुरा होला ?

३. “उपचारका लागि जुन रकम दिइएको थियो, त्यसमा थोरै रकम खर्च गरेर जो फिर्ता गरिएको थियो, त्यसमाथि केही लाख थपेर आदित्य दाहाललाई दिएको हो ।”

यो झन अचम्मको कुरा रहेछ । उनिहरुले पैसा फिर्ता कसरि र किन गरे ?  फिर्ता गर्ने बित्तिकै किन माग्न गए ? फेरि माग्ने हिसाव मिलाउन फिर्ता गरेको त होइन ? यो कुराले त, फिर्ता गर्यो भने त्यसलाइ बढि बनाएर फेरि माग्न मिल्छ भनेर योजनाबद्ध रुपमा नै फिर्ता दिने कार्य भएको जस्तो देखियो ।

अर्को कोणबाट हेर्दा, शुशिल कोइराला सरकारले दिएको १ करोडको औचित्य नै पुष्टि नहुने देखियो । आदित्यले अमेरिकामा आफ्नो उपचार हुन सक्छ भनेको आधारमा कोइराला सरकारले १ करोड दिएको बुझिन्छ । तर, उनले भने जस्तो अमेरिकामा उपचार हुन सकेन । यसरि, उनले गरेका भबिष्यबाणि नमिल्ने देखियो भने सरकारि लगानि पनि गलत ठाउँमा प्रयोग भएको देखियो । सरकारले बजेट बनाउँदा खर्च हुन नसकेको आयोजनामा फेरि रकम बिनियोजन गर्ने गर्दैन तर, केपि ओलिको – खर्च नभएको हुनाले अरु थप गरिएको भन्ने आशयको कुरा आँफैमा बाझिएको छ ।

४ “आदित्य दाहाल ४ वर्षको बच्चा भए पनि उनलाइ व्यक्तिले घर दिन्छु भन्न गए । तर, उनले म व्यक्तिबाट लिन्न भने । सरकारले गर्छ भने त्यो बेग्लै कुरा हो, व्यक्तिबाट लिन्न भन्ने कुरा थियो ।”

आदित्य ४ बर्ष होइन यहि महिना ६ बर्षका हुँदै छन । अनि उनले सरकारि पैसा मात्र लिन्छु भन्नुको कारण के हो ? आदित्यलाइ पैसा नभएर कुनै समस्या भएको रहेनछ । अति नै आबश्यकता परेको भए जो संग पनि लिन्थे होलान । सरकारले दिए मात्र लिन्छु नत्र लिन्न भनेर बस्थेनन होला । अनि आबश्यकता नै नपरेको ब्यक्तिलाइ सरकारि पैसा किन बाँडनु ?

 Continue reading

अल्पमतका प्रम केपि ओलिका महत्वपुर्ण निर्णय, गुगल ब्वाइ आदित्य दहाललाइ एक करोड

कांग्रेस र माओबादि केन्द्रले अल्पमतमा परेको सरकारलाइ महत्वपुर्ण निर्णय नगर्न भनेकै भोलिपल्ट सरकारले बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।

https://www.youtube.com/watch?v=kbkN3k8ASVg

ति निर्णयहरु मध्ये सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाइ एक करोड रुपैयाँ दिने निर्णयको सर्बत्र बिरोध भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारि साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पुर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको थियो ।
 Continue reading

लुटको धन फुपुको श्राद्ध जसरि, सरकारि कोषबाट रकम पाउने भाग्यमानि को को हुन ?

आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरुलाइ स्वास्थ उपचारको खर्च बिलअनुसार सोझै अस्पताललाइ दिने व्यवस्था विपरित नेपाल सरकारले पहुँचवालालाइ जथाभावि आर्थिक सहयोग गरेको छ । यहि जेठ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले एकै दिन ३१ जनालाइ रु डेढ करोड रुपैयाँभन्दा बढि आर्थिक सहायता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयमा ति व्यक्तिहरुलाइ किन आर्थिक सहायता दिनु पर्यो भन्ने बारेमा केहि पनि उल्लेख गरेको छैन ।

सहायता पाउनेहरुमा एक बहालवाला मन्त्रि, पुर्व परराष्ट मन्त्रि र पुर्व सांसद लगाएअ प्रभावशालि नेता, उनिहरुका आफन्त र पहुँचवाला ब्यक्तिहरु रहेका छन् । भिडियो रिपोर्ट :

आर्थिक सहायता पाउनेमा सत्तारुढ एमाले, एमाओवादि र राप्रपा नेपालका साथै प्रमुख विपक्षि दल नेपालि कांग्रेसका नेता तथा कार्यकर्ता पनि रहेका छन ।
 Continue reading

कुलेश्वरको घरमा चितुवा पस्यो

काठमाडौंको कुलेश्वरमा एक स्थानियबासिको घरमा पसेको चितुवालाइ बेहोस बनाएर नियन्त्रणमा लिइएको छ। कुलेश्वर गणेश मन्दिर नजिकैको क्षेत्रबहादुर श्रेष्ठको घरभित्र पसेको चितुवा लामो समय त्यहिँ रहेको थियो ।

https://www.youtube.com/watch?v=WO0GtCQSJew

बिहान सवेरै देखिएको चितुवालाइ दिउँसो साढे १२ तिर नियन्त्रणमा लिइएको थियो । चिडियाखाना र निकुन्ज विभागका कर्मचारीको टोलीले सो चितुवालाइ लामो प्रयास पछि मात्रै बेहोस् बनाउने सुई हानेर नियन्त्रणमा लिन सफल भएका थिए ।

 Continue reading

सिद्ध बाबाको हास्यास्पद चुनौति, १० वर्ष समाधि बस्ने सक्ने रे

एक झुठ छोप्न हजार झुठ बोल्नु पर्छ  भन्ने कुरा पोखरामा ९ दिन समाधि बसेर निस्केका सिद्धबाबाले प्रमाणित गरिदिएका छन् । उनले एक कार्यक्रम आयोजना गरेर समाधिमा कुनै बदमासि नभएको दावि गरेका छन् । त्यसको साथै, उनले आठ मिटर गहिरो खाडल खनेर बन्द बाकसमा जति सुकै समय पनि बस्न सक्ने दावि गरेका छन् ।

उनले गरेका दाविहरु यस्ता छन्

  • जमिन मुनि आठ मिटर तल हावा नछिर्ने बन्द बाकसमा १० बर्ष सम्म बस्ने सक्ने र सकुशल बाहिर निस्कने ।
  • हावामा उडन सक्ने ।
  • पानि भित्र पनि जति समय भन्यो त्यति समय बस्न सक्ने । ।
  • कुनै पनि मानिसको बिहान देखि बेलुका सम्म सबै कुरा भविष्य वाणि गर्न सक्ने ।

उनले गफा दिए, सुन्नेले तालि बजाए । तर, उनले यि कुनै कुरा गरेर भने देखाएनन, किनकि अरु नमिले पनि कम्तिमा हावामा उडेको त देखाउन मिल्थ्यो ।

 Continue reading

डरलाग्दो – भुकम्प पिडित नेपालि बालबालिकालाइ बेलायतमा बेचिंदै

नेपालमा भुकम्प पिडित बालबालिकाहरुलाइ  बेलायतका धनाड्यहरुले ‘दास’ बनाउनको लागि तस्करी गरिरहेको खुलासा। मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका बालबालिकालाइ जनहि ५,३०० पाउन्डमा बेचेर दास बनाउने गरेको त्यहाँको स्थानिय पत्रिका द सनले सार्बजनिक गरेको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=v-vxQProqQQ

सुन्दरि पक्राउ, राजेश हमाल देखि छविओझासम्मलाइ ठगेको हुन सक्ने सम्भावना

भगवति केसि नाम गरेकि एक सुन्दरि युवतिलाइ हालै प्रहरिले पक्राउ गरेको खबर आएको छ । अनलाइनखवरमा प्रकाशित एक समाचार अनुसार उनले डाक्टर भएको दावि गरेको र डिआइजिको छोऱि भएको झुठो बोलेर बिभिन्न मानिसलाइ ठगेको आरोप लगाइएको छ । हेर्दा सुन्दर देखिने यि युवतिले आफ्नो रुप र बिभिन्न झुठा परिचय बनाएर पुरुषहरुलाइ ठग्ने गरेको प्रहरिले बताएको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=0AwjrRQW7f0

प्रहरिले केसिसंग ठगिका प्रयोग भएका ९ वटा मोबाइल नम्बर, र बिभिन्न फेसबुक खाताहरु पनि फेला पारेको छ । उनले बिभिन्न समयमा कहिले डा. सुहाना केसि कहिले अदिति अनि कहिले दृष्टि केसिको नामले परिचय दिने गरेको पनि प्रहरिले जनाएको छ ।

 Continue reading