पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइले नेकपा एमाओबादि पार्टि छोडेर नयाँ पार्टि खोल्ने तयारि गरिरहेका छन्। यसैको प्रारुपको रुपमा उनले आइतबार ३५ सदस्यिय केन्द्रिय परिषद सार्बजनिक गरे । उनको नयाँ पार्टि र राजनितिको बारेमा मलाइ कुनै जानकारि वा चासो छैन तर राजनितिको कुनै अनुभव नभएका अभिनेता र अभिनेत्रिलाइ केन्द्रिय परिषदमा राखेर सस्तो प्रचार मात्र गर्न लागेका हुन कि भन्ने लागेर उनको प्रचारमा सहयोगि होस भनेर यो प्यारोडि तयार गरेको छु।
हेर्नुहोस प्यारोडि ट्रेलर
“नयाँ शक्ति” नामको फिल्म बाबुराम भट्टराइले प्रस्तुत गरेमा कस्तो बन्ला भन्ने ट्रेलरले देखाएको छ । पोस्टर सायद यस्तो होला :
मैले यस नयाँ फिलिममा हिरो मा बाबुराम भट्टाराइ, हिरोइनमा करिश्मा मानन्धर, साइड हिरोमा सरोज खनाल र भिलेनमा अशोक शर्मा लाइ प्रस्तावित गरे पनि साथिहरुले ट्विटरमा अझ राम्रो प्रस्ताव गर्नु भएको छ ।
@AnandNepal निर्माता: बिनोद चौधरी परिकल्पना: रअ ब्यबस्थापक : रणजीत रोय पनि थप्नुस सर!
— Tejendra GC (@Tejendra_GC) January 25, 2016