युट्युवबाट पैसा कमाउने दिन सकिएकै हुन त ?

झण्डै एक दशक देखि युट्युवले भिडियोमा देखिने बिज्ञापनको केहि भाग भिडियो निर्मातासंग बाँड्ने गरेको थियो । यसरि युट्युवमा भिडियो अपलोड गरेर धेरैले पैसा कमाए । तर, हालै युट्युवलाइ बिज्ञापन दिने बिज्ञापनदाताहरु युट्युवसंग रिसाएर बिज्ञापन दिन रोके पछि युट्युव ठुलो अफ्टेरोमा परेको थियो । यो प्रस्तुतिमा म चर्चा गर्नेछु –

  • बिज्ञापनदाताहरु युट्युवसंग किन रिसाए?
  • युट्युव ले के के नयाँ नियम ल्याएको छ ?
  • के युट्युवबाट अब कमाइ नहुने हो ?

बिज्ञापनदाताहरु युट्युवसंग किन रिसाए?

तपाइँले बिगत केहि समयदेखि युट्युव हेर्ने गर्नुभएको भए थाह नै छ होला – आजकल अश्लिल भिडियो, झुक्याउने भिडियो लगाएत अनेक झुठा र सनसनि मच्चाउने खालका भिडियोहरुको बाढि नै आउन थालेको थियो । यि सबै भिडियोहरुको मुख्य उद्देश्य दर्शकलाइ नयाँ कुरा दिनु भन्दा पनि दर्शकलाइ झुक्याएर पैसा कमाउने मात्र हुन्थ्यो । यस्ता भिडियोहरुमा बिज्ञापन राखेर युट्युवले बदमासि गरिरहेको भन्ने बिज्ञापनदाताहरुले आरोप लगाइ रहेका थिए । तर, युट्युवले अहिलेसम्म उनिहरुको चासोलाइ बेवास्ता गरिरहेको थियो ।  Continue reading

लोडसेडिङ घट्यो

बर्षामा पानि परे पनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नघटाएको गुनासोको बिच, प्राधिकरणले केहि राहत दिएको छ, लोडसेडिंग्को नयाँ तालिका प्रकाशित गरेर ।

नयाँ तालिका अनुसार अव हप्तामा करिव १५ घण्टा लोडसेडिङ घटने छ

  • २ दिन – ८ घण्टा लोडसेडिङ
  • ३ दिन – ६.५ घण्टा लोडसेडिङ
  • १ दिन – ७ घण्टा लोडसेडिङ
  • १ दिन – ६ घण्टा लोडसेडिङ

यसरि, पहिले हप्ताम ६३ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब देखि साढे ४८ घण्टा लोडसेडिङ हुने भएको छ ।

 Continue reading

विदेशबाट आँउदा भन्सार लाग्ने र नलाग्ने सामानको सुचि र धेरै सोधिने प्रश्नहरुको उत्तर

विदेशबाट फर्कने बेलामा नेपालिले ल्याउने सामानमा के कस्तो भन्सार शुल्क लाग्छ भन्ने बारेमा यहि साउनदेखि लगु हुनेदर रेट यस प्रकार छन् ।

नयाँ व्यवस्था अनुसार काँचो सुनचाँदि ल्याउन नपाउने व्यवस्था गरेको छ। यसको मतलव गहना हरु ल्याउन पाए पनि सुनको बिस्कुट ल्याउन पाइने छैन । आफुले प्रयोग गर्ने लुगा फाटोमा कुनै शुल्क लाग्दैन । तेस्तै अन्य कुराहरु जसमा कुनै शुल्क लाग्दैन ति तल प्रष्ट गरिएको छ ।  नेपाल सरकारको ब्यबस्था जस्ताको तस्तै :

nepal government list
 Continue reading

किताव लाइब्रेरि, त्यो पनि लोकल मेट्रो बसमा, चल्छ होला ?

यहि हप्ताबाट काठमाण्डौंको चक्रपथमा चल्ने मेट्रो बस का केहि बसमा प्रयोगात्मक रुपमा मिनि लाइब्रेरि राख्न शुरु गरिएको छ । बसम रहने बसका परिचारिकाको रोहवरमा बसका यात्रुहरुलाइ पढन दिने र सो बारेमा बिवरण जम्मा गर्ने कार्य शुरुगर्न जति सजिलो छ यसलाइ लामो समय सम्म निरन्तरता दिन त्यतिकै गाह्रो देखिन्छ । पहिला यो बारेमा भिडियो रिपोर्ट हेरौं :

शुरु भएको मिनि लाइब्रेरि कन्सेप्ट अहिले केहि बसमा मात्र उपलब्ध छ । बसमा रहने परिचारिकाले कुन यात्रुले कुन किताव पढे भन्ने कुराको जानकारि एक लग बुकमा राख्ने गरिएको छ। मलाइ यो कन्सेप्ट राम्रो लागे पनि सफल हुने कुरामा भने शंका छ ।  Continue reading

राष्ट्रिय गितका संगितकार अम्बर गुरूङको निधन

नेपाली राष्ट्रिय गितका साथै धेरै लोकप्रिय गितहरुका संगितकार अम्बर गुरूङको निधन भएको छ । केहि दिन देखि अस्वस्थ रहेका अम्बर गुरूङलाइ ग्रान्डि अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको हो । लामो समय देखि अस्वस्थ रहेका गुरूङको केहि समय अघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।

https://www.youtube.com/watch?v=rtf8w8m0390

यस अघि, कान्तिपुर दैनिकले उनको निधन हुनु अगावै निधन भइसकेको खवर दिएकोमा अस्पताल र उनका परिवारका सदस्यले बिरोध गरेका थिए । कान्तिपुरले गल्ति गरेको स्विकार गर्दै सो खवर सच्याएको थियो । यो बारेमा अम्बर गुरूङको निधनपुर्व मैले बनाएको रिपोर्ट :

 Continue reading

नेपाल सरकारको पासपोर्ट ब्यपार, अब एमआरपि एकै दिनमा

नेपाल सरकारले अब नेपालि पासपोर्ट एकै दिनमा तयार गर्ने भएको छ । त्यसको लागि बढि शुल्क लिने तर, कति बढि लिने भन्ने बारेमा निर्णय गर्न केहि समय लाग्ने बताइएको छ । स्मरण रहोस, सरकारले रु ५,००० शुल्क तिरे पछि तयार हुने पासपोर्ट तयार गर्न ४५ दिन लगाउँछ ।

अब प्रश्न उठछ, एकै दिनमा तयार हुन सक्ने पासपोर्ट तयार गर्न सरकारले ४५ दिन किन लगाउँछ ? त्यहि पासपोर्ट रु. १०,००० तिर्यो भने ७ दिनमा नै तयार हुन्छ । थप ५,००० ले सरकारि कर्मचारिको प्रोडक्टिभिटिमा के जादु गरिदिन्छ, जसका कारण पासपोर्ट ३८ दिन छिटो तयार हुन्छ ?

अझ रु. १०,००० थप गरेर १५,००० तिर्यो भने त्यहि पासपोर्ट २ दिनमा पनि तयार हुन्छ । सरकारले अब एकै दिनमा तयार गर्ने पनि समाचार आएको छ । तर, अहिले सम्म रेटको बारेमा निर्णय नभए पनि ४५ दिन लाग्ने पासपोर्ट बनाउन र १ दिनमा तयार हुने पासपोर्ट बनाउन सरकारि खर्च त एउटै होला । अनि दर रेटमा चाँहि किन यस्तो मनपरि?

एमआरपि एकै दिनमा तयार हुने बारेको समाचार हेर्नुहोस :
https://www.youtube.com/watch?v=RanP0DP5HP0
 Continue reading

सावधान ! नक्कलि डलर र भारतिय रुपैयाँको बिगबिगि

प्रहरिले एकजना पाकिस्तानि महिला सहित ८ जना व्यक्तिला ५५ लाख ८७ हजार भारतिय जालि नोट र १९ हजार ५ सय जालि अमेरिकि डलरसहित पक्राउ गरे पछि बजारमा तेस्ता जालि नोट अरु पनि भएको आशंका गरिएको छ ।

पक्राउ परेकि पाकिस्तानि नागरिक यस अघि पनि पटक पटक नेपाल आएको हुनाले उनले बितरण गरेका जालि नोट बजारमा हुन सक्ने प्रवल सम्भावना रहेको छ ।

प्रहरिले पक्राउ गरेका अभियुक्तहरुको बारेमा समाचार रिपोर्ट:
https://www.youtube.com/watch?v=DGcQBzkYw70

  • महानगरिय प्रहरि परिसर काठमाडौको टोलिले पक्राउ गरेका मा पाकिस्तानि नागरिक शामा नाज, भारतिय नागरिक बैजनाथ गुप्ता र ६ जना नेपालि छन् ।
  • पाकिस्तानि नागरिक २७ वर्षिया शामा नाजसंग ३६ लाख जालि भारतिय नोट र १९ हजार ५ सय जालि अमेरिकी डलर सहित पक्राउ परेकी ।
  • उनलाइ प्रहरिले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारबाट पक्राउ गरेको
  • यसरि नक्कलि अमेरिकि बरामद भएको नेपालमा नै पहिलो भएको प्रहरिले बताएको छ
  • नाज पछिल्लो तिन महिनामा तिन पटक नेपाल आइ सकेको खवर छ ।
  • दोलखाकि मिरा जिरेल, काठमाडौका सुमन मल्ल, सप्तरिका तारिणिप्रसाद ठाकुर, रुपन्देहिका विजयराज शर्मा, गुल्मिका सनद प्रधान, डोटिका अमृतमान श्रेष्ठ र भारतको विहारका वैजनाथ गुप्ताला संग १९ लाख ८७ हजार जालि भारतिय नोट बरामद भएको ।
  • विहारका गुप्ता र रुपन्देहिका शर्मा यसअघि लागु औषधको कारोबारमा संलग्न व्यक्ति भएको र यस अघि १५ बर्ष र ९ बर्ष जेल बसिसकेका ब्यक्ति हुन ।

 Continue reading

अमेरिकि भिसा आवेदनको लागि अव थोरै कागजात भए पुग्ने

अमेरिकि दुतावास काठमाण्डौंले पर्यटक तथा विद्यार्थि भिसाका आवेदकहरुको लागि सजिलोको लागि कागजी प्रक्रिया घटाउने बताएको छ । यहि जेठ १९ गते देखि नै शुरु हुने यो नयाँ ब्यबस्था अनुसार घुम्न जाने पर्यटक तथा पढन जाने विद्यार्थिहरुको लागि भिसा आवेदन दिंदा आबेदनको साथ थोरै कागजपत्र मात्रै पेष गरे हुने भएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=UbFYIhnmorc

कतिपय कागजात निवेदनको साथ नबुझाइ भिसाको अन्तर्वार्ताको लागि उपस्थित हुँदामात्रै ल्याउनु पर्ने नयाँ ब्यबस्था मा उल्लेख छ । यो ब्यबस्था आवेदकहरूमाथि हुने सम्भावित छलकपटबाट उनिहरुलाइ जोगाउनका लागि पनि गरिएको बताइएको छ ।

 Continue reading

चिनबाट काठमाडौंका लागि छुटेको रेल अहिले तिब्बतसम्म मात्रै

मलाइ यो समाचार र “घरबाट अमेरिका हिड्यो भैरे ..  तर, अहिले यरपोर्टसम्म मात्र”  भनेको उस्तै उस्तै लाग्यो किनकि रेल काठमाडौं आइपुग्नको लागि कुनै पुर्वाधार नै तयार छैन (भैरेको अमेरिकि  भिषा नभएको जस्तै)।

तर, जे भए पनि यो एक सकारात्मक कुरा हो । योजना मात्र बनाउने तर, काम नगर्ने नेपालि नेतालाइ चिनले केहि सिकायो कि। चांडैनै रेल ट्रयाक बनोस! शुभकामना र चिन सरकारलाइ धन्यवाद ।

पहिला समाचार के हो भिडियोमा सुन्नुहोस:

https://www.youtube.com/watch?v=wfTBn79ScpY

मुख्य बुँदा

  • चिन सरकारले नेपालकालागि अन्तराष्ट्रिय रेल सेवा शुरु गरेको
  • लान्ठोउ- सिगात्से-काठमाडौ रुट भानिएको सो रुट सिगात्सेमा सकिन्छ
  • उक्त रेल लान्ठोउबाट सिगात्सेसम्म आउने छ र त्यहाँबाट ति सामान ट्रकमा लोड गरेर काठमाडौं ल्याइने छ।
  • बैशाख २९ मा लान्ठोउबाट हिडेको उक्त रेल २४३१ किमि टाढा  सिगात्से पुगेर रोकिने छ।
  • सिगात्सेबाट तिब्बतको गेलुङसम्म ५६४ किमि सडक यात्रा तय  गर्दै काठमाडौंसम्म आउने छ।
  • यसरि सामुन्द्रिक बाटो हुँदै भारत भएर नेपाल आउने चिनियाँ सामान लगभग ३५ दिन चाँडो नेपाल आईपुग्ने  बताइएको छ।
  • रेलमा ८६ वटा कार्गो कन्टेनर छन्

china train to kathmandu starts

तपाइलाइ कस्ता भिडियो मन पर्छन?

यो पोष्टको शिर्षक हालै मैले ट्विटरमा पोष्ट गरेको एक पोलको हो बिषय हो। मैले भिडियो ब्लगिंग गर्छु भनेर भिडियो बनाउँदै आएको भए पनि अहिलेसम्म मेरा भिडियोका दर्शकलाइ उनिहरुको चहाना कस्तो छ भनेर सोधेको थिइन । यो पोल को निर्धारित समय सकिन अझै केहि समय बाँकि भए पनि अन्तिम नतिजा सजिलै अनुमान लगाउन सकिने भएको छ । र, नतिजा मैले बनाउने गरेका भिडियोको ठ्याक्कै उल्टो आएको छ ।

video blogging poll

ट्विटरका मेरा फलोअरहरु बढिमात्रामा समसामयिक बिषय र हल्का फुल्का मनोरन्जनको बिषयमा भिडियो बनोस भन्ने चहानु हुने रहेछ । तर मेरो चाखको बिषय भने नेपालि फिल्म र नेपालि कलाकारहरु हुन । यस हिसाबले मैले बनाउने भिडियो त्यति चाखलाग्दा छैनन । अब मैले के गर्नु पर्ला?

(यो पोलमा अबको ८ घण्टामा भएको परिवर्तन अन्तिममा अपडेट गरिनेछ )

के मैले मेरा भिडियोको बिषय परिवर्तन गर्नु पर्ला ?

मेरो बिचारमा भिडियो ब्लगिंग आफुलाइ मन लागेका र मन परेका बिषयमा चर्चा गर्ने माध्यम हो । आफुले जानेका र मन खाएका कुरामा चर्चा गर्दा खुल्न सकिन्छ र प्रस्तुत बिषयलाइ न्याय गर्न पनि सकिन्छ । चाख नलाग्ने बिषयमा चर्चा गर्न जांगर पनि चल्दैन र बोझ जस्तो अनुभव हुन सक्छ । तेसैले, मैले मेरा चाखलाग्दा बिषयमा भिडियो बनाउँदै जानु नै उपयुक्त होला जस्तो लागेको छ । तेसैले फिल्मको बारेमा र कलाकारहरुको बारेमा चर्चा गर्न रोकिने छैनन।

 Continue reading