किच्चक बध – धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल

झापा जिल्ला को पृथ्वीनगर ५ मा पर्ने किच्चक बध एउटा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकिय क्षेत्र हो ।  स्वथानी पुर्णिमा को दिनमा यस स्थानमा एउटा बिशाल मेला पनि लाग्ने गर्दछ ।

महाभारतकालमा बलशाली पाण्डब, भीमसेनले किच्चक नाम गरेको एक राक्षसलाइ यही स्थानमा मारेको बिश्वास गरिन्छ । २०६२ सालमा  गरिएको एक उत्खनन बाट यस स्थानमा एक घरको कोठा, पर्खाल र ढलनिकाशको अबशेष फेला परेको थियो । उत्खननमा भेटिएका यी सामाग्रीहरु  २ देखि ५ हजार बर्ष पुरानो हुनसक्ने बिश्वास गरिन्छ ।

Kichak_badh_bhimsen_statue_likking_kichak

यस स्थानमा भीमसेन ले किच्चकलाइ मार्दै गरेको बिशाल मुर्ति पनि बनाइएको छ।  धार्मिक पर्यटनका साथ साथै किच्चक बध पिकनिकको लागि पनि प्रसिद्ध छ ।

Kichak_badh_exploration

फोटो साभार – फेसबुकको किच्चक बध पेज

‘हाइवे’ बर्लिन फिल्म फेस्टिभलमा

नेपाली सिनेमा ‘हाइवे’ले बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गर्ने भएको छ । जर्मनीको बर्लिनमा फेब्रुअरी ९ देखि १९ सम्म आयोजना हुने सो फेस्टिभलमा ११ देशका फिचर फिल्म मध्य ‘हाइवे’ पनि छनौट भएको हो । सन् १९७८ मा शुरु भएर प्रत्येक बर्ष आयोजना हुने बर्लिन फिल्म फेस्टिभलमा नेपाली फिल्म छनौट भएको यो पहिलो पटक हो ।

highway_poster

नेपालमा हुने राजमार्गमा बन्द र हड्ताल र तेस्ता घटनाले नेपाली जनजीवनमा पर्ने प्रभाब बिषयमा केन्द्रित भएर बनाइएको यो फिल्ममा सौगात मल्ल, कर्मा, विनय श्रेष्ठ, इलम दीक्षित, ऋचा शर्मा, दयाहाङ राई, राजन खतिवडा आदिको मुख्य भूमिका रहेको छ । निर्देशक दीपक रौनियार निर्देशित र समिरमणी दिक्षीतले निर्माण गरेको यो फिल्ममा अमेरिकी कम्पनी लुर्भुचरले सह–लगानी गरेको छ ।

यस फिल्म निर्माणको लागि गरिएको अनलाइन फण्ड संकलनबाट अमेरिकी डलर ३३ हजार ६ सय ४७ (करीब २७ लाख रुपैंया)  पनि संकलन गरिएको थियो ।

 Continue reading

कान्तिपुरी नगरी

प्रदिप न्यौपानेजी ले कलियुगकी साक्षात देबी को बर्णन सुनेर मलाइ पनि भानुभक्तको बर्णन याद आयो:

भानुभक्तको कान्तिपुर:

चपला अवलाहरू एक सुरमा,

गुन केसरीको फूल ली शिरमा।

हिडन्या सखी लीकन।

ओरीपरी/पशुकापति छन् रखबारी गरी,

शिवकी पुरी कान्तिपुरी नगरी।

आजका ‘भानुभक्त’ चेलाको कान्तिपुर:

चपला अवला हरु स्कुटरमा
हिडन्या कलेज अफिस वरीपरी।

हर्न, मोबाईल गर्छन चुरिफुरी
तिलस्मी कान्तिपुरी नगरी।।

‘हिडन्या सखी’ पछाडी राखी …. अन्य स्कुटरसबार चपला अबलाहरु

अपडेट : फेसबुक र ट्वीटर को यो जमानामा केही समय पछि त बाहिर निस्कने पनि फुर्सद नै हुदैन कि जस्तो लाग्यो तेसैले :

chapala_abala_facebook

चलचित्र समिक्षा गर्दैमा थुनिनु पर्ने बिडम्बना र समिक्षाको दुरुपयोग

richa_manoj_pandit फिल्म समिक्षा गरेको आधारमा नै पुलिस थाना जानु पर्ने अवस्था आउनु राम्रो कुरा होइन | र,समिक्षा फिल्मको र कलाकारको खुबीको हुनु पर्नेमा व्यक्तिगत आक्षेप लगाउने खालको पनि नहुनु पर्ने हो | ऋचा घिमिरे र मनोज पण्डित को बीचमा भएको बिबादमा दुवैबाट गल्ती भएको छ |

ऋचाले आफ्नो रोलको माग अनुसारको कलाकारिता प्रस्तुत गर्न नसकेको हुन सक्छ  तर उनलाई "नायिकाजस्ती" नै नभएको आक्षेप लगाउने समिक्षक आफैँ पनि निर्देशक भएको र कलाकारको खुबीलाइ प्रस्तुत गर्नुमा निर्देशक र प्रोडुसरको पनि हात हुन्छ भन्ने कुरा बिर्सन नहुने हो |

तेस्तै ऋचाको अज्ञानता नै भन्नु पर्ला, समिक्षा भन्ने कुरा कुनै कर्मचारीले गर्ने कुरा होइन – जसले र जसरि पनि गर्न सक्छ | हुन त नकारात्मक समिक्षा पचाउन नसक्ने कलाकार बाट बढी आशा पनि गर्नु हुदैन |critics_should_behave

 Continue reading

परिवर्तित तिज र पुरुष सहभागिता

तीज नजिकिदै गर्दा मलाई  करिब एक दशक अघि घरनजिकै आमा, दिदिबैनीहरु आफ्नो घरायशी धन्दा भ्याएर रातको समय टुकीको उज्यालोमा नाच्ने , गाउने गरेको कुरा सम्झिदैछु | २/३ दिन अघिदेखि चेलीहरु माइती जाने,ल्याउने गरिन्थ्यो र तीज कै दिनमा भने आफ्नो गच्छे अनुसार शृंगार गरी बजार वा कुनै चौतारीमा भेला भै नाच गान गर्ने चलन थियो | शिव र पार्वतीको धार्मिक कथा जोडिएको तीजमा बिशेषत महिलाहरु आफ्नो श्रीमान र परिवारको लामो आयू र सुस्वास्थको कामना गर्दै ब्रत बस्ने परम्परा रहदै आएको छ | त्यतिबेलाको गीतहरु  पनि महिलाको बेदना , घर र माइतिबिचको अन्तरद्वन्द, गाउँमा घटेका घटना आदिको वास्तविकता बुनेर गाउने गरिन्थ्यो | समयको गतिशिलतासंगै  त्यतिबेला र अहिलेको तीजमा धेरै भिन्नता आइसकेको हामी देख्न सक्छौ |

teej_singers_sunita_dulal

अचेल तीज आउनु भन्दा १ महिना अगाडी देखि धमाधम तीजका एल्बमहरु बजारमा निस्कन्छन | हामी पनि त्यहीगित सुन्न र रमाउन अभ्यस्त भैसकेका छौ | गाउँघरका दलिनमा झुन्डिने रेडियो र क्यासेटमा पनि अचेल यस्तै गीतहरु घन्किरहेका होलान :

हाइ मेरो फरिया झन् माथि सार्यो झन् तल झर्छ हाइ मेरो फरिया …..|

हुनत गाउँ र सहर बीच तीजलाई मनाउने प्रकृति फरक फरक होलान तर परिवर्तन सर्वब्यापी भएको कुरालाई हामी नजर अन्दाज गर्न सक्दैनौ | शहरतिरको तिजको रमझमको त बयान गरी साध्य छैन | जुन हामीले अक्सर पत्र पत्रिका, टेलिचलचित्र वा कसैको बहसको बिषयमा सुन्दै र देख्दै आएका छौं | करिब एक हप्ता अघि देखि नै दर खाने र खुवाउने जमघट, रवाफिलो पोशाक ,गरगहना आदि इत्यादी तीजका बिकृति हुन् जसलाई हामीले हटाउनु पर्छ भन्ने आवाज पनि बिगत तिर सुन्दै आएकै हौ | यधपी सबैको आआफ्नै सोचाइ र शैलीका कारण सबै आआफ्नै ढंगले तीज मनाउन ब्यस्त भैरहेकै छन | कुन कुरा राम्रो र गर्न हुने कुन कुरा नराम्रो र गर्न नहुने  भन्नु भन्दा पनि मलाई चै परिवर्तनलाई आत्मसाथ्  गर्नपर्छ साथै आफ्नो मौलिकतालाई पनि महत्व दिनपर्छ जस्तो लाग्छ | त्यस देखि बाहेक त अब सबैको आआफ्नै सोचाई र ब्यबहार हो सबैको आआफ्नै रमाइलो गर्ने तरिका पनि |

 Continue reading

किन नेपालमा नेपाली भन्दा धेरै अंग्रेजीमा पत्रिका निस्कन्छन?

केही समय पहिले हामीले काठमाडौँमा छापिने नेपाली पत्रिकाहरुको बारेमा एउटा सानो अध्ययन गरेका थियौं |

यस अध्ययनको लागि बजारमा देखिएका पत्रिका पसलहरुमा गएर नेपालमा प्रकाशन हुने सबै साप्ताहिक र मासिक पत्रिकाहरुको लागत निकालिएको थियो |  जम्मा गरिएका बिभिन्न तथ्यांकहरुमा सबै भन्दा अचम्म लाग्ने जानकारी नेपाली पत्रिकाहरु नेपाली भाषामा भन्दा बढी अंग्रेजी भाषामा छापिने रहेछन |

हामीले  तथ्यांक संकलन गरेका २० पत्रिकाहरुमा झन्डै ६० प्रतिशत पत्रिका अंग्रेजीमा छापिएका थिए|   nepali_english_nepali_magazine

नेपाली भाषामा भन्दा अंग्रेजी भाषामा बढी छापिनुको कारण के होला?

  • के नेपालीहरु सबैले अंग्रेजी जान्ने भएर हो?
    पुरै नेपालमा साक्षार (अलि अलि पढ्न सक्ने) को प्रतिशत नै ५० को हाराहारीमा छ | तेसमा पनि अंग्रेजी पढ्न सक्ने त अतिनै न्यून हुनु पर्ने हो | तेसैले अंग्रेजी जान्ने पाठक बढी भएर अंग्रेजी पत्रिका धेरै भएको मान्न सकिदैन |
  • नेपाली भाषा लेख्न गाह्रो भएर हो ?
    युनिकोड प्रचलनमा आउनु भन्दा पहिले नेपाली टाइप गर्न गाह्रो थियो | नेपाली भाषा सुद्धासुद्धी पनि अंग्रेजी जस्तो सजिलो छैन | तेसैले यो कुरा सत्य हुन सक्ने सम्भाबना हुदा हुदै पनि पत्रिका प्रकाशन गर्दा यस्तोकुराले असर गर्ला जस्तो हामीलाइ लाग्दैन |
  • अंग्रेजी पत्रिकामा राम्रो बिज्ञापन आउने भएर हो?
    दैनिक पत्रिकाका अंग्रजी संस्करण नेपाली संस्करण भन्दा धेरैनै कम मात्रामा छापिन्छन र अंग्रजी संस्करण बिज्ञापन पनि धेरैनै कम मात्रामा देखिन्छन | तेसैले फाइदाको लागि अंग्रेजी भाषामा पत्रिका प्रकाशन गरेको पनि हुन सक्दैन |

यी कुनै पनि कारण चित्त बुझ्दा छैनन | के तपाइको बिचारमा अंग्रेजी भाषा तेस्तो प्यारो लाग्नुको कुनै कारण होला ? कमेन्टमा लेख्नुहोला | (तथ्यांक संकलनमा सहयोगी रीतालाइ धन्यबाद)

नोट – यो तथ्यांक बजारमा फेला परेका जम्मा २० वटा मनोरंजनात्मक उद्देश्यले प्रकाशित मासिक र साप्ताहिक पत्रिकाहरुमा मात्र आधारित छ | बजारमा सजिलै फेला नपर्ने पत्रिका यसमा नपरेको हुन सक्छ | यसमा राजनीतिक (नेपाल र हिमाल बाहेक), साहित्यिक, ब्यबसायिक न्युजलेटर, र बाल बालिकाका पत्रिका समाबेश छैनन | 

गाईलाइ पक्षपात

cow_dont_discriminate व्यवस्थापिका संसदमा पेश भएको फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न बनेको विधेयकको परिच्छेद २७ को ‘चौपाया सम्बन्धी कसूर’ शीर्षकमा गाई र गोरुलाइ दुख दिन नहुने प्राबधान राखिएको छ |

सो विधेयक अनुसार गाई गोरु काट्नेलाई ३ वर्ष जेल सजाय हुन्छ भने कुटेर अंगभंग पारेमा ६ महिना कैद अनि अन्य कुनै पनि चोट पुर्‍याएमा पचास हजारसम्म जरिवाना गराउने प्राबधान छ | यो बिधयक संसद बाट पारित भयो भने (राष्ट्रपतिबाट प्रमाणिकरणको औपचारिकता पुरा गरे पछि) कानुन बन्छ र सबै ले यसको पालना गर्नु पर्छ |

यो बिधायकले जन्माएका केही प्रश्न:

  • १. गाई र गोरुलाइ मात्र किन पक्षपात गरिएको हो? अन्य जनावरमा प्राण हुदैन र ? राज्यले नै पक्षपात गर्यो भने अन्य जनाबरको संरक्षण कसले गर्ने ? रास्ट्रीय जनाबर भन्ने हो भने पनि रास्ट्रीय पन्छी को हक मा चाहिँ तेस्तो व्यवस्था किन नगर्ने त ?
  • २. के लोपउन्मुख जनाबार (जस्तै, एक सिंगे गैडा, बाघ, कस्तुरी मृग आदि)को भण्दा पनि गाइ गोरु को संरक्षण बढी महत्वपूर्ण छ र ?
  • ३. भगवानको नाममा गरिने जनावारको हत्यालाइ गैर कानूनी बनाउने काम अहिले नगर्ने हो भने कहिले गर्ने? गढीमाइ र दसैंमा अन्धादुन्ध रुपमा भगवानको अगाडी जनावार काट्दा मानिसको स्वास्थको हानीका साथ साथै बिश्वमा नेपालीको इमेज क्रुर प्राणीको रुपमा रहने निश्चित छ |

हुन त अन्य जनाबरको हकमा पनि निर्दयी ब्यबहार गर्न नपाइने व्यवस्था गरिएको छ | तर गाईलाई बिशेष महत्व र अन्य प्राणीलाइ चाहिँ सौतेनी ब्यबहार कत्ति पनि सुहाउदो देखिदैन | गाईलाई काखा अरुलाई पाखा गर्ने प्राबधानले यो अबोध प्राणीलाइ फाइदा भन्दा घाटा नै बढी हुन्छ भन्ने मलाइ लाग्दछ |

 Continue reading

राष्ट्रिय जनगणनाको प्रेम पत्र

 nepal-census-letter-pad

प्रिय जन,

आज पुन: तिम्रो चौतारीमा सुस्ताउदै तिम्रो घर दैलो सम्म टेक्ने मौका आएकोमा साह्रै खुसी लागेको छ| समयक्रम संग यस्तो मौका  दश दश वर्षमा मात्र आउँछ| घुम्दै फिर्दै आज फेरि त्यो समय आएको छ तिमीलाई पनि त यसको जानकारी होला नि हैन? टिभी, रेडियो, पत्रिका, इन्टरनेट आदि जताततै म आउने खबर त पाएकै होलाऊ| आशा छ यो पाली पनि मलाई पूर्ण रुपमा सहयोग गर्नेछौ भन्ने ….उही आत्मियता अनि अझ बढी सक्रियताका  साथ…..|

हाम्रो सानिध्यताले पनि यो पाली त १०० बर्ष पो टेकेछ त है ? मलाई अझै पनि  याद छ  वि.सं १९६८ सालमा पहिलो पटक म तिम्रो घरको आँगनमा टेक्न पुगेको थिएँ | सुरुवाती सङ्गतका दिनहरु थिए ति …| त्यस पछी हरेक १०/१० वर्षमा तिम्रो घरको ढोका ढकढकाउदै आमा ,बुवा ,दाजु, भाई दिदि ,बहिनि वाजे, बजै आदि सबैको हाल चाल सोध्दै आइरहेको छु | मेरो त्यो सोधाईमा तिम्रो परिवार प्रतिको चासो हुने गर्छ तिमीलाई थाहा छ नि हैन ? यी दश वर्षको अवधिमा के के परिवर्तनहरु भएछन त भन्ने मेरो जिज्ञाशा हुने गर्छ ताकी आगामी वर्षहरुमा तिम्रो लागि बिकासका कोसेलीहरु सम्प्रेसन गर्न सकौं| यधपी यसमा मेरो मात्र हात भने हुदैन सबैको साथ अनि तात्पर्यताको जरुरत पर्छ|

२०५८ सालको भेटघाट पछी यो दश बर्षको समयमा देशमा धेरै आरोह अबरोह आए …त्यसको प्रत्यक्षदर्शी पनि बन्योउ तिमी ….सायद खुसीका भन्दा दुखका क्षणहरु बढी  होलान तिमीसंग| के गर्नु ति दिनहरुको त बर्णन गरि साध्य नै छैन है? तै पनि आशा गरौँ आगामी दिनहरुमा त्यस्तो नहोला|

अँ  मेरो यो अषार ३ गते देखि १३ गते सम्मको बसाईंलाई चै हामीले खुब रमाइलो संग ,एकदम सफल हुने गरेर मनाउनु पर्छ है? अषार ८ गते त अझ चाड जस्तै होला| त्यो दिनलाई जनगणना दिवसको रुपमा मनाउने रे नि त ! लौ म  त हिडें आजै देखि नै …सबैलाई समेट्नु छ यसपाली त …."कोही नछुटून कोही नदोहोरिहुन "भन्ने ख्याल पनि राख्नु पो छ त मैले त ….| बरु तिम्रो दैलो मै आएर बाँकी कुराहरु गरौला…. ५० वटा भन्दा बढी कुराहरु गर्नु छ यसपाली त ….

ल त है बाँकी कुरा भेटमा गरौला भन्दै अहिलेलाई बिदा माग्दै छु |

उही तिम्रो हितैषी मित्र

राष्ट्रियजनगणना २०६८

रूकुम जिल्लाको डिग्रे मेला

डिग्रे मेला रूकुम जिल्लाको खलंगा गाबिस स्थित डिग्रे भन्ने स्थानमा कोजाग्रत पुर्णिमाको एक महिना पछि ५ दिनसम्म लाग्ने गर्दछ ।

rukum-mela

यस डिग्रे मेलाको भिन्नै किसिमको धार्मिक, सामाजिक मान्यता छ । यहाँ भएको साइकुमारी भगवती को मन्दिर दर्शन गर्न धेरै टाढा टाढा ठाउँहरूबाट (जस्तै – दाङ, सल्यान, रोल्पा, जाजरकोट साथै नेपालका अन्य जिल्लाबाट) भक्तजन तथा दर्शनार्थीहरू आउने गर्दछन । यहि मन्दिरप्रतिको आस्था र बिश्वासको आधारमा डिग्रे मेला लाग्ने गर्दछ ।

यस साइकुमारी भगवती मन्दिरमा ५ दिनसम्म लगातार पशु वलि दिने चलन पनि चल्दै आएको छ । तेस्तै अर्को मुख्य आकर्षण भनेको बिभिन्न ठाँउका झाँकिहरूको नृत्य प्रदर्शन पनि हो । सोरठी, सिङारू, गरवा (जसलाई मयुर नाच भनेर पनि चिनिन्छ), लहरे नाच (जसलाई पैंशेरी नाच पनि भनिन्छ) झाप्रे नाच साथै बिभिन्न अन्य नाचले त्यहाँको बिभिन्न संस्कृति झल्काउने र मानिसहरुलाई भरपुर रमाइलो पनि गर्दछन । साथै, त्यहाँको स्थानिय युवा युवति को साथ साथै बुद्ध बृद्धाहरूले पनि दोहरी गीत पनि गाएर मनोरंजन गर्दछन ।

मेला लागेको अन्तिम दिन, साँख गाबिसको बिभिन्न झाँकिहरू, अर्थात ‘सगाल’हरू ले, स्थानिय बाजा गाजा सहित मेला पस्ने पुरानो चलन रहेको छ । जवसम्म सगालहरू मेला पसेर साईकुमारी भगवतीको मन्दिरको दर्शन गर्दैनन तवसम्म यो मेला चलिरहने गर्छ। सगालहरू मेला पसेर नाच गान प्रस्तुत गरिसके पछि यो मेला औपचारिक रुपम समाप्त भएको मानिन्छ ।

डिग्रे मेलाको समयमा मात्र नभएर यो धार्मिक स्थलमा दर्शनार्थीहरु भने बर्षै भरी आईरहन्छन । यहाँ नयाँ जोडीहरूको बिहे गर्नको लागि भनेर एउटा बिहे मण्डप पनि बनाइएको छ । यस ठाउँका स्थानीय मानिसहरु यो रमणिय स्थानको संरक्षण र बिकास गरी प्रचार प्रसार गर्न सके आन्तरिक प्रयटकको लागि एउटा राम्रो गन्तब्य बान्ने कुरामा ढुक्क छन् ।

कमल महतको नोट मा आधारित

ट्विटरमा बन्द, नागरिक समाज, फेसबुक

jyalapuraliyauabasambidhandeu

बन्द भन्ने पनि चाडपर्व जस्तै रहेछ सक्नेले धुमधामसँग मनाउछन्, नसक्नेले आफ्नो गच्छे अनुसार, यो कुरा बन्द आयोजकको हकमा शतप्रतिश लागु हुन्छ है I @acharyapawan

***

१०-१२ जना बुढाखाडा ले संविधान मागे, "नागरिक समाज" ! फेसबुक चलाउने ४-५ हजार युवाले संविधान मागे, "रमिता" ! (@aakarpost)

***

फेसबुकको वाल पोष्ट र ट्वीट गरिएका मेसेजहरु मार्फत् भेला भएर युवा विद्यार्थीले संविधानबारे गरेका भनिएका प्रश्न उत्तर:

प्रश्न – संविधान भनेको के हो ?

उत्तर – त्यो किताब हो र त्यही ‘बुक’ नबनेकोमा चिन्ता जाहेर गर्न भेला भएको रे | (यहाँ बाट)

***

लौन, बन्द हुनु भै सक्यो … आयोजकले नै बन्द गरेकै छैन रे? येस्तो नेपाल भन्दा अन्त कहिँ हुन्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) र नेपाल आदिवासी जनजाति महासंघले उनीहरुको नाम जोडी आज बन्द भनी भएको हल्लालाई खण्डन गरेछन्। @krishna2033

अरु थप :

यस्तो गर्लान भन्या भए किन दिइन्थो भोट आन्दोलनमा गइ गइ किन खाइन्थ्यो चोट राम्रा र हाम्रा नेता चुन्न सकेनौँ हामी नेपाली यस्ता नेतालाई जिताउने @sweetprakas

 

७ साल देखि ४६ साल सम्म को दोष "शाह" हरुको त्यो भन्दा अगाडी "राणा" हरुको हो भने ४७ देखी ५२ हुदै ६२ सम्मको दोष कसको ? @W38G0RU