आमाको बारेमा चर्चित भनाइहरु

१) तिमि मलाइ एक असल आमा देउ म तिमिलाइ एक असल राष्ट्र दिनेछु ।
– नेपोलियन बोनापार्ट

२) कलाको क्षेत्रमा नै आमाले गाउने गित भन्दा सुन्दर अरु केहि हुनै सक्दैन ।
– बिल्लि सण्डे

३) भगवान सबै तिर हुन सक्दिनन्, त्यसैले उनले आमा बनाइन।
– रूडयार्ड किप्लिङ

४) म जो हुँ वा जो बन्न चहान्छु, त्यसको श्रेय मेरि आमालाइ जान्छ ।
– अब्राहम लिंकन

५) आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्छन् ।
– भिक्टर ह्युगो

६) जसको साथमा ममतामयि आमा हुन्छिन्, ऊ कहिल्यै पनि गरिब हुन सक्दैन ।
– अब्राहम लिंकन

७) यदि तिमिलाइ निस्वार्थ माया चाहिएको छ भने, अामाको काखमा जाउ ।
– केशर

८) आज मैले जति गरें यि सबैको लागि म मेरि आमा प्रति ऋणि छु ।
– जर्ज वासिंगटन

९) दिल खोलेर रूनका निम्ति सबैभन्दा उत्तम ठाउँ हो आमाको काख।
– जोडि पिकोल्ट

१०) मेरि आमा एक जिउदो भगवान हुनुहुन्छ ।
– लियोनार्डो डिकाप्रियो

११) संसारको सबैभन्दा धनि मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।
– अज्ञात

१२) मलाइ मेरा श्रिमति र छोराछोरिलाइ प्रेम गर्न सिकाउने पनि मेरि आमा नै हुन।
– अज्ञात

म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ ।
– गगन थापा

भन्न नहुँने उखान टुक्काहरु (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)

सम्बन्ध राम्रो हुनु नै ठिक हुन्छ । तर, कसैलाइ होच्याउनु छ, सम्बन्ध बिगार्नका लागि यहाँ जम्मा गरिएका उखान टुक्का हरु नै पर्याप्त छन जस्तो मलाइ लाग्छ ।

नेपालि भाषा उखान टुक्काहरुको लागि धेरै नै धनि छ । तर, सबै उखान टुक्का राम्रा नै हुन्छन भन्ने चाँहि छैन । नेपालि समाज अनुसार नै भाषा बन्ने हुनाले कतिपय पुराना उखान टुक्काहरु सानो जातिलाइ होच्याउने खिज्याउने खालका छन । हुन त कतिपय उखान ठुला भनिएका जातिलाइ होच्याउने पनि छन । तेसैले साना ठुला सबै जातिले एक अर्कालाइ होच्याउन उखान टुक्का बनाउने गर्दा रहेछन भन्ने प्रष्ट हुन्छ । यस्ता उखान टुक्का प्रयोग गर्दा एक अर्का बिच बैमनष्यता बढ्ने र समाजलाइ नै बिखण्डित बनाउने खतरा हुन्छ । भै रहेका उखान टुक्कालाइ हटाउन वा मेटाउन त मिल्दैन तर तिनलाइ प्रयोग नगर्दा नै हामि बिचको सदभाव कायम रहने हुनाले यस्ता उखान प्रयोग नगर्न मेरो अनुरोध छ ।

ल हेर्नुस, प्रयोग गर्न नहुने तर चलनचल्तिमा नै रहेका केहि नेपालि उखान-टुक्काहरु (एक भन्दा बढि जात जाति, समुदाय वा अबस्तालाइ होच्याउने खालका) :

  • कुमाइको घुमाइ- पुर्वियाको जाल, गुरुङको बुद्धि- नेवारको काल (क्षेत्रिय बैमनष्य बढाउने, जात जातिलाइ होच्याउने उखान। यसमा सन्धर्व अनुकुल जुनसुकै जातको नाम राखेर भन्ने चलन छ। उदाहरणको रुपमा दोश्रो उखान पढनुहोला)
  • कुमाइको घुमाइ, जैसिको जाल, बाठोलाइ आपत, लाटालाइ काल (जातियता, अपांगता लाइ होच्याउने)
  • बाहुन बिग्रे मोज ले नेवार बिग्रे को भोज ले (जातिय बैमनष्यता बढाउने)
  • बाहुन मर्द खोलामा एक माना चामल झोलामा, भोटे मर्द डाडाँमा १ माना चामल भाढामा (जातिय बैमनष्यता बढाउने)
  • ज्यालामा नमिलेको कामी दमाइ जस्तो
  • बिष्ट घरमा बेलुका घर सल्लाह , कामीको घरमा बिहान सल्लाह
  • गिरि, पुरि, भारति, बन, यिनका दाजुभाइ अरु पनि छन
  • शेर्पा, तमाँङ, मिया, मुसल्मान, यिनि हुन आठ भाइ टुप्पी कट्टा बैमान
  • कामि-दमाइ माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन
  • कालो बाहुन गोरो शुद्र, यिनिदेखि डराउँछन् महारुद्र
  • एक घर विष्ट दश घर कामि, जस्ता तिमि उस्तै हामि
  • दमाई-कामी बोलाई नुनको खति
  • नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ
  • कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस
  • दमाइको थुक चोखो, बाहुनको मुख चोखो

 Continue reading

तपाइको बि.सं. २०७४ कस्तो हुनेछ ? हेर्नुस, तपाइको राशिफल

मलाइ राशिफलमा त्यति बिश्वास लाग्दैन । तर, राशिफल पढ्न भने रमाइलै लाग्छ । संसारमा भएका अरबौं मानिसहरुलाइ १२ भागमा बाँडेर तिनिहरुको भबिष्य बताउँदा ठ्याक्कै मिल्छ भनेर आशा गर्नु आँफैमा मुर्खता हो ।

न्वारनको नामको आधारमा राशिफल

ग्रह र नक्षत्रका कारण मानिसमा पर्ने प्रभावलाइ आधार बनाएर कुन ब्यक्ति कुन राशिमा पर्दछ भनेर गुरु पुरोहितले निर्धारण गर्ने गर्दछन । मानिसको जन्म लग्न, घडि पला आदि बिभिन्न हिसावकिताव गरेर न्वारनको नाम राखिने गरिन्छ, सोहि न्वारनको नामको पहिलो अक्षरको आधारमा राशि निर्धारण हुने गर्दछ ।

१२ राशिको राशिफल हेर्नुहोस :

न्वारनको नामको आधारमा राशिको साथ साथै नक्षत्र पनि निर्धारण हुन्छ । जस्तो कि न्वारनको नाम “चु”, “चे”, “चो” अथवा “ला” बाट शुरु भएमा सो ब्यक्तिको नक्षत्र अश्विणि हुन्छ । तेस्तै न्वारनको नाम “लु” वा “ले” वा “लो” वा “पो” बाट शुरु भएमा भरिणि नक्षत्र हुन्छ । अश्विनि र भरिणि नक्षत्र हुने सबै ब्यक्तिहरुको राशि भने मेष हुन्छ । यसरि न्वारनको नामको पहिलो अक्षरको आधारमा राशि निम्न प्रकार हुन्छ :

  1. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
  2. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, पो)
  3. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
  4. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
  5. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
  6. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
  7. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
  8. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
  9. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
  10. मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
  11. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
  12. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

 Continue reading

पुर्विय सभ्यताको उत्कृष्ट चाड, होलि को परिचय – फागु पुर्णिमा

अघिल्लो हप्ता मैले फागु पुर्णिमा को परिचय लेखेको थिएँ । यो भिडियोमा सो पोष्टमा भएको भन्दा धेरै जानकारि भएको हुनाले शेयर गर्दैछु ।

यसमा होलि शुरु हुनुका बिभिन्न किंबदन्ति र मान्यताहरु प्रस्तुत गरिएका छन। यो भिडियोले निम्न प्रश्नहरुको उत्तर दिनेछ :

  • हामिले होलि किन मनाउँछौं ?
  • होलिमा ठ्ड्याइने “चिर” को मतलव के हो ?
  • होलिको सन्धर्वमा हिरण्यकष्यपुका छोरा प्रल्हाद र होलिकाको कथा किन महत्वपुर्ण छ ?
  • कृष्णको गोपिनिसंगको रसलिला कसरि होलिसंग संबन्धित छ ?
  • कृष्णले गोपिनिहरुको लुगा किन लुकाइदिए र उनले के शर्तमा लुगा फिर्ता दिएका थिए ?
  • राम र रावणलाइ पनि कसरि होलिसंग जोडिएको छ ?
  • पहाडमा र तराइमा होलि किन भिन्दा भिन्दै दिनमा मनाइन्छ ?
  • होलि कसरि गौतम बुद्धको संधर्वमा पनि जोडिएको छ ?

https://www.youtube.com/watch?v=ALhFmBL0Bbo

होलिको बारेमा यो पोष्ट पनि हेर्नुहोस

फागु पुर्णिमा (होलि, बसन्त पुर्णिमा)

होलि परिचय

फाल्गुण पुर्णिमाको दिन मनाइने फागु पर्वलाई भारतमा “होलि” भनिने हुनाले सोहि नामको सिको गरेर आजकल नेपालमा पनि होलि नै भन्न थालिएको छ । फागु पर्ब वसन्त ऋतुको स्वागत गर्ने चाड पनि भनिन्छ । यस पर्वामा मानिसहरु आपसि मेलमिलाप र सदभावना बढाउन बिभिन्न रङहरुको प्रयोग गरेर हर्ष उल्लासपुर्व मनाइन्छ ।

holi_colors

फागुन शुक्ल अष्टमिका दिन काठमाडौँको वसन्तपुर गद्दि बैठकअगाडि रहेको मैलको रुखलाइ रङ्गिचङ्गि ध्वजापताकाले सिँगारि गाडिएको चिरमा पुजा गरेपछि फागु पर्ब शुरु भएको मानिन्छ । तेसै गरि ललितपुरमा पनि सोहि दिन चिर गाड्ने प्रचलन छ ।

फागुको दिन (पुर्णिमाको दिन) वसन्तपुरमा गाडिएको चिरलाई विधिपुर्वक ढालि बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । सो चिरमा राखिएका ध्वजापताकाहरु औषधि उपचारमा काम लाग्ने भनेर खोसाखोस गरि लिने पनि गरिन्छ । तेस्तै चिरको खरानिको टिका लगाएमा अनिष्ट टर्ने पनि मानिसहरुमा बिश्वास छ । ललितपुरमा गाडिएको चिर भने फागुको दिनमा बागमतिमा लगेर सेलाउने गरिन्छ ।
 Continue reading

जहाँ देउता पनि सुरक्षित छैनन, जुम्लामा २८ बहुमुल्य मुर्ति चोरी

हो, आजकालको बिड्म्बना – मान्छे मात्रै होइन देउता पनि सुरक्षित छैनन।

जुम्लाको खलंगामा भएको एक मन्दिर बाट झण्डै ३० किलोको मुर्ति सहित २८ बहुमुल्य मुर्ति चोरि भएका छन ।

(यो भिडियो यस ब्लगको लागि भनेर एक्सक्लुसिभ बनाइएको हो । युट्युवमा पोष्ट गरेको भए पनि त्यहाँ खोज्दा भने नभेटिने बनाइएको छ।)

chandan-nath-temple-jumla

आमाबाट लत्याइएको अभागि छोराको पुकार (शारांश भिडियो सहित)

झुठ र एक अर्कामा आक्षेपमात्र लगाउने काम भएको हुनाले सत्य कुरा के हो भन्ने अन्योल भएको हुनाले मलाइ कञ्चन शर्मा रेग्मिको बारेमा फेरि अर्को चर्चा गर्न मन लागेको थिएन । तर, ३-४ दिन अघि उनको छोराले लेखेको एक मर्मिक भनाइ अहिले भर्खर पढें अनि यो आमा छोराको बिचको अनौठो संबन्धको बारेमा भने चर्चा नगरि मन नै मानेन ।

आफ्ना इन्जिनियर श्रिमान् र दुई इन्जिनियर भनिएका छोराहरुले वास्ता नगरेकोले सात वर्षसम्म सडकमा बिताउनु परेको भन्दै कान्तिपुर टेलिभिजनमा देखिए पछि कञ्चन शर्मा रेग्मि रातारात चर्चित बनिन् र सबैले सहानुभुति पनि पाइन । टक्सन गाडि चढेर हिंडने छोराहरुले सड्कमा बसेकि आमालाइ बाइबाइ गर्दै हिंडेको बताउने कञ्चनको अन्तर्वार्ता पछि कञ्चनका कान्छा छोरा सागर रेग्मि तिन दिनसम्म मुर्छित भएको बताएका थिए, उनका पुर्वपतिले । तिनै कञ्चनका कान्छा छोरा सागर रेग्मिले गाडि चलाउने अनुमति नै नभएको लाइसन्सको दुइवटा फोटो समेत राखेर फेसबुकमा एक स्मार्मिम स्ट्याटस लेखेका रहेछन। प्रस्तुत छ सागर रेग्मिले लेखेको लामो भनाइका मुख्य कुराहरु: (भिडियो अपलोड् हुँदैछ)

सागरले लेखेको लामो स्ट्याटसको साराँश यस प्रकार छ
 Continue reading

कञ्चन शर्मा रेग्मिको अन्तरवार्ताले ल्याएको हलचल

कान्तिपुर टिभिमा “सुमनसंग” कार्यक्रममा प्रस्तुत भएकि एक “आमा” को बिलौनाले ल्याएको तरंग एकाएक उल्टो दिशामा बग्न थालेको छ । आमालाइ हेलाँगर्ने इन्जिनियर छोराहरु र स्वास्निलाइ घरबाट निकाल्ने इन्जिनियर लोग्नेबाट पिडित भनेर सहानुभुति बटुलेकि कञ्चन शर्मा रेग्मिले भनेका कुराहरु गलत भएको प्रमाणहरु सार्बजनिक हुन थाले पछि पत्रकारले अनौठो र अबिश्वासलाग्ने खालको प्रस्तुति दिंनु अघि सामान्य सोधपुछ समेत नगरेको बुझ्न सकिन्छ । यो बिषयमा मैले केहि भिडियोहरु तयार गर्दैछु । सबै भन्दा पहिलो भिडियो थियो कञ्चनले आफ्नै रचना भनेर वाचन गरेको गजल – का रचनाकार कवि रवि प्राञ्जाल रहेछन । उनको रचना प्रकाशित भइ सकेको र २०६९ सालमा सजल न्यौपानेको स्वरमा रेकर्ड समेत भैसकेको रहेछ ।

हेर्नुहोस भिडियो रिपोर्ट :

अनि कञ्चन शर्मा रेग्मिले उनलाइ फोहरको थुप्रोबाट उठाएर ल्याएको कुरा गरेकि छिन अन्तरवार्तामा । तर चन्दा थापाले लेखेको एक लेख र उनले प्रस्तुत गरेका फोटोहरुले उनलाइ थापाले सड्क पेटिमा भेटेको बताएकि छिन ।

भिडियो हेर्नुहोस :


 Continue reading

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टिको बिच एकिकरण बक्तव्यमा भाषाको बिजोग

मैले शुरु देखि नै भनिरहेको हुँ नेपालि भाषामा ठुलो समस्या छ । मानिसहरुले भाषाको शुद्धतामा ध्यान दिन आवश्यक नै सम्झिँदैनन । यहि कुरा आजको एक घटनाले अझ बढि प्रष्ट्याएको छ ।

पहिलेका पञ्चहरुले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टि पहिले फुटे पनि अब यसका दुइ खेमा फेरि जुट्ने जमर्को गरिरहेका छन । आज राप्रपा नेपाल का अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति सम्शेर राणाले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ति मा नेपालि भाषाको शुद्धतामा अतिनै खेलवाड भएको देखिन्छ । अहिले प्रचलित भाषाका नियम अनुसार सबै जसो शब्दहरु अशुद्ध देखिएका छन ।

अशुद्धताहरु:

  • ह्रस्व दिर्घ मा दिर्घ हुनु पर्ने धेरै शब्द ह्रस्व लेखिएका छन् । तर कुनै कुनै दिर्घ पनि लेखिएको हुनाले “आनन्दको नेपालि”बाट प्रभावित भएको भन्न पनि नमिल्ने हिसावले बिगारिएको छ ।
  • जोड्नु पर्ने शब्दहरु छुट्याइएका छन् । इन्टरनेटमा खोजिमा समस्या हुने हुनाले मलाइ यस्ता शब्दहरु छुट्टिएको नै मन पर्ने भए पनि ब्याकरणले तेसो भन्दैन ।
  • तेस्तै “ब” र “व” मा पनि समस्या देखिएको छ ।
  • अरु त अरु, हस्ताक्षर गर्ने पशुपति सम्शेरकै नाम पनि गलत लेखिएको छ ।

ट्विटरमा शेयर भएको एक ट्विट, जसमा भाषामा भएका गल्तिहरुलाइ औंल्याइएका छन् :

rpp-nepal-and-rastirya-pp-join

के प्रचण्डलाइ इस्कुस मन पर्न थालेकै हो त ? (छठ मनाउने प्रसंगमा)

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले छठ पर्व मनाएको समाचारले मलाइ अचम्म लागेको छ । प्रचण्डले यो धार्मिक चाड्मा समावेश भएर मुर्तिपुजा गरिरहेको फोटो देखेर मलाइ अनौठो लाग्नुको मुख्य कारण हो उनले दशैं र तिहारलाइ धार्मिक चाड भनेर नमनाउनु ।

दशैं तिहार धार्मिक भन्दा पनि सांस्क्रितिक पर्व भै सकेको तर्क गर्नेले अमेरिकि राजदुतले दशैंको टिका लगाएको उदाहरण पनि प्रस्तुत गरेका थिए । अमेरिकि राजदुतले टिका लगाउँदा प्रधानमन्त्रिले बहुशंख्यक नेपालिले मनाउने दशैं नमनाएको घोषणा गर्नु अचम्म लाग्दो कुरा त थियो नै तर उनको ब्यक्तिगत कुरो भनेर मैले त्यो बेलामा यो बारेमा चर्चा गर्नु आबश्यक ठानिन ।

केहि दिन अघि प्रचण्डले सोहि तर्कका साथ तिहार पनि मनाएनन । समाचारमा अमेरिकि राष्ट्रपति सपरिवार दिपावलिको कार्यक्रममा सहभागि भएको समाचार पनि आएका थिए। तर, त्यो बेला पनि मलाइ चर्चा गरिरहन आबश्यक लागेन ।

तर, तिनै ब्यक्ति छठमा सामेल हुँदा पुर्ण रुपमा धार्मिक ब्यक्ति भएको देख्दा चाँहि मलाइ अचम्म लागेको छ ।

https://www.youtube.com/watch?v=dbvmx5GG9OA

यसै संधर्वमा प्रचण्डको छठमा आरधना पछि सामाजिक संजाल ट्विटरमा देखिएको ब्यंग्य मलाइ चित्त बुझ्दो लाग्यो । के प्रचण्डको भारतसित लभ परेकै हो त ?

us-ambassador-to-nepal-dashain-tihar