के साप्ताहिक "सबैको लागि" हो त ?

एकजना मित्रले फेसबुकमा गरेको कमेन्ट, “‎साप्ताहिक पनि पढ्ने पत्रिका हो र ? यसलाई त हेर्ने पत्रिका मात्र भन्छन त,” को प्रतिउत्तरमा कान्तिपुरका कर्मचारी कृष्ण भट्टराईले भने, “‎साप्ताहिक हेरे पनि पढे जस्तै हो …|”

के मैले हेर्ने भन्दा बढी पढेर गल्ति गरेको हो त ? लौ हेर्नुहोस् … कसैले पढ्दैन भनेर लेखेको होला “रेजिनाले फट्याएपछि…” शिर्षक को लेख शुरु हुन्छ (पुष ३० को अंक):

रेजिनाले चट्ट स्कर्ट उचालिन्, नितम्बलाई दुईतिर पारिन् र टाङ फट्याइदिइन् । त्यो पनि सबैका सामु । ….

खासमा, मेरो प्रश्न साप्ताहिक नामको तल लेखिएको “सबैको लागि सम्पूर्ण पत्रिका” भनेर लेखेको वाक्य साँचो हो या हैन भन्ने हो | यदी साँचै नै यो पत्रिका “सबैको लागि” हो भने महिला, पुरुष, बाल, युवा, बृद्ध सबैको लागि उत्तिकै उपयोगी हुनु पर्यो|

के साप्ताहिक महिलाको लागि हो ?

मैले पढेका यस पत्रिकाका केहि अंकहरु मध्येमा महिलाका लागि उपयोगी लेखहरु त्यति देखेको छैन | एउटा “स्ट्रिप डान्स” को बारेमा लेखिएको चित्रकथा पनि खासै महिला लाइ उपयोगी देखिएन | त्यसो त महिलाको लागि भनेर कान्तिपुरले अर्को प्रकाशन, “नारी” प्रकाशन गर्दै आएको पनि धेरै नै भयो | महिलालाइ उपयोगी लेखहरु “नारी” मा नछापिएर  साप्ताहिकमा छापिएला भन्ने त सम्भाबना नै रहेन |

कान्तिपुरको “नारी” को बराबर हुने गरेर “पुरुष को लागि” भनेर कुनै प्रकाशन छैन | यसको मतलब: के साप्ताहिक पत्रिका, नलेखिए पनि, “पुरुषको लागि” मात्र भनेर प्रकाशित हुने गरेको हो ? यदी हो भने, “सबैका लागि” भनेर लेखेको त झुठ हुने भो नि, होइन र ?

यो बालक, बृद्ध, या युबा कसको लागि हो ?

साप्ताहिकका लेखहरु पढ्दा (हेर्दा, यदी हेर्ने पत्रिका मात्र भनेमा) कुनै पनि त्यस्तो सेक्सन छैन जसमा बृद्धलाइ उपयोगी हुने सामग्री होस् | यस अर्थमा यो पत्रिका बृद्धको लागि भनेर प्रकाशित भएको भनेर भन्न मिल्ने कुनै ठाउँ छैन | बालकहरुको लागि उपयोगी सामग्री पनि खासै देखिएन | यस हिसाबले साप्ताहिक भनेको युवाहरुको लागि भनेर प्रकाशीत भएको हुनु पर्छ | तर युबाको लागि भनेर त कहिँ पनि लेखिएको छैन | हेर्ने पत्रिका भएको भएर पो हो कि ?

यी सबै कुराले के पुष्टि गर्दछ भने साप्ताहिकले “सबैको लागि” भनेर लेखेर हामी पाठकहरुलाइ ढाँटी रहेको रहेछ |

तपाई सोच्नु होला, नाम लेख्दा केहि यता उति हुदैमा के पो फरक भयो त ? तर, फरक हुने रहेछ र यसले हाम्रो समाजमा नराम्रो असर पुर्याइरहेको पनि रहेछ | कसरि ? यो कसरी को उत्तर यस लेखको  दोश्रो भाग मा दिइने छ |  

[यस लेखको दोस्रो भागमा साप्ताहिकका पूर्ब अंक हरुमा प्रकाशित लेखहरुले हाम्रो समाजमा पारेका असरहरुको बारेमा लेखिने छ | आउदै गर्नु होला |]

‘रामबाद’ बिरुद्धको युद्धमा ‘राम’

यो शिर्षक लाइ यसरि पनि पढ्न सकिन्छ: “बाहुनबाद” बिरुद्धको युद्धमा “बाहुन”

brahmin1 म बाहुन कसरि भएँ भन्ने एउटा लामो कथा छ | हाम्रो पुरातन समाजमा, मेरो बाहुन बाबुले मेरि नेवार आमा संग बिहे गर्नुभो, ३० को दशकमा | सो बिवाहलाइ समाजले मान्यता दिन नसकेको भएर गाउँबाट भागेका दुवै जना बाहुन को रुपमा नयाँ ठाउँमा नयाँ जिवन शुरु गर्नुभो |

त्यस हिसाबले मा “बाहुन पिडित” बाहुन हुन गएँ | एक त मेरा बाको परिवार (बाहुन) ले घरमा बस्न नदिएर भाग्नु परेको अर्को आमाको नेवार परिवार पनि खासै सहयोगि हुन नसकेको कारण मैले मेरा बाल्यकालमा हजुरबा हजुरआमा भनेको त साथिहरुको मात्र हुन्छ भन्ने बिश्वास गरेर बिताएँ | मेरा बाबुले पनि मेरि आमाको जन्मसिद्द नेवार हुनुको अधिकार खोसेर उहाँलाई बाहुन बनाइदिनु भयो (उहाँ आफैँ नेवार हुन पनि सक्नुहुन्थ्यों, हुनु भएन) | मेरि आमा त मेरो बाबुको अन्धभक्त हुनुहुन्छ र मैले एस्तो कुरा उहाँको अघाडि गरें भने कुटाई खान्छु तर, यहि सत्य हो |

जब मैले फेसबुकमा “बाहुनबाद” बिरुद्धमा कुर्लि कुर्लि बैचारिक युद्धको आब्हन् भएको सुने, म बाहुन हुनुमा मेरो ठूलै गल्ति भएको हो कि भन्ने शंका लाग्यो | म जानि बुझि बाहुन भएको पनि हैन, र संसारमा कुनै यस्तो यन्त्र पनि छैन जसले म बाहुन भए नभएको जाँच गर्न सकोस (के म साँच्चै बाहुन हुँ त?) | अब, मेरो बिरुद्धमा किन बैचारिक युद्धको आब्हन् हुदै छ, कौतुहलता लाग्नु स्वभाबिक पनि हो |

 Continue reading