नेपाली कलाकार को हीत गर्ने ४ तरिका

गोपाल भुटानी गरिबीमा बिते ……
कुमार कान्छा सबै सम्पति सकेर बिते ……
कलाकारको जिन्दगी अभाबै अभाब मा बित्नु पर्ने भन्ने नियम कसले बनायो ?

कसैले बनाएकै हो भने सपार्नु पर्यो | होइन भने किन यस्तो भै रहेको छ त अध्ययन हुनु पर्यो | समाधान निस्कनु पर्यो |

समाधान के होला त भनेर घोरिदा मैले देखेका ४ उपाय यहाँ लेखेको छु (अंग्रेजीमा) | छोटकरीमा ती ४ तरिका निम्न बमोजिम छन् :

  1. इन्सोरेन्स – सरकारले कलाकारको स्वास्थको बीमा गर्ने ब्यबस्था गर्नु पर्यो|
  2. न्युनतम बेतन – कलाकारको काम अनुसार न्युनतम तलब भत्ता तोक्नु पर्यो जसले गर्दा कोहि पनि कलाकार शोषित हुनु नपरोस |
  3. कलाकार सहयोगी संगठन – गैर नाफामुखी सेबमुलक (अहिलेका जति पनि संगठन छन् सबै खोल्ने मानिसका हित मात्र गर्ने संगठन भएका छन) |
  4. कलाकारको परिचय – कलाकारको हीत गर्ने हो भने, सबै भन्दा पहिले को कलाकार हो र को होइन भन्ने छुट्याउनु अति नै जरुरी हुन्छ |

My original article.