बिदेशमा नेपाली पुलिस रिपोर्ट कसरी लिने ?

प्रश्न : Currently, I live in New York, USA. I am in need of a police report from Nepal. I am wondering, how I can get it over here. Is it possible to send my family member to the police head quarter in Naxal to get it. (Ananta, NY)

उत्तर : यो प्रश्नको उत्तर नेपाल प्रहरीको आधिकारिक वेब साइट बाट लिन सकिन्छ | यो पेजमा भएको जानकारी अनुसार, विदेशमा रहेका नेपाली नागरिकहरुका हकमा तल उल्लेख गरे अनुसार निबेदन दिन सकिन्छ :

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.५ को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्ने छ ।समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजांचको लागि पर्ठाईने छ ।अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधिसम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गर्राईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्ने छ ।निवेदन साथ पेश गर्नु पर्ने कागजातको हकमा निवेदन फारममा उल्लेख गरिएको छ । निवेदन दिएको ३ दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।

चोटिला कुराहरु दिपक भट्टराइका

नोट – सबै दिर्घलाइ ह्रस्व बनाइएको छ ।

निराहार ब्रत – अरु त अरु, घुस पनि नखाने

Feb 6, 2011

धन्न तपाइ मेरो काउन्टरको लाइनमा पर्नुभयो, अरुको काउन्टरमा पर्या भए। फेरि आज मेरो बार्ने दिन पर्यो नत्र यतिका समान अलिकति चिया खर्च नलिइकन कहाँ दिन्थें र ।

विदेशबाट आको आधा किलो जतिको पार्सल (फोटो खिच्ने ब्ल्याक एन्ड ह्वाइट फिल्म) लिन हुलाक कार्यालय पुग्दा त्यहाँका कर्मचारिले विदेशि फोटोग्राफरसँग बिहे गर्ने मेरा साथिलाइ भने रे।
तिन्ले सोध्दैछिन्, ‘गणेशको पुजा गर्ने मंगलबार कसैकसैले खाना, माछा-मासु नखाने त सुनेकि थिएँ। घुस नखाने पनि हुँदारहेछन् है दाइ?’
तपाइरहरुको पनि कुनै सरकारि काम भए अब मंगलबारमा गर्नुहोस् है, बा! तपाइको नि भाग्यले त्यस्तै कर्मचारि फेला पारिहाल्छ कि…
hulak-sundhara

हाइ-फाइ वाइ-फाइ

Feb 6, 2011
broadlink-logo फ्रिमा पाए अलकत्रा नि खाने बानिले आज फेरि मार्यो।
क्यान इन्फोटेकमा के के न सस्ताँ पाइयो भनेर छोरिको आइडेन्टि कार्डबाट ब्रोडलि‌कको विद्यार्थि वाइफाइ ल्याएँ तिन सय रुपैयाँ महिनाको। घराँ ल्यार हेर्दा त चल्दै चल्दैन अनि ब्रोडलिंकाँ फोन गर्या तपाइको तिर हाम्रो नेटवर्क टिप्दोरहेनछ भन्छिन सुरिलो स्वराँ।
wi-fi भन्ने चिज नि hi-fi ठाँउतिर मात्र हो जस्तो छ …

लगानि …

Feb 5, 2011
helmet-statueमुन्छेका सौख पनि के के हो हो..
एक विदेशि प्रभुले संसारका विभिन्न स्थानका फायर व्रिगेडरहर्को पुराना हेल्मेट संकलन गर्दै रच। चार सय हेल्मेट भइसक्दा नि नेपालको छैन पठाइदे भन्यो। दमकल कार्यालयहरु चाहर्दै दिन बित्यो। बल्ल बल्ल एक ठामका दुइ कर्मचारिले हजार रुप्पै चिया खर्च (उनैले भनेका) मा दिए।
यो एक हजार लगानिले भोलिपर्सि त्यो प्रभुबाट लाखौंका काम होला नि भनेर खैरेका काम फ्रिमा गरिदिने नेपालि अरु होला्न कि नाइ म जस्ता…

झलनाथको झल्लु चाला र खनाल-दाहाल सातबुँदे सम्झौता

Feb 7, 2011
jhalnath-in-office-first-day संविधानसभाँ चुनाव हारेकालाइ सरकारमा ल्याउन्न भन्थे प्रधानमन्त्रि हुनासाथ झलनाथ खनालले। अर्थमन्त्रि बन्ने पक्का भाका भरतमोहन अधिकारि मोरङबाट र शिक्षामन्त्रिमा प्रस्तावित गंगालाल तुलाधर धादिङबाट चुनाव हारेका रैछन्।
आँफै झल्लु हुने कुरा किन गर्छन बेकाराँ झलनाथले कि उनैको पार्टि एमालेले नै सुरुमै चुनाव हारेकाहरुलाइ मन्त्रिमा सिफारिस गरेर झलनाथलाइ झल्लु बनाइदिन लाको हो…
***
माओवादि पहिले उपयोग गरिसकेका मन्त्रालय नलिने निति जस्तो छ। त्यसैले अर्थ र रक्षा भन्दा गृह र परराष्ट्र मन्त्रालयमा मरिहत्ते गरिराछ। सायद सञ्चार र शान्ति मन्त्रालय भन्दा अहिले युवा-खेलकुद र उर्जा अथवा आपुर्ति मन्त्रालयमा जोड दिन्छ। सबै सरकारि संयन्त्रको अनुभव लिनु छ नि।
माउवादिका लागि नयाँ सत्ता गठवन्धन अग्रगमनका लागि सह-कार्य हो कि विद्रोहको लागि गृह-कार्य? पत्रकारको मन जे मा नि शंका मात्रै लाउछ..
***
(तलको “खनाल-दाहाल सातबुँदे सम्झौता” फेसबुकमा फेला परेको हो | यसको आधिकारिकताको कुनै ग्यारेन्टि छैन – आनन्द)
Jhalnath-Prachanda-agreement-samjhauta

पत्रकार सभासद

Feb 8, 2011
NEPAL-PATRAKAR पत्रकार साथिहरुले गोदाइ खाने हो कि भन्ने पिरमा छु यार म त।
पत्रकार महासंघले पहिले ‘पार्षद’ भनिने केन्द्रिय प्रतिनिधिलाइ विधानै संशोधन गराएर ‘सभासद’ भन्न थालेछ। ६०१ सभासद्‍बाटै वाक्क भाका जनताले फेरि १२ सय जति सभासद (पत्रकार) थपिए भन्ने सुन्दा/पढ्दा के सोच्ने हुन् ?
कुनै पत्रकारले पत्रकारमाझ भन्दा बाहिर गर म पनि सभासद हुँ भन्ला र मान्छेले कुटिहाल्ने हुन् कि.. विचराले म त पत्रकार महासंघको पो सभासद भन्न नभ्याउँदै कुटाइ खायो भने, होस अरम है मित्रहरु..

समस्याको सजिलो समाधान – झापड

Feb 9, 2011
jhapad ल झलनाथले बिताए। बिबिसि नेपालि सेवामा भनेको सुन्नुभो ?

जुन मान्छेले मलाइ झापड हाने,ति मान्छेले झापड हानेर आज मलाइ बालुवाटार पुर्‍याइदिए। मैले त उनलाइ धन्यवाद दिएको छु। म रेग्मिलाइ आव्हान गर्छु कि आउनुहोस् मसँग बसेर गफ गर्नुहोस्। तपाईंका समस्या केहि छन् भने म समाधान गर्न सहयोग गर्छ।

प्रमले नै भनेपछि समस्या समाधान गर्न के गर्नुपर्दोरहेछ भन्ने त बुझ्नुभो होला..समस्या हुनेहर्ले विचार अरम है।
खनालको भनाइका कारण अरु नताले कुटाइ नखाउन् मेरो कामना …

मन्टेश्वरि का खेलौना र चकलेट

माने यार यि मन्टेश्वरि खोल्नेहरुलाइ।
वसन्त पञ्चमिका दिन तिन वर्षकि छोरि लिएर गाका आफन्तलाइ २० हजार भर्ना फि र ८ हजार मासिक फिमा फसाएछन्। बाउलाइ जति पिर भए नि छोरि भने दंग छे। स्कुलबाट २५ रुप्पै जति पर्ने खेलौना कार र चकलेट दिएर घर पठाएछन्। स्कुलले खेलौना र चकलेट दियो भन्दैछे।
‘स्कुल दानि होइन नानि, तेत्रो फिस लिनेले खेलौना दिनदिनै दिए नि केहि हुन्न। तेरै बाउको पैसा हो’ भनेर फुच्चिलाइ कसरि बुझाउनु…

monteswori-ad-kids

(यो बिज्ञापन चै अर्कै मन्टेश्वरिको हो है)

नाताबादको परिक्षण … झलनाथ त ठयाक्कै …

Feb 11, 2011
नाता पत्ता लगाइयो आज। मेरा फुपुको देवरको मामा ससुराले आफ्नि बहिनि झलनाथको भाइलाइ दिनुभएको रहेछ। आफ्नो नातेदार नै परे। साँच्चै यतिको सम्म नातेदारलाइ हेर्छन् कि हेर्दैनन् नेपालका नेताहरुले। नेपालाँ नातावाद खुब छ भनेको त सुनेको हो…
dipak-naatabad
मेरा बाका मावलि पनि खनालहरु नै हुन्। केहि हुने भो ल पक्का छ। तर भर्खरै एउटा साथिले पत्ता लगाइदिए झलनाथसँग मेरो नाता सोल्टि पर्छ।
झलनाथ सोल्टिले मलाइ केहि गर्लान त…कि विचरालाइ मैले केहि गरिदिनुपर्ने हो ?

झल्लु को ?

Feb 11, 2011
jhallu प्रचण्डले अस्ति – प्रधानमन्त्रि छोड्ने हुम् हामि, जाबो कुनै एउटा मन्त्रालयका लागि अड्डि लिन्नम’ भनेको यहि आँखाले टिभिआँ हेर्याझैं र कानले सुने झैं मान्छु। तर गृह मन्त्रालय नपाएसि सरकारमा नै नजाने भनेर हिजो माओवादिले निर्णय गरेछन्।

चुनाव हारेकालाइ मन्त्रि बनाउन्न भनेको पाँच दिनपछि झलनाथले दुइ जना पराजितलाइ नै मन्त्रि बनाए। हैन, मैले बुझ्न नसकेको कुरा नि, झलनाथको संगतले प्रचण्ड झल्लु भा कि प्रचण्डको संगतले झलनाथ झल्लु भा हुन् ? कि नेपालि नेताहरुको यत्रो संगत गर्दा नि नेताले भनेको कुरा गर्दैनन् भनेर नबुझेर, बोलेको पुर्याउलान् भनेर पत्याएर बस्ने म पो झल्लु भा हुम्….(बोलेको कुरा नपुर्याउनेलाइ झल्लु भन्न पाइएला नि)

अघि स्टेटसमा त ठोकेर लेखिहालियो ‘झल्लु को ?’ भनेर। फेरि कानुन लाग्ने हो कि भन्ने डर छ। आजभोलि के के नयाँ नयाँ कानुन बनाइराछन्। फेसबुकाँ नि कसैको चरित्रहत्या गर्ने गरि लेख्न नपाइने छ रे। मैले त नेपालि वृहत शब्दकोषमा हेरेर लेखेको हुँ है।
झल्लु – (विशेषण) बोलि वा बानि बेहोराको ठेगान नभएको।

भ्यालेन्टाइन हिरो रविन्द्र श्रेष्ठ

Feb 13, 2011
rabindra-shrestha राजधानिको एक निजि कलेजमा अध्ययनरत धादिङकि एक छात्रालाइ लिएर मन्त्रि क्वाटरबाटै कसैलाइ थाहा नदिइ भागेछन् रविन्द्र श्रेष्ठ, (मन्त्रि पदमै रहेका बेला पद प्रतिष्ठा केहि नहेरेका प्रेमि….)।
माओवादिबाट कारबाहिमा परेका र एमालेमा छिरेका यिनलाइ यसपटकको भ्यालेन्टाइन हिरो माने कसो होला ?
किशोर किशोरि युवा युवतिहरुको मतको त धेरै आशा छैन तर पनि भर्खरैका ठिटिहरुसँग आँखा लगाइरहेका बुढाहरुको मत त पक्कै पाउलान् नि यिन्ले, भ्यालेन्टाइन हिरोमा।
साँच्चै, यिनि कता छन् भनेर पत्ता लायो ?