‘भ्यालेन्टाइन डे,’ प्रेम दिवसको परिचय

valentines-dayआजको दिन, १४ फेब्रुवरीलाइ बिश्वभर ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाइन्छ | यही चाड नेपाली समाजमा पनि ‘प्रणय दिवस’ वा ‘प्रेम दिवस’ले चिनिने थालेको पनि धेरै भएको छैन | यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नाम बाट राखिएको हो र यसलाई धार्मीक चाडको रुपमा नै मनाइदै आएकोमा बिस्तारै, धर्म कम र रमाईलो ज्यादा गरिने हुनाले अरु धर्मावलम्बीहरुले पनि यसको अनुशरण गर्न थालेका हुन । (सन् २६९ फेब्रुअरी १४ का दिन इटलीका सन्त भ्यालेन्टाइनले विभिन्न आरोपमा जेलमा रहेका कैदिहरुको सामुहिक विबाह गराई दिएको आरोपमा झुण्ड्याएर हत्या गरेको दिनको सम्झनामा यो चाड मनाउन सुरुगरिएको हो|)

प्रेम उसै पनि कुनै धर्म, जात जाती, वा भौगोलिक अबस्थामा भर नपर्ने हुनाले पनि यसको बिश्वब्यापीकरण हुन सजिलो भएको हुनु पर्छ | नेपाली युवा युवतीहरुले “देश र संस्कृतिको सीमालाई नाघ्दै यस्तो पश्चिमी बिकृतिलाइ भित्राई रहेका छन्,” भन्ने मानिसहरुको पनि कमी नभए पनि, समय अनुसार चल्दै जाने मानसिकता हुनेहरु यो चाडले कुनै नराम्रो गरेको ठान्दैनन |

 Continue reading