यो कस्तो क्याम्पस… इन्जिनेयरिङ् पढे जस्तो (video)

This song was sung by Swoyambhu (Pulchowk Campus,IOE) as a parody on engineering..lyrics by Nadeesh (aka Sudeep from Pulchowk Campus,IOE)

सुनसान् रातम कोर्से हेर्दै टोलाउछु, मेअनुअल् भित्र सोलुसन् खोज्छु
फेसबुक खोल्छु नोटबुक बाट, मन् यो भग्छ, आज यो के भयो

सेमेस्टर ले छाडि दिन्छे, सर्किट को याद् ले सताइ रहन्छ
फेल् भए नि बा..ल नहुँदा, ब्याक् पेपेर ले सताइ रहन्छ

लेक्चर सुन्दा लठ्ठ् पर्छ, निन्द्रा लग्छ आज यो के भयो।

यहि हो त बेला … यहि हो त बेला, जुन् पढ्न छाडि भट्टि छिर्दा
यहि हो त बेला … यहि हो त बेला, जुन् आज पढ्यो आजै बिर्सिन्छ|

निदरि ले छाडि दिन्छे, एउटा लेक्चर सकिदिदा
फेरि निद्रा लग्न थल्छ, अर्को लेक्चर शुरु हुदा

कैले कस्तो कैले कस्तो इन्जिनेयरिङ् पढे जस्तो
मै हु भन्ने टपर पनि एङ्लिश मा गुल्टे जस्तो ।।

बन्कर को जमात मा नि, त्यहि भट्टि झल्झल्कि रहन्छ
चुर्को धुवा सरी हवा सङ्गै, मन यो उडछ आज यो के भयो

सेमेस्टेर ले छाडि दिन्छे, अप्प्लाइड को याद् ले सताइ रहन्छ
फेल भए नि बाल नहुदा, ब्याक पेपर ले सताइ रहन्छ

लेक्चर सुन्दा लठ्ठ् पर्छ, निन्द्रा लाग्छ आज यो के भयो।

यो कस्तो क्याम्पस यो कस्तो क्याम्पस, जुन आज हमी पढि रहेछौ
यो कस्तो दिग्री यो कस्तो दिग्री, जुन्अ आज हमि लियी रहेछौ।

दुई दाना अन्डा, मिनिस्कर्ट … र अरु चुटकिलाहरु

तलब र सेकेरेटरीका छोटो कपडा

secretary-dress अफिसमा बोस र सेकेरेटरी को गफ :

बोस (boss) : तिमी अफिसमा आउँदा किन येति छोटो छोटो लुगा लगाएर आउछौ ?

सेकेरेटरी(Secretary) : के गर्नु सर येति कम तलब मा येत्रै छोटो कपडा मात्र आउछ ?

बोस (boss): तेसो भए आज देखि तलब बन्द …

[कमिना बोस]

cock-rooster एकजना कोल्ट्रिफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ:

कोल्ट्रिफार्मको मालिक: “सबैले भोलि देखि दुइ-दुइ ओटा अण्डा दिने है । जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।”

भोलिपल्ट सबैले दुइ दुइ ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ “किन एउटा मात्र?”

जवाफमा कुखुरोले भनेछ, “यो पनि तपाइको डरले मात्रै दिएको नत्र, म त भाले हुँ ।”

***

Modern A B C …, A is still an Apple

Latest from Nursery Schools:

apple A- Apple
B- Blackberry
C- Chat
D- Download
E- Email
…F- Facebook
G- Google
H- HewlettPackard
I – iPhone
J- Java
K- Kingston
L- Laptop
M- Messenger
N- Nero
O- Orkut
abc-blocksP- Picasa
Q- Quicktime
R- RAM
S- Server
T- TouchScreen
U- USB
V- Vista
W- Windows
X- XP
Y- YouTube
Z- Zorpia

Although all the others are changed, thank God, A is still Apple!

भात्काइदिन्छु बाख्राको खोर …

danger-goat बाख्रा र सुँगुर मिलेर ब्रम्हाजिको तपस्या गरेछन्|

त्यो घोर तपस्यादेखि ब्रम्हाजि अति प्रसन्न भै भन्नुभएछ:

ब्रम्हाजि: हे बालक हो के भयो तिमिहरुलाइ?

बाख्रा: हामीलाइ बस्नको लागि खोर भएन प्रभु,

ब्रम्हाजि: ल मैले बनाको त्यतिका धेरै खोर के भयो र?

सुँगुर्: त्यो त प्रकाश ओझाले सबै भात्काइदियो नि प्रभु ।

(चित्र)

कलियुगकी साक्षात देबी

जतिसुकै काल्पनिक भए पनि यो चित्रले आजको नारीको राम्रो चित्रण गरेको छ |

modern_devi_

पुरातन देबीको शिंह बाहनलाइ प्रतिस्थापन गरेर स्कुटी सबार यी देबी आजकल प्रत्येक घर घरमा फेला पर्ने हुनाले पुरातन देबीको जस्तो महत्व नभएको हुनु पर्छ | तर पनि, आफ्नो मन मन्दिरमा सजाएर दिन रातको पूजा अर्चना गर्ने मानिस हरु भने मनग्गे नै भेटिन्छन !

समय अनुसारको फेसन धारण गर्ने गरेको भए पनि आफ्नो पुरातन गरगहनालाइ भने यीनले आज सम्म छोडिसकेकी छैनन | यस्ती बहुगुण सम्पन्न देबीको सबार हुँदा सडक किनारका भक्तजनहरु पनि मन्त्र मुग्ध भएर उनकै शरणमा लीन हुने प्रयास गर्दछन | तेस्तो अथाह प्रेम गर्ने भक्तजानले पूजा अर्चनाबाट दुर्घटना हुन सक्ने सम्भाबनालाइ मद्येनजर गरेर आजकल देवीले मुकुटका साथ साथै हेल्मेट पनि लागाउन शुरु गरेकी छिन |

आजकल स्वर्ण अलंकारहरुको अत्यधिक प्रचलन र मूल्य वृद्धिका कारण भक्तहरुमा पूजा अर्चनामा भन्दा स्वर्ण अलंकारहरुमा ध्यान जाला भनेर देबीले तिनीहरुको पनि नक्कली भर्सन पहिरिएर नगर परिक्रममा निस्कने गर्न थालेकी छिन |

– प्रदिप न्यौपाने

फेसबुक वाल

हामीले हालै पहिलो पटक फेसबुक पेज बनायौं … फेसबुकमा त पर्खाल/भित्तो हुदो रच ।

हामीहरुको बानी फेरी पर्खाल देख्नै हुँदैन । तेसैले साबधानी स्वरूप एउटा पोस्ट त गरिहाल्नु पर्यो :

facebook_wall

तपाईहरुलाई पनि भित्तो फोहोर हुने चिन्ता छ भने तलको फोटो सित्तैमा लगेर टाँस्न सक्नु हुन्छ:

facebook_wall_post

बेरोजगार

बाउ (साथीसँग): मेरो ४ जना छोरा छन् एउटाले MBA, दोस्रोले MA, तेस्रोले PHD गर्या छ अनि चौथो चाहिँ चोर छ !

साथी: त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या ?

बाउ: बिस्तारै बोल यार्, कमाएर ल्याउने त्यै त छ, बाँकी सब बेरोजगार छन् ।

thief_xNepali

केरा र बोक्रा

banana_xnepaliदाइ – यो केरा कसरी हो?
पसले – एक रुपैयाको एउटा।
दाइ – ६० पैसामा दिने?
पसले – ६० पैसामात बोक्रामात्र आउछ।
दाइ – ए हो?  तेसो भए यि ४० पैसा लेउ, बोक्रा तिमी नै राख, केरा मलाइ देउ ।

भगवान को ?

दुइजना पूजारीहरुको बीचमा ठूलो बिबाद परेछ। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जड्याहा त्यहाँ आइपुगेछ।

पहिलो पूजारी: म भगवान हुँ।
दोश्रो पूजारी: कहाँ तिमी भगवान हुनु, म पो त भगवान हुँ नि।
जड्याहा: धत् तिमीहरु दुबै जना होइन। भगवान त म पो हुँ।
दुबै पूजारी: हँ, कसरी?
जड्याहा: लौ, म प्रमाणित नै गरेर देखाइदिन्छु नि।

यति भन्दै जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो।

भट्टी साहु भित्रैबाट करायो, “हे भागवान तँ फेरी आइस्?”

गर्लफ्रेन्ड नहुनुका फाइदाहरु र बेफाइदाहरु

girlfriends_benefits_and_lossगर्लफ्रेन्ड नहुनुका कैयौं फाइदाहरु मध्ये केही सामान्य फाइदाहरु निम्न बमोजिम रहेका छन्:

१. पैसा र समय दुबैको बचत

२. जुनसुकै सुन्दरीलाइ पनि निर्धक्कसंग हेर्न छुट

३. स्टाइल फेसन आदि कुराको कुनै चिन्ता नहुनु

४. टाइम बेटाइमको कल/मिसकल बाट छुटकारा

५. बाउआमा र नातागोता र छर छिमेकबाट चोर जस्तो लुकी लुकी हिड्न नपर्ने ! जुनसुकै रेस्टुरेन्टमा निर्धक्क र मनलागेको खानेकुरा मन नबाँधी खान पाइने

६. झुठ बोल्नबाट छुटकारा (गर्लफ्रेन्डको रुप, फेसन, मेकअप आदिको झुठो भए पनि तारिफ गर्नै पर्ने हुनाले)

अब, गर्लफ्रेन्ड नहुनुको एउटै बेफाइदा:

१. जुनसुकै बेलामा पनि गर्लफ्रेन्ड नभएको बारेमा चिन्ता गरेर माथि उल्लेखित कुनै पनि फाइदा उठाउन नसक्नु !

(हिन्दीमा फेला परेको एस्तै आशयको जोक बाट परिबर्तित रुपम उल्था गरिएको)

केटाकेटी बुद्धि

एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन ।
त्यहि बाटो भएर हिड्दै गरेको एउटा बुढा मान्छेले यो देखेर बच्चालाइ सोधेछ ।

बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल, यो घन्टी बजाउन खोजेको पुग्नै सकिन ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा: ल अब भागौ ……

****

डरै डर

धेरै राम्री बिहे गरौ भने अरुले आखा लगाउलान भन्ने डर
अलि नराम्री बिहे गरौ भने छोराछोरी आमा गोता जालान भन्ने डर !

****

पैसा चोर छोरा

छोराले पैसा चोरेपछी हैरान भएका दम्पती बीचको गन्थन …
बुढो: छोराले जहाँ राखे नि पैसा चोरेर हैरान गरायो कहाँ राख्ने होला ?
बुढी: त्यसो भए त्यसको किताबको विचमा राखौ एक बर्षलाइ ढुक्क हुन्छ ।
बुढो: किन बुढी ?
बुढी: परिक्षा नआउन्जेल छोराले किताब नै छुदैन क्या!

पुर्ब प्रेमि

love_letter एकपटक आफ्नो पुर्ब प्रेमिलाइ उसको पुर्ब प्रेमिकाले पत्र लेखिछ:

जान, मलाई थाहा छ तिमी मलाई बिर्सन सक्दिनौ तर  अब मेरो बिहे अन्तै हुने  पक्का भैसक्यो त्यसैले मलाई बिर्सिदेउ बरु  मेरो फोटोहरुले तिमीलाई मेरो सम्झना दिलाई रहने हुनाले त्यो सबै फिर्ता गरिदेउ |

त्यसको  जावफमा प्रेमीले १२ वटा केटीहरुको फोटो पठाउदै लेखेछ:

जानु, मलाई थाहा नै भएन कि तिमि यि फोटोहरु मध्ये कुन चै पर्यौं भनेर.. त्यसैले कृपया आफ्नो फोटो चै राखेर मलाई बाँकि फोटोहरु फिर्ता गरिदेउ ल |

प्रेसरकुकर र कराई

cooker एकपटक प्रेसरकुकर र कराईमा को चै राम्रो भन्ने बिषयमा  घमासान झगडा परेछ | प्रेसरकुकरले चुर हुदै भनेछ:

ओइ कराई  तँ धेरै कराउछेस ? खुब आफुले आफैलाइ ऐश्वर्य जस्ती सोच्छ्स  हैन ?  त जत्तिको काली त यो दुनियाँमा कोहि छैन बुझिस ?

kadaiत्यस पछी कराईको जवाफ :

म ऐश्वर्य जस्तो नभएनी दुनियाँ कै सब भन्दा काली भएनी मलाई देखेसी छेउ मै बसेर सिठी बजाई हाल्छस क्यारे के फुर्ति गर्छस ?

कसलाई छोड्नु ?

हिन्दी फिल्मका राम्रा  हिरोनीहरुलाई देख्दा महेशलाई ति हिरोनीहरुसंग  भेट्ने सारै ठुलो इच्छा लागेछ | अझ एउटीसंग “घरजम नै बसाउन पाए” भन्ने समेत सोचेछ | त्यसैले, उसले भगवानको घनघोर तपस्या गरेछ |

भगवान पनि खुशी हुदै प्रकट हुनुभएछ  र भन्नुभएछ, ” बालक मलाई किन याद गर्यौ ? भन के छ तिम्रो इच्छा ? मसंग वर माग | ”

महेशले खुशी हुदै भनेछ, ” भगवान मलाई हिन्दि फिल्मको एउटी हिरोनी जसरी पनि मिलाई दिन पर्यो घरजम गर्ने नै बिचार छ | मिल्छ त प्रभु ?”

भगवान, “अवश्य बालक यदि तिमी हिन्दु होउ भने विपाशा, क्रिस्चियन होउ भने कट्रिना, मुश्लिम होउ भने दिया मिर्जा पाउनेछौ | लौ भन बालक… पहिले, तिम्रो नाम के हो मलाई त्यो बताउ |

bip_kat_diya

महेश, “हजुर प्रभु! मेरो नाम महेश अब्दुल डिसुजा हो|”

जय दुर्गे !

रामे, “अफिसमा खुबै सिंह बन्छस्, घरमा पनि यस्तै हो ?”
श्यामे, “अँ…घरमा पनि सिंह नै हुन्छु, तर ममाथि दुर्गाको सवारी हुन्छ”

singha_durga Source – Facebook

आलु हुँ आलु !

aaluदिवश नमित अमर झगडा गरेर भागेछन र पुलिसले खेदाएछ ।

पुलिस बाट बच्न अध्यारो कोठा भित्र छिरेर बोरा भित्र लुकेछन । एकछिन पछी पुलिस कोठा भित्र छिरेर अध्यारो मा लट्ठीले हान्न थालेछ…

दिवश छिरेको बोरामा लट्ठीले हानेछ अनी दिवश कुकुरको आवाज निकाल्दै भौ भौ गर्न थालेछ ….

पुलिस, “साला कुकुर पो रइछ,” भन्दै फेरी नमित छिरेको बोरामा लट्ठीले हानेछ ।

नमित बिरालोको आवाज निकाल्दै म्याउ म्याउ गर्न थालेछ । पुलिसले, “ओहो बिरालो रइछ,” भन्दै त्यहाँ बाट अर्को अमर लुकेको बोरामा लट्ठीले हानेछ ।

तर, यसबाट चाहिँ केही पनि आवाज आएनछ  । पुलिसले फेरी हानेछ…. फेरी पनि आवाज आएन छ । २०-२५ चोटी हानेपछि भित्रबाट अमर कराएछ, “ओई साले, आलु हुँ आलु ! आलु पनि बोल्या देख्याछस् कहिल्यै ?”

‘नो नेम’ रेष्टुरेन्ट – चोरिको नाम

पुतलीसडक शेयर मार्केड अगाडिको यो रेष्टुरेन्टको साहु हो कि, उनलाई सल्लाह दिने उनका साथी भाइ बहिनी हो कि अथवा म्यानेजर पो हो कि रेष्टुराँको नाम राख्न/खोज्न अल्छि गर्या कि, बढी क्रियटिभ भाको कि स्वेदश/विदेश कतैबाट चोर्‍या कि…

No name resturant

[“स्वेदश/विदेश कतैबाट चोर्‍या कि…” भन्ने शंका साँचो हुन गएको छ | तलको फोटो मा देखिएको फेसियल टिस्यु र गार्बेज झोला को खोलमा देखिएको no name ब्राण्ड क्यानडा मा चलेका ब्राण्ड भन्न मिल्छ |]

no-name-facial-tissue

no-name-brand

घरैमा बसेर होलि खेल्न मन छ भने घरमा बहालमा बस्ने र बालबच्चाको गोठालो लागम है

यस्तै छ यहाँ … गोली हान्न पाइए पनि लोला हान्न चै पाइदैन …

दिन दहाडै देशकै ठूलो कारागारमा गोली हान्न रोक्न नसक्ने सरकारले लोला हान्न चै रोक्ने पक्का भएको छ |

पुलिसले त हान्ने लाइ मात्र होइन नहान्ने लाइ पनि कारबाही गर्ने भा को छ रे |

lola-holi

बालबालिकाले लोला हाने उनका अभिभावकलाई र भाडामा बस्नेहरुले लोला हाने घरबेटीलाई समेत कारबाही हुने प्रहरीले जनाएको छ ।

घर भाडामा लागाउनु भएको छ भने सबै काम छोडेर बहालमा बस्नेको गोठाला लागे भो … आफ्ना बच्चाले त भनेको मान्लान ती भाडामा बस्ने ले  त झन के मान्लान र |

अहिले सम्म प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट तीस जनाभन्दा बढीलाई पक्राउ गरी सार्बजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरिसकेको बताएको छ । भने पछि तिनीहरु अब होलि पछि मात्र छुट्ने होलान नि |

घरैमा बसेर होलि खेल्न मन छ भने घरमा बहालमा बस्ने र बालबच्चाको गोठालो लागम है |

lola-in-holi

 

अब कान्तिपुरको यो लेख अभद्र भो भनेर खुबै चर्चा परिचर्चा हुदा अहिले कान्तिपुरले तलको फोटो पनि थपेको रहेछ – हाम्रा मठ मन्दिर र परम्परा पनि अलिक बढी नै छाडा हुन कि?

linga-yoni-holi

(सबै भन्दा माथिको फोटो फ्लिकर बाट, बीचको कहाँ बाट भेटेको थाहा भएन (थाहा भो nepal diary को रहेछ ), र अन्तिम फोटो कान्तिपुरको साइट बाट)

निर्णायक दीन मे २१मा भारतबाट आउने रे

हैन के हो यो निर्णायक दिन मे २१ मा आउँछ भनेको?

संविधान घोषणा (न)हुने दिन भा भए मे २८ हुनुपर्ने। नेपालगन्ज, सुर्खेत र नारायणघाट जाँदा यो होर्डिङबोर्ड देख्याथें। अहिले त बालाजुमा नि छ। जताततै भए नि केही बुझ्या नाई।

यसो पढ्दा क्रिश्चियन धर्मको प्रचार जस्तो छ। फेरि ठेगाना भारतको छ। कसैले बुझ्या भए भन्दिम्न…निर्णायक दिन पढ्दा डर लाईराछ के।

nirnayak-din

[Boz Baral  को उत्तर -]‎

…….दिपक जी, तपाइँ ले ह्रस्व दिर्घ लाइ किन त्यति साह्रै हेल्चेक्र्याई गरेर बोल्नु हुँदैछ मैले बुझ्नै सकिन, त्यहा “निर्णायक दीन (दुख?) ” भनिएको छ, तपाइंले “निर्णायक दिन (Day) – मेरो बिचार मा त्यो दिन पक्कै पनि ठुलो प्रलय पर्छ भनेको हुन पर्छ, सतर्क हुनोस र त्यो स्टेशन पक्कै पनि नासुन्नुस है, LOL!

खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल लान नपाइने जेलमा बन्दुक चै लान पाइने रैछ

युनिस अन्सारीको भाग्य त बलियै रहेछ | खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल आदि केहि लान नपाइने नेपालको सबै भन्दा सुरक्षित सेन्ट्रल जेलमा अहमद खान भन्ने एक भारतीय नागरिकले गोली हान्दा पनि हातमाबायाँ हातमा गोली लागेर घाइते मात्र भएका छन् |

एक वर्षअघि उनलाई मार्न आएकाहरुले उनलाई पुलिसले समातेको कारण हत्या गर्न नसके पछि जमिम शाहको हत्या गरेको प्रहरीको प्रतिवेदनमा लेखिएको छ | सोहि प्रतिबेदन अनुसार नक्कली भारतिय रुपैयाको कारोबारमा संलग्न भएको आरोपमा उनी पक्राउ परेपछि सिंहदरबार प्रभाग हिरासतमा एक पटक र काठमाडौं जिल्ला अदालत लैजाने क्रममा चारपटक हत्याको प्रयास भै सकेको छ।

नेशनल टेलिभिजनका संचालक अन्सारीको सम्बन्ध अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग भएको बताईए पनि सो को पुष्टि हुन भने सकेको छैन |

yusufansari-1

फोटो – अन्सारी दुई जना पाकिस्तानी नागरिक का साथ २०१० जनबरीमा | ती मध्य एउटा पाकिस्तानी नागरिक २५ लाख भन्दा बढी बराबरको नक्कली भारु र ३.७ केजी हेरोइन का साथ समातिएको थियो (फोटो – नभेश चित्रकार)

पासपोर्ट … स्वर्ग या नर्क कताको भिसा लाग्ने हो?

यो पासपोर्ट नामको चुरोटको पोस्टर अन्त देखेको थिइन, सुर्खेतमा खुब देखियो। आजभोलि जोकोही विदेश जान पासपोर्ट बनाउने भको भएर होला यस्ले पोस्टराँ नि पासपोर्टको फोटो दिया।

खासमा यो चुरोटको नाम राम्रै हो। क्यान्सरको लागि पासपोर्ट नै हो नि चुरोट अझ यही कम्पनीले अर्को “भिसा” नामको नि चुरोट निकाले हुने… 

स्वर्ग/नर्क जाने भिसा क्या….

Last-passport-cigrette

बिर्कोले देको दुख र … घिच्न जानेको सबारी …

कस्तो उडाए भने आज दिनभर प्रधानमन्त्री झलनाथ खनाललाई दुरबिनको बिर्कै नखोली के हेरेको भन्दै।

jhal-nath

केटाहरुले बुझ्नु पर्ने नि – ‘त्यसै त झल्लु भइन्न, प्रमाणित नि गर्न परो। भएन शिवरात्रीको दिनको फोटो पो हो त यो… प्रधानमन्त्री पनि शिवभक्त हुन सउछन् नि…’

[ झलनाथले कुन कुन कुरो मा बिर्को लाको छ भन्ने थाहा पाउने भे त मन्त्रीपरिषद जामानामा बन्थ्यो होला नि ]

***

अफिसबाट निस्कने बेला, कोही सहकर्मीको बाइकको पछाडी बस्न पाइन्छ कि भनेर ढुकेर बस्ने मेरो बानी परिसकेको छ। कसैको बाइक पाइएन भने चाहिँ म ‘अंगुर अमिलो थियो’ भन्ने भाकाले ‘हिड्नुपर्छ स्वास्थ्यका लागि’ भन्दै हिंडेरै झम्सिखेलस्थित कार्यालयबाट नजिकको गाडी स्टेशन पुल्चोकसम्म पुग्छु।

बाइकको पछाडि बस्न पाइएका बेला साथीहेरी कसैकोमा घरसम्मै आउन पाइन्छ। कसैले शहिदगेट, रत्नपार्क वा लैनचौरसम्म छाड्दिन्छन्। आज प्रकाश घिमिरेको बाइक पछाडि बसेर लैनचौरसम्म आएँ। लैनचौरबाट प्रकाश नयाँ बजार तिर लागे भने म महाराजगञ्ज जाने सडक तर्फ लाग्नुपर्ने थियो।
पूर्व निर्धारित नभए पनि लैनचौरमा दुग्ध विकास संस्थान अगाडि ओर्लिएकाले त्यहाँबाट दही र रसबरी किन्न मन लाग्यो। दुई किलो दही र एक किलो रसबरी किनेर प्लास्टिक झोलामा झुण्डाउँदै महाराजगन्जतिर लाग्ने सडकमा आएँ र टेम्पुमा चढें। एकैछिनमा टेम्पु ड्राइभरले ‘छ्या आज नि सवारी रहेछ’ भन्दै टेम्पुलाई राजदरबार पछाडिको बाटो तर्फ मोडे। अर्का एक जना बुढी आमासँगै म पनि उत्रिएँ।

ती बुढी आमै पानीपोखरी आउने रहिछन् र शहिदगेट तिरबाटै चढेकी रहेछन् र होला भाडा दिइन्। म त्यहीबाट चढेकाले भाडा दिइन। मैले नदिएको भाडाको रिस ड्राइभर दाइले सवारीलाई गाली गरेर पोखे, ‘जाँ*हरु सँधै सवारी भन्छन्। काम गरेर खान नि निदिने भए।

बुढी आमाको झोला गह्रौं देखिएकाले हात लगाइदिउँ कि भनेर अगाडि बढाएँ, तर बुढीले दिइनन्। मेरो पनि एउटा झोला काँधमा र अर्को तीन किलोको झोला हातमै थियो। अगाडि हिड्दै थिएँ। चोकमै पाँच जना सशस्त्र प्रहरीका बीचमा बसेका एक जना नेपाल पुलिसका जवानले आफ्ना साथीहरुसँग कुरा गरेको सुनें, ‘राँडीको छोराको सँधै हुन थाल्यो यार सवारी पनि।’ मलाई ती पुलिसको नाम जान्न मन लाग्यो। अलिकता अगाडि बढिसकेको भए पनि फर्केर गएँ। उस्को थर राना थियो।

अलिकति हिडेपछि याद गरें-निजी गाडी र मोटरसाइकलहरुलाई चल्न दिएकै रहेछ। आफ्नो सवारी साधन नहुनु भनेको अपराध गरे जस्तो पो रहेछ यहाँ भने जस्तो लाग्यो। सार्वजनिक सवारी साधनमा हिड्नुभनेको त गल्ती पो रहेछ। करिब १० मिनेट जति हिड्दै लाजिम्पाट तिर आइपुगें।

निजी गाडी पनि सडकमा एकदम कम चले। पाँच सातवटा गाडी अगाडि र पछाडी तथा पाँच छ वटा बत्तीवाला मोटरसाइकल कारगेटको बीचमा एउटा मर्सिडिज बेन्च हो कि कुन गाडीमा चढेर नेपाली दौरा सुरबाल टोपी लागेका पुरुष र साडी ब्लाउजमा सजिएकी  तिनकी श्रीमती होलिन् एक जोडी  लैनचौर तिर हानिएको देखे‌। मलाई रिस उठ्यो। एउटा त गाडी बेस्करी कुदाएको भए धेरै बेर सवारी जाम हुन्थेन, बडो ढलिमली चालले बिस्तारै सवारी बढेको थियो। अनि राष्ट्रपतिको सवारी होला भनेको त प्रधानमन्त्री झलनाथ खनाल पो थिए गाडीमा।

अब टेम्पु माइक्रो आउला र टिचिङ हस्पिटलसम्म जाउँला भन्दै बिस्तारै हिड्दैथिएँ। गाडी त झन् पातलिन थाले। सडक किनारमा एउटा बैंकको एटिएम काउन्टर नजिक बसेका गार्डले अर्का साइकल यात्रीलाई भन्दै थिए, ‘मु* देशीले आफ्नो पावर देख्या होला नि। बेकारमा मान्छेलाई अप्ठेरो पारिरहेको छ।’

मैले गार्डलाई राष्ट्रपतिको होइन सवारी त प्रधानमन्त्रीको रहेछ भनें। उनले ‘प्रधानमन्त्री त गइसके नि अब राष्ट्रपति जान लागेका हुन् त्यो बेलामा त पुरै सडक जाम हुन्छ’ भने। ए! भन्दै म फेरि बाटो लागें। पानीपोखरी आउनेबेलामा त पुरै सडक सुनसान भयो। बाटाभरी छरिएका ट्राफिक प्रहरीले कुनै साइकल मात्र देखे भने पनि चिच्याएर किनारा लगाउन लगाइहाल्थे।

म पुरानो अमेरिकी दूताबास रहेको स्थानितर आउँदा राष्ट्रपतिको सवारी चल्यो। लस्करै १५ वटा जति गाडी थिए। आठ वटा सेता मोटरसाइकलको बीचमा रहेको गाडीमा राष्ट्रपति महोदय हुनुहुन्थ्यो। यो गाडीको गति त झन् प्रधानमन्त्रीको सवारीको भन्दा पनि कम थियो। मानौं ‘मलाई हेर म कति चिन्तित छु राष्ट्रबासी प्रति’ भन्ने गम्दै राष्ट्रपतिले सडकका दुबै तर्फ ध्यान दिएर हेर्दै गुडिरहेका छन् वा कहिल्यै नदेखेको शहरमा पुगेका बालकले दुबै तर्फका घर गन्दै हिडिरहेको छ।

राष्ट्रपतिको सवारी सकिएको पाँच मिनेट पछाडि गाडीहरु चल्न थाले। म त्यतिन्जेल मुल सडक छोडेर हिँड्दै घर जाने छोटो बाटो प्रहरी अस्पताल तर्फ लाग्ने सडकबाट भित्री बाटो तताएँ। मनलाई बुझाउन खोजें – आजको सवारीले १२ रुपैयाँ जति टेम्पु भाडा जोगियो। करिब तीन किलोमिटर जति हिडियो। शरीरमा फूर्ति बढ्यो।

मन त के मान्थ्यो र ? साँझ कार्यालय समयपछि ६ बजेको बेलामा भएको सवारी जामले कतिलाई दुःख पुग्यो होला। कति जना बिरामी असहायहरु पनि हिड्न पर्यो होला। साना छोराछोरीलाई घरमा छोडेर जागिरबाट बेलैमा घर फर्किन हतारिका कति महिलाको मनमा अत्यासको डेरा लाग्यो होला। तिनका छोराछोरीले ‘ममी कुने बेला फर्कने ? रात परिसक्यो’ भनेर फोन पो गरे होलान्।

जति जति मनमा कुरा खेल्न थाल्यो रिस बढ्दै जान थाल्यो। मैले जान्न खोजे, त्यत्रो हुल बाँधेर सडक जाम पारेर कहाँ मोर्यारैछन् तिनीहरु भनेर। एउटै फोनबाट पत्ता लगाएँ, सेनाले भोज आयोजना गरेको रहेछ। त्यही घिच्नलाई तिन्ले यतिविघ्न कष्ट हाम्लाई दिएका रैछन्। मनले थामि नसक्नु गरी पो राष्ट्रपति र प्रधानमन्त्रीहरूलाई गाली गर्न थाल्यो, ‘साले गधाहरु देशबासीको जीवन सहज बनाउने कुनै काम त तिमीहरुले गर्न सक्दैनौ, कम्तिमा आफ्नै कारणले जन साधारणको दैनिकीलाई अप्ठेरोमा पार्ने काम त नगरो।’

शिबबुटीमा मिसावट … कल्याण गर भगवान

laddu लु पक्का भो, आजभोलि जे मा पनि मिसावट रच।

नभए, १५ वटा जति पकौडा, तीन वटा जति लड्डु र आधा पाउ जति हलुवा खाँदा त केही हुनुपर्छ नि। भाङ भन्दै पकौडाँ जतिनाम साग, लड्डुमा तील र हलुवामा सख्खर मात्र हाले जस्तो छ। चार वर्ष अगाडि दुईटा लड्डुले नै लडाको थियो। भगावानको प्रसादाँ नि मिसावट, यिन्को कल्याण हुँदैन।

शुद्ध पाउने त जमानै रहेन यार..

pashupati line