१५ अगस्टको सार्थकता, नेपालको यथार्थता

independence_day_india १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र भए यता हरेक बर्ष भारतले धुमधामका साथ् स्वन्तन्त्रता दिवस मनाउदै आएको छ | अचेल मिडियाको द्रुत गतिमा भैरहेको बिकास र हामी नेपालीहरु भारतीय मिडियाप्रति पनि आकर्षित भएका कारण त्यहाँको स्वतन्त्रता दिवसमा हुने  तामझामको हामी प्रत्येक बर्ष प्रतक्षदर्शि हुदै आइरहेका छौं | अझ त्यति मात्र कहाँ हो र ? १५ अगस्ट आउनु भन्दा २/३ दिन अघि देखि नै देखाइने सन्देशमुलक बिज्ञापनहरुले भारतीयहरुको स्वतन्त्रताप्रतिको मोह र राष्ट्रियताको  भावनासंग हामी बढी नै परिचित छौँ | भारतीय च्यानलहरुको नियमित दर्शक भएको कारणले यी सबै तामझामहरुलाई मैले  नियालिरहेको थिए | हिजो १५ अगस्टको दिनमा पनि बिहानै देखि भारतको प्रधानमन्त्री लगायत राष्ट्रप्रमुखहरुले गर्ने कार्यक्रमहरुको लाइभ प्रशारण त समाचारमुलक च्यानलहरुमा छाएकै थियो अन्य मनोरन्जनात्मक च्यानलहरुमा समेत देशभक्तिले ओतप्रोत फ्लिम, राष्ट्रिय गान, राष्ट्रिय झण्डाको चिन्ह पनि धमाधम प्रशारण भैरहेको थियो |   १५ अगस्टमा मात्र हैन त्यस देखि बाहेकका दिनमा पनि भारतीयहरुको आफ्नो देश , राष्ट्रिय गान , राष्ट्रिय झण्डा प्रतिको आस्था देख्दा उनीहरु साच्चिकै आफ्नो देशलाई माया गर्छन भन्ने झल्किन्छ | उदाहरण स्वरूप क्रिकेट वा फिल्मलाई नै हामी लिन सक्छौं | चाहे टेस्ट म्याच नै होस् अनि मशालेदार फिल्म नै किन नहोस हमारा भारत महान भन्ने नारा घन्किएकै हुन्छ | जुनसुकै अभिप्रायले गरिएको होस्, परिणाम जे सुकै होस् अनि जुनसुकै अन्तरिक कारण नै किन नहोस, बाहिरी मुलुकले जसरी विश्लेषण गरे पनि अन्ना हजारे र बाबा रामदेवको अनशनले पनि भारतीयहरुमा उल्कै राष्ट्रियताको भाव मजबुत बनाउदै लैजान्छ | अनि यी सबलाई विश्वमा आफ्नो छाप छोड्ने तरिकाले प्रस्तुत गर्ने त उही भारतीय मिडिया न हुन् |

diwas

कहिले काही त इर्श्या पनि लाग्छ , त्यति ठुलो भौगोलिक देश अनि त्यत्तिकै मात्रामा विविधता भईकन पनि मिडियाको आधारलाई साँचो मान्ने हो भने भारत विश्वकै देशभक्तिको नमुना बनेर आफ्नो नाम उचो राख्ने र अझ शक्तिशाली बन्ने दौडमा छ तर तुलनात्मक रुपमा उसकै छिमेकी हाम्रो देश नेपाल भने भएको आफ्नो सानो भूभाग पनि टुक्य्राउने दौडमा छ | यहाँ तराईलाई एक मदेश एक प्रदेश चाहिएको छ, पहाडलाई प्रत्येक जातजातिको आफ्नै छुट्टै राज्य चाहिएको छ | राष्ट्रियता देशभक्ति त सबैले बिर्से कि क्या हो भन्ने आभास हुन्छ कहिले कहिँ त | खै कहाँ र कसमा खोज्ने हो देशभक्ति हामीले ? अनि कुन दिवसमा राष्ट्रियताको भावलाई लिएर एकबध्द हुने त ? जबकी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र गरि ३/३ वटा राष्ट्रिय दिवसहरु छन हामी संग | ति दिवसहरु मनाउनकै लागि मनाउछौ हामी| ढोंगी राष्ट्रियताको गन्ध आउछ जब हाम्रा देशका राष्ट्रप्रमुखहरु टुंडिखेलमा विराजमान भएर सैनिकहरुको सलामी ज्युनार गर्छन |
त्यसो भए हामीसंग स्वन्तत्रता दिवस नभएर हो त भन्ने सवाल पनि मेरो मनमा उठेको हो | कुनै समय ब्रिटिश साम्राज्यको अधीनमा रहेको भारत १९४७ अगस्ट १५मा मुक्त भएयता त्यसैलाई आधार बनाएर हरेक बर्ष शानका साथ् स्वतन्त्रताको अनुभूति लिन्छन अनि रमाउछन आफ्नो देशभक्तिलाई छताछुल्ल पोख्दै | भलै हामी वीर गोर्खालीसंग ब्रिटिश साम्राज्यको अगाडी नझुकेको इतिहास छ  तर बर्तमान परिबेशमा भने कहिले भारतीय कहिले अमेरिकी त कहिले अन्य मुलुकको हस्तक्षेपबाट पिल्सिरहनु परेको छ | कसैसंग नझुकेको र कसैको अधीनमा नरहेको हामी नेपालीहरुको जुन गौरब थियो त्यो सबै आज एकादेशको कथा भैसक्यो | प्रत्यक्ष रुपमा नेपाल जति नै स्वतन्त्र मुलुक होस् तर अप्रत्यक्ष रुपमा यो कुन कुन देशबाट निर्देसित र संचालित छ भन्ने कुरादेखि हामी कोही पनि अनभिज्ञ छैनौ | देश यस्तो हालतमा पुग्नुमा को को जिम्मेवार छन भन्ने कुरा पनि हामीले चर्चा गर्दै आएकै हौ | र यसको मुल्यांकन अवश्य पनि इतिहासले गर्ने नै छ |

यी त भए भारतीय देशभक्तिका केहि नमुनाहरु …| तर जति मलाई उनीहरुको देशभक्ति देखेर इर्श्या जाग्छ त्यति नै रिस पनि उठ्ने गर्छ | सायद मलाई मात्र हैन सम्पूर्ण नेपालीलाई यो कुरामा रिस उठ्छ | आफ्नो देशको सिमाना मिचिदा, हरेक आन्तरिक मामिलामा दबाब भोग्नु पर्दा कुन चै नेपालीलाई रिस नउठ्ला र ? यहाँ सम्मकी आफ्नो सिमाना मिचिएको यथार्थता देखाएर एउटा सिनेमा प्रदर्शन गर्न पनि कति झमेला भोग्नुपर्छ हामी कहाँ ! तर बिडम्बना अरुको देशलाई मिचेर ,नीचा देखाएर तामझामका साथ् स्वतन्त्रता मनाएकै छन त क्यारे ! अरुको स्वतन्त्रतालाई पैतालाले कुल्चेर आफु भने शानसंग स्वन्तत्रता दिवस मनाउदैमा भारत महान b पक्कै बन्ने छैन |  उनीहरुमा अलिकति पनि बिबेक देखिदैन जति हामीलाई हाम्रो देश र स्वतन्त्रता प्यारो छ अन्य देशकाबासीलाई पनि उनीहरुको देश प्यारो लाग्छ है त्यसैले हामीले बल पुर्बक सिमाना मिच्नु वा हस्तक्षेप गर्नु उचित हुदैन भन्ने …| जब यो बिबेक उनीहरुमा पलाउला तब मात्र भारतले स्वतन्त्रता दिवस मनाएको सार्थकता  रहनेछ | र यसको लागि भारतको  बिबेक पलाउनुका साथसाथै हाम्रा राष्ट्रप्रमुखहरुमा पनि देशभक्तिको भाव जाग्नु जरुरी छ |