पागल

फेसबुक पागल

जरुर साथी म पागल !
कैले ३ बुक, कैले फेसबुक
उस्तै थियो दशैँ, यस्तै तिहार
यस्तै छ मेरो हाल ।

म भित्ताहरुमा शुभकामना लेख्छु !
दृश्यहरुलाई ट्याग गर्दछु !
ग्रुपहरुमा संबाद गर्छु ।
कहिले काहिँ च्याट गर्छु
संसारभरिका साथीसँग बोल्छु ।
अनि

अनि बन्द गर्छु र टोलाउछु
फेरी फर्कन्छु एक्लै
बाचाल यो जिन्दगीमा,
खोल्छु फेसबुक र टहलिंन्छु
यस्तै छ साथी मेरो हाल
जरुर साथी म पागल 😛

नोट : लक्ष्मीपूजा र महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औं जन्म जयन्तीको दिन साथी प्रमोद न्येउपाने ले आफ्नो फेसबुकको वालमा पोस्ट गरेको यो कबिता देबकोटाको चर्चित कविता "पागल"को आधुनिकीकरण भने पनि फरक नपर्ला । प्रमोदका चोटिला लेख रचना भो-नकुरोगरम मा पढ्न सकिन्छ । लक्ष्मी प्रसाद देवकोटाको ओरिजिनल पागल कविता पढ्न नपाएकाको लागि भनेर तल पोस्ट गरिएको छ:

laxmi_Prasad_devkota

 Continue reading

संसार भरिका नेताहरुको चुम्बन गाथा (भाग १)

फेला परेसम्मका सबै जसो देशका नेताहरुको चुम्बन यहाँ जम्मा गरिने छ | यो पोस्ट लामो हुने हुनाले आगामी दिनहरुमा यसलाई बिस्तार गर्दै लगिने छ|

अफगानिस्तान (Afganistan)

अफगानी रास्ट्रपति हामिद कारजाईले त्यहाँको पूर्बराजा जाहिर शाहको हातमा चुम्बन गर्दै (सन् २००४, जनबरी २६मा)|

Afghan President Hamid Karzai (R) kissing the hands of the former Afghan King Zahir Shah after signing the country's new constitution in Kabul on 26 January 2004. Former Afghan King Mohammad Zahir Shah has died aged 92, on 23 July 2007. Shah ruled Afghanistan from 1933 until he was deposed in 1973 and lived in exile in Italy until returning back in 2002.

अल्बानिया (Albania)

 Continue reading

गणेश स्तुति

ganesh_pujaमेरो एकजना साथीलाइ गणेशको भजन गाउन मन लागेछ – यो पोस्ट चाहिँ उसको लागि मात्रै है (इक्षा हुने सबैले एक अर्कामा बाढ्न भने सकिन्छ)

हिन्दीमा अनुराधा पदुवालले गएको स्तुतिलाई नेपालीमा जस्ताको तस्तै अनुबाद गरिएको रहेछ| हिन्दीको भिडियो तल पोस्ट गरिएको छ :

जय गणेश जय गणेश जय गणेश देवा
माता जसको पार्वती, पिता महादेवा
लड्डुको भोग लाग्छ, सन्त गर्छन सेवा
जय गणेश जय गणेश जय गणेश देवा

एक दन्त दयावंत चार भुजाधारी
टाउको भरि सिन्दुर पोत्ने, मुसोको सवारी
जय गणेश जय गणेश जय गणेश देवा

अन्धा लाइ आँखा दिने, कोढिलाई काया
बाझिलाई पुत्र दिने, निर्धनलाइ माया
जय गणेश जय गणेश जय गणेश देवा

लड्डुको भोग लगाई सन्त गर्छन सेवा
हार चढ्छ फल चढ्छ, चढ्छ अनि मेवा
जय गणेश जय गणेश जय गणेश देवा

दुखिलाई सुख दिने शम्भुका हौ छोरा
इच्छा पूरा गरिदिन्छु जो छन् मनका गोरा
जय गणेश जय गणेश जय गणेश देवा

हिन्दी लाइ नेपाली भजन संग तुलना गर्न भनेर खोजेको भेट्न सकिएन| तै पनि नेपाली जय गणेश जय गणेश भजन कसैले गएको भए रसस्वादन गर्न मन थियो, कमेन्टमा पोस्ट गरिदिनु होला|