प्रचण्डको घर भन्दा ठूलो कुरो

प्रचण्ड नयाँ घरमा सरेको कुराले ठूलै प्रचार प्रसार पायो । यो त्यति हल्ला गर्नु पर्ने बिषय त पक्कै होइन तर, नयाँ घरको बारेमा किनेको वा भाडामा लिएको भन्ने कुरा जनतालाई पारदर्शि रुपमा नबताउनुले बिभिन्न शंकाको बिजारोपण गरेको हो ।

prachanda_new_house1

प्रचण्ड जस्तो ठूलो नेताले राम्रो लुगा लगाउनु पर्छ,  राम्रो ठाउँमा बस्नु पर्छ, र उनी सुरक्षित हुनु पनि उत्तिकै आबश्यक छ । त्यसकारण उनले झुपडीमा बस्नु पर्छ भनेर कसैले भन्छ भने तेस्तो मान्छेलाई अज्ञानी भन्नु पर्छ । तर जनता प्रति उत्तरदायी नेताले जनतालाई अँध्यारोमा राख्न पनि हुदैन । यस हिसाबले, नयाँ घरको बारेमा हुने गरेका यी हल्ला, अड्कलबाजी आदिको जिम्मेबार व्यक्ति पनि प्रचण्डलाइ नै मान्न सकिन्छ ।

भारतीय पत्रिकाहरुमा यो बारेमा समाचार आए पनि अहिले अन्य बिदेशी मिडियामा पनि प्रचन्डको सो बिशाल घरको बारेमा चर्चा परिचर्चा चल्न थालेको छ । बेलायती पत्रिकाले स्वीमिंग पुल र ब्याडमिन्टन कोर्ट भएको अत्याधुनिक बंगलामा सरे पछि उनकै पार्टीका साथीहरु बीचमा नै प्रचण्डमाथि विश्वासको संकट आएको बताएको छ ।

तेस्तै, इन्डियन एक्सप्रेसले १५०० बर्गमिटर क्षेत्रफ़लमा फैलिएको प्रचण्डको घर पूर्ब राजा ज्ञानेन्द्रको निबास बाट आधा किलोमिटरको दुरीमा रहेको भन्दै, उनलाई नेपालको नयाँ राजा बन्न खोजेको सम्मको आरोप लगाएको छ।

यो कुराले प्रचण्डको छविलाई बिगार्न नदिन सक्दो चाँडो पारदर्शि रुपमा सबै बिबरण जनताहरुलाई थाहा दिनु नै उनी लगाएत नेकपा माओवादी पार्टीको हितमा हुन्छ ।

हामीले यो बिषयमा पहिले पनि चर्चा गरेका थियौं (अंग्रेजी लेखहरु) :