इतिहास – नेपालमा किराती राज्य

नेपालको इतिहास अनुसार २९ जना किराती राजाहरुले नेपालमा शासन गरेका थिए । यलम्बर बाट शुरु भएको किराती राज्य गस्ती राजाबाट अन्त्य भएको मानिन्छ । यसरी नेपालमा शासन गर्ने २९ किरात राजाहरुको नाम यस प्रकार छन् :

१. यलम्बर २. पाभी ३. स्कंधर ४. बलम्ब ५. हृती ६. हुमती ७. जितेदास्ती ८. गलिन्जा ९. पुश्का १०. सुयर्मा ११. पापा १२. बुन्का १३. स्वानन्दा १४. स्थुन्को १५. जिन्ग्री १६. नाने १७. लुका १८. थोर १९. थोको २०. बर्मा २१. गुजा २२. पुस्कर २३. केशु २४. सुजा २५. सन्सा २६. गुणम २७. पाटुका २८. गस्ती

प्रथम किराती राजा यलम्बर जसकोको शासन काल इ.पू. ५८० – ५६५ सम्म रहयो।

Yalambar_first_kirat_king

सातौं किराती राजा जितेदास्ती (बायाँ – शासन काल इ.पू. ४४० – ४१५ सम्म) र चौधौं किराती राजा स्थुङको (दायाँ – शासन काल इ.पू. २६५ – २४० सम्म)

jitedasti_seventh_kirat_kingsthung_fourteenth_kirat_king

जितेदास्तीको पालामा गौतम बुद्धले नेपाल खाल्डो भ्रमण गरेको इतिहासमा उल्लेख छ । आफ्ना शिष्यहरुसंग आएका बुद्धले स्वयम्भु, गुहेश्वरी आदि स्थानमा प्रबचन दिएको बताइन्छ । साथ साथै जितेदास्तीले महाभारत युद्धमा पाण्डब हरुका साथ लागेर युद्ध गरेको पनि किम्बदन्ती छ।

 Continue reading

नम्रताको अबको नयाँ फिल्म ‘छड्के’

राम्रो अभिनय गर्न सक्ने भनेर ख्याती कमाएकी नेपाली नायिका नम्रता श्रेष्ठ केही समय सुस्ताए पनि अबका दिनहरुमा फेरी सक्रिय हुन् थालेको आभास हुन्छ । अहिले सम्म जम्मा दुइवटा मात्र चलचित्र रिलिज भएकोमा दुवै ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ लाइ दर्शकले मन पराएका थिए ।  ‘मेरो एउटा साथी छ’ को रिलिजको को लगत्तै सार्बजनिक भएको उनको यौन भिडियो काण्ड पछि नम्रता केही समय त सार्बजनिक हुन नै चाहिनन । सो घटनाको करिब एक बर्ष पछि लागु पदार्थ दुर्व्यसनी एकता महतको बारेमा भन्ने फिल्ममा खेल्ने कुरा चले पनि सो फिल्मको हल्ला हल्लामा मात्रै सिमित रह्यो र त्यसको एक बर्ष पछि उनले अर्को चलचित्र, "मिस यु" साइन गरिन ।

namrata Shrestha

एक पटकमा एउटा भन्दा बढी फिल्म नखेल्ने र स्क्रिप्ट मन नपारी फिल्म साइन नै नगर्ने नम्रताले दुइ बर्ष  अघाडी नै खेल्ने भनेको फिल्म "मिस यु" यहि भ्यालेन्टाइनको समय पारेर रिलिज हुदै छ । यस बीचमा उनले एउटा अंग्रेजी नाटक ‘ओलियना’ पनि खेलेकी थिईन जसमा उनको काम प्रशंसनीय नै रहेको बताएइएको थियो।

चलचित्र ‘मिस यु’ को रिलिजको संघारमा जति धेरै मिडियामा समाचार बन्यो त्यति नै फिल्मको सित्तैमा प्रचार हुने र साथै नयाँ काम पनि शुरु गर्ने समय भएको हुनाले पनि नम्रताको बारेमा आजकाल बढी सुनिन थालेको हुन् सक्छ। यसै बीच नम्रताले अभिनय गर्ने चौथो सिनेमा ‘छड्के’ हुने खबर आएको छ। यही चैतबाट सुटिङ हुने लगभग पक्का भएको यस फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

एक्सन कथाबस्तुमा बन्न लागेको ‘छड्के’ को तयारीको लागि नम्रताले मार्सल आर्टको तालिम पनि लिने भएकी छिन । ‘छड्के’ मा नम्रताका साथ साथै अहिले चर्चामा रहेको चलचित्र ‘लुट’का कलाकार सौगात मल्ल र दयाह्याङ राई पनि खेल्ने भएका छन् ।