आजको पत्रकारिताका साच्चै सजिलो छैन !

आजको युगमा हिजोको युगमा जस्तो गरेर पत्रकारिता गर्न सकिदैन भन्ने कुरा आज फेरी कान्तिपुरले पुस्टि गरेको छ । हिजो शुक्रबार मात्र यसको एक भागका संयोजकले "न्युयोर्क टाइम्स, द टेलिग्राफ लागाएतका स्रोतबाट प्रबिधी सूचनामात्र लिएको नभई त्यहाँको प्रकाशित सामाग्रीलाइ आफ्नै जस्तो बनाएर छापेको" भनेर माफी मागेको भोलिपल्ट नै सामाजिक संजाल, फेसबुकमा चलेको हल्लालाइ आधार बनाएर एउटा समाचार छापेको रहेछ । केही समय अघाडी, बलिवुड अभिनेता अमिताभ बच्चन नेपालमा जन्मेको भनी टेलिभिजन र पत्रिकामा समाचार आएको थियो – एउटा मनोज गजुरेलको व्यङ्ग्य हसाउनको लागि बनाएको प्रसंगलाई आधार मानेर ।

the_kantipur_times_graph

आजको २ दशक अघि (२०४७ साल फाल्गुन ७ मा) स्थापना भएको कान्तिपुर दैनिकको लामो समय नेपालमा पत्रकारिताको अनुभब र दक्षता छ । यसमा काम गर्ने पत्रकारहरुमा पनि पत्रकारिताको लामो अनुभब र प्रभाब देख्न सकिन्छ । तेसैले त, "पाठकले सल्लाह दिन पाउछन तर, धाकै सही, पत्रकार ज्ञाता/बिशेषज्ञ हुन, डाक्टरलाई बिरामीको उपचार कसरी गर्ने सिकाउदा त्यो अप्राकृतिक देखिन्छ," भनेर धाक लागाएका थिए, भलै त्यो सुन्दा, स्थापित पत्रकारहरुमा नागरिक पत्रकारिताको महत्वको बारेमा ज्ञान नभएको भान परेको थियो ।

twitter_comment_wagle

कान्तिपुरको मात्र कुरा गरे पनि यो एउटा पत्रिका वा एउटा पत्रकारको कुरा होइन । सबै पत्रिका र पत्रकारमा समय अनुसार परिवर्तन हुन नसक्ने रोग लागेको पक्का हो । २०४७ (फेबुअरी १९९१) सालमा कान्तिपुरले पत्रकारिता शुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । त्यो बेलामा गल्ती भए पनि धेरैलाई थाहा हुन्थेन भने थाहा पाउने एक दुइजनाले पनि गल्तीको बारेमा अरुलाई बताउने माध्यम थिएन । तेसैले  त्यो बेला "ज्ञाता/बिशेषज्ञ" भनेर फुर्ती लगाउन जति पनि मिल्थ्यो ।

तर, अहिले समय धेरै परिवर्तन भइ सकेको छ । अहिले जो कोहीले पनि कुनै एउटा सानो बिषयमा कुनै पनि बिशेषज्ञ भन्दा बढी जानकारी बटुल्न सक्छ । जस्तै, रहर लागेको खण्डमा, कुनै बिरामीले रोगको लक्षणको आधारमा इन्टरनेटमा खोजेर आफुलाई के रोग लागेको हो र उपचारको लागि कुन औषधी खानु पर्छ भनेर पत्ता लगाउन सक्छ । यसरी खोज्दा डाक्टरले जानेको भन्दा पनि नयाँ र बढी प्रभाबकारी औषधीको बारेमा पत्ता लागाउने सक्ने सम्भाबना पनि उत्तिकै हुन्छ ।  तर, यती हुदैमा बिरामीले डाक्टरले भन्दा बढी जान्ने भएँ भनेर फुर्ती लगाउन मिल्दैन र डाक्टरले पनि बिरामीलाई केहि थाहा छैन भनेर अनुमान लगाउन मिल्दैन । यो नयाँ युगमा दुवै पक्षले एक अर्काको सम्मान गरेर आ-आफ्नो क्षेत्रमा इमान्दारिता पूर्बक लाग्नुको विकल्प छैन ।

 Continue reading

कान्तिपुरले इन्टरनेट हल्लालाई समाचार बानायो

एउटा इन्टरनेटमा चलेको हल्लालाई आधार बनाएर लेखिएको समाचार कान्तिपुरमा प्रकाशित हुनुले धेरै इन्टरनेट प्रयोगकर्ता अचम्ममा परेका छन् । कुनै पनि लेख वा समाचार प्रकाशित गर्दा गर्नु पर्ने साधारण खोजबिन पनि नगरी लेखिएको सो लेखले सर्बसाधारणमा नराम्रो असर गर्नेमा द्विविधा छैन । जुन "मेडिकल रिसर्च अथोरिटी अफ अमेरिका" ले गरेको अध्यान भनिएको छ, तेस्तो खालको कुनै पनि संस्था छैन भन्ने कुरा एक पटक गुगलमा खोजे थाहा भइ हाल्छ।  पुरा लेख तल पढ्नुहोस (साथै, यो सबै झुठ हो भन्ने ख्याल पनि गर्नु होला) ।

 

Clipboard02

 Continue reading

आइ एम सरि – सरि भन्न नपर्ने फिल्म ?

‘आइ एम सरि’को पूर्ण समिक्षा (अंग्रेजीमा)

हाम्रा फिल्म समिक्षक रौनकले आज (शुक्रबार) रिलिज भएको नेपाली फिल्म "आइ एम सरि" को कथा बस्तु र प्रेजेन्टेसन हेर्दा यो फिल्म सफल फिल्ममा गनिन सक्ने बताएका छन् । राम्रै भनेर समिक्षा आए त ‘काठमाण्डु’ हिरो आकाशले जस्तो ‘शत्रु लाग्यो‘ भनेर भन्न किन पर्थ्यो र ?

"आइ एम सरि" फिल्ममा आर्यान सिक्देलको अभिनय त्यति राम्रो नभएको बताइएको छ भने केकी अधिकारी लगाएत अन्य कलाकारलाई यसका निर्देशक दिनेश रावतले राम्रै संग अभिनय गर्न लगाएका छन् रे ।  हरि महतले निर्माण गरेको यस सिनेमामा भएको डेढकरोड लगानीको प्रतिफल कस्तो होला भनेर कौतुहल त छदैछ त्यस् माथि यसका कलाकार, निर्देशक आदिको फिल्मी भबिष्य पनि यसै फिल्म ले निर्धारण गर्ने पक्का छ ।

i_am_sorry_poster_2

"आइ एम सरि" टिम लाई हाम्रो शुभकामना ।