प्रजातन्त्र दिवसको बिबाद

नेपालमा प्रजातन्त्र पटक पटक आएको छ,
अन्तै कतै गएको थाहा नभए पनि
प्रजातन्त्र यहीं छ भन्नेमा अझै शंका छ ।

तत्कालिन राजा त्रिभुवनको नेतृत्वमा एकतन्त्रीय राणा शासनविरुद्धको क्रान्ति सफल भई २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भए मानिन्छ ।  ६१ बर्ष पुरानो यस क्रान्तिले जनतालाई भन्दा पनि राजालाई राणा शासनबाट छुटकारा मिलेको धेरैको बिस्लेशण छ । यही कारणले होला, यस पटक सरकाले प्रजातन्त्र दिवस कार्यक्रमको आयोजना नगर्ने निर्णय गरेको छ ।

तर, नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रजातन्त्र दिवस नमनाउने ‘लोकतन्त्रविरोधी’ भनेर भनेका छन् भने, एमाले अध्यक्ष झलनाथ खनालले पनि सरकारको प्रजातन्त्र दिवस नमनाउने निर्णयको विरोध गरेका रहेछन । यो भन्दा अघिका सरकारले प्रजातन्त्र दिवस मनाउन टुडिंखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एक बक्तब्य निकालेर, ‘मुलुक स्वतन्त्र नरहे प्रजातन्त्रको अस्तित्व रहँदैन, प्रजातन्त्र नभए जनताका अधिकार कुन्ठित हुन्छ र राष्ट्रियताको जरो जर्जर हुन्छ’ भनेका छन् ।

२०४६ सालमा भएको अर्को ठूलो आन्दोलनले बहुदलीय बयाबस्थाको सुनिश्चित गर्नुले नयाँ प्रजातन्त्र आएको बताइएको थियो । तर, देशको अबस्था झनझन बिग्रनु, माओबादी आन्दोलन चर्कदै जाँदा राजालाइ फालेर नयाँ शाशन व्यवस्थाको शुरुआत गरियो । इतिहासका यी कुनै पनि घटनाको कारणले जनताले राहत महशुस गरेका छैनन भने प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, या गणतन्त्र दिवस भनेर मनाउनुको कुनै औचित्य रहदैन ।

सरकारले प्रजातन्त्र दिवस कार्यक्रमको आयोजना नगर्ने भनेर नेताहरुको टाउको दुखे पनि, इमेज समाचारले भने "टुडिखेलमा एक बिशेष कार्यक्रम" हुने ठोकुवा गरेको छ। आजको पत्रकारिताका सजिलो छैन भन्ने कुरा दिन दिनै पुष्टि हुदै गइरहेको जस्तो लाग्न थालेको छ मलाइ आजकाल !

image_channel_news