जो चोर उसको ठूलो स्वर – नेतालाइ नियम लाग्दैन रे !

एमालेको युवा संघका घोराही नगर सदस्य गणेश नेपाली र एमाले विद्यार्थी संगठन अखिलका केन्द्रीय सदस्य विवेक श्रेष्ठले हेल्मेट नलागाइ मोटरसाइकल चलाउदा दाङका ट्राफिक प्रहरीले समातेर गरेको "गल्ती" को बिरुद्ध चक्का जाम गरेर माफी माग्न लगाएका छन् ।

दुई जना ट्राफिक हवल्दार र एक जना असईले नेतालाइ नचिनेको भएर पक्राउ गर्ने गल्ती गरेको भन्नेर माफी मागे पछि मात्र चक्का जाम फुकुवा भएको थियो ।

यसरी इमान्दारीता पूर्वक आफ्नो जिम्मेबारी अनुरुपको काम इमान्दारीता पूर्बक गर्दा गर्दै पनि दोषीसंग माफि माग्न लगाएको घटनाको बिरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी निरीक्षक सहित १३ जना प्रहरीले राजीनामा दिने चेतावनी दिएका छन् । तलको फोटोमा यसरी चेतावनी सहित बर्दी फुकालेर बिरोध गर्दै गरेका ट्रफिक प्रहरीहरु देखिन्छन (फोटोः रीता लामा, दाङ, सौर्य मार्फत)

राजिनामाको घोषणा गर्नेहरुमा प्रहरी निरीक्षक पूर्णबहादुर भण्डारी, सई बालबन्धु बस्नेत, असई धनबहादुर बोहोरा, हवल्दार पदमबहादुर रावल, हवल्दार सन्तोष शाह, र प्रहरी जवानहरु राजकुमार कार्की, माधबप्रसाद पोख्रेल, रमेश दत्त भट्ट, डिकेन्द्र बहादुर बिष्ट, दयाराम चौधरी, चन्द्री चन्द, लालबहादुर देउवा र किरण ज्ञवाली रहेका छन् ।

dang_traffic_protest_political_interfare

यसरी, राजनीतिक पार्टीका कार्यकर्ता भए पछि नियम कानूनको पालना गर्न आबश्यक हुदैन भन्ने खालको संदेश दिने कार्यको सबैले बिरोध गर्नु पर्छ ।

यस बिषयमा सरकारले स्वतन्त्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने तत्परता देखाउनु आबश्यक हुन्छ ।

आन्दोलनले घटाएको तेलको भाउ फेरी ४ रुपैँया बढ्यो

अघिल्ल्लो महिना बढेको पेट्रोलियम पदार्थको भाउ आन्दोलन पछी केही घटेको  थियो । त्यसको एक महिना पनि नहुदै ३ रुपैयाँ घटेको पेट्रोलमा ४ रुपैयाँ बढाएर अब पेट्रोलको भाउले नयाँ उचाई लिएको छ ।

No_petrol_petrol_pump_sign1

शुक्रबार राती बसेको निगम बोर्डले पेट्रोल, डिजेलमा र मट्टितेलमा चार- चार रुपियाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। यसरी मूल्यवृद्धि गरेपछि पनि निगमको घाटा प्रत्येक महिना ८५ करोड हुनेछ।

यसरि नयाँ मुल्यबृद्धि पछि डिजेल र मट्टितेलको प्रतिलिटर ८५ रुपियाँ, र पेट्रोलको मूल्य १ सय १६ रुपियाँ हुन पुगेको छ ।

सम्बन्धित पुराना पोस्टहरु :