छैठौं रास्ट्रिय खेलकुद २०६८ धनगडीमा शुरु

छैठौं राष्ट्रिय खेलकुद सुदुर पश्चिमको धनगडी रंगशालामा भब्य समारोह बीच उद्घाटन गरिएको छ ।  सुदूरपश्चिमले पहिलोपटक आयोजना गर्ने मौका पाएको यो रास्ट्रिय खेल महोत्सवको उद्‌घाटन राष्ट्रपति रामवरण यादवले गरेका थिए ।  उक्त समाहरोहमा पनि बोलेका थिए । सुदूरपश्चिमकै ओलम्पीक खेलाडी दिपक बिष्ट ओलम्पीक दीप प्रज्जवलन गरेर शुरु गरेको सो समारोहमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराइले, युवा तथा खेलकुद मन्त्री कमला रोका,  राखेप सदस्यसचिव युवराज लामा आदिको पनि उपस्थिति थियो ।

6th_national_sports

आठ दिन चल्ने छैठौं राष्ट्रिय खेलकुद फागुन १४ शुरु भएर फागुन २१मा सम्पन्न हुने छ । पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको पिएलए र विश्वविद्यालय गरी २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला खेलाडी सहभागी हुने सो राष्ट्रिय खेलकुदमा नौ टोलीका खेलाडीले ३१ खेलमा प्रतिस्पर्धा गर्नेछन्। यस खेलकुदमा पनि अघिल्लो बर्षको जस्तै नेपाली सेनाको टोलीले सहभागीता जनाएको छैन ।

Deepak_bista_burning_flame_6th_national_game

छैठौं रास्ट्रिय खेलकुद २०६८ उद्घाटन समारोहमा ओलम्पीक दीप प्रज्जवलन गर्दै ओलम्पीक खेलाडी दिपक बिष्ट

 Continue reading

चन्द्रबहादुर डाँगी – बिश्वकै होचा व्यक्ति भएको पुष्टि

चन्द्रबहादुर डाँगीलाइ बधाई छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधीले नेपाल आएर नापेपछि चन्द्रबहादुर डाँगीलाइ विश्वका सबैभन्दा होचा र अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति भएको पुस्टि पनि भएको छ ।

chandra_baharur

गिनिजको मापदण्ड अनुसार चन्द्रबहादुरको उचाई २४ घण्टामा तीन पटक नाप्दा उनको उचाई ५४.६ सेमी भएको पाइएको थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डे समेतको टोली चन्द्रबहादुरको उचाई नाप्न्को लागि लन्डनबाट हालै काठमाण्डौं आएको थियो ।

नेपालकै खगेन्द्र थापा मगर भन्दा कम उचाई भएर हाल बिश्वका सबै भन्दा कम उचाईको रेकर्ड राख्ने फिलिपिन्सका जुन्रे बालाविङभन्दा चन्द्रबहादुर डाँगी ३.३ सेमी अझै होचा रहेछन ।

shortest_measure_chandra_bahadur

संसारको अहिले सम्मकै सबैभन्दा होचा भनेर रेकर्ड राख्ने भारतका गुल मोहम्मदको उचाइ पनि चन्द्रबहादुरको भन्दा २ सेमी भन्दा बढी (५७ सेमी) थियो।

७२ वर्षका डाँगीको बारेमा अहिले सम्म थाहा नहुनु पनि अर्को रेकर्ड होला नि होइन त ? (फोटो क्रेडिट बिभिन्न अनलाइन साइट)

Del6096380

 Continue reading

प्राधिकरणको प्लानिंगको उदाहरण: दुइ हप्तामा तीन चोटी लोडसेडिंग घट्यो

नेपाल विद्युत प्राधिकरणले कसरी काम गर्छ भन्ने एउटा उदाहरण यो महिनामा लोडसेडिङ्ग परिवर्तन सम्बन्धि सूचनाहरुले प्रस्ट पार्छ  । यो फाल्गुण महिनाको दुइ हप्तामा तीन चोटी एक एक घण्टा लोडसेडिंग घताउनुले परिवर्तन प्राधिकरणका प्राबिधिकहरुमा माग र आपूर्तिको सामान्य हिसाब गर्न पनि आउदैन भन्ने पुष्टि भएको छ ।

ल हेर्नुहोस:

यसरी घटेको तालिका यस प्रकार छ :

load_shedding_schedule_falgun15

लोडसेडिंग घट्नु खुशीको कुरा हो तर, प्राधिकरणका प्राबिधिकहरुको "ट्रायल एंड इरर" पाराले माग र आपूर्तिको को निर्णय गर्ने गरेको देख्दा प्राधिकरणका आन्य काम कारबाही पनि कसरी होलान भन्ने अन्दाज लगाउन गाह्रो हुदैन ।  

फाल्गुण १० को सूचनामा "२०६८/११/११ गते बिहीबार" को ठाउमा "२०६८/११/१५ गते सोमबार" मात्र परिवर्तन गरेर जारी गरिएको सूचनामा ४ दिनमानै फेरी घटाउनु पर्ने कुनै नयाँ कारण दिइएको छैन:

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि कुलेखानी जलासयमा भएको पानीको संचिति एवं विद्युत चुहावट नियन्त्रण गर्न चालिएका कार्यहरु प्रभावकारी भएको कारणबाट साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०६८/११/१५ गते सोमबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।

वजन घटाउने उपाय

fat_man_joggingएउटा मोटो मान्छेले डाक्टरसँग सोध्यो, "डाक्टर साब वज़न कम गर्ने कुनै उपाय बताइदिनुस् न"

डाक्टरले भने "दिनको ८ किलोमिटर ३ महिना सम्म दौडिनुस् तपाईंको बजन घट्छ "

३ महिना पछी मोटो मान्छे फोनमा डाक्टर सँग भने, "डाक्टरसाब म ३ महिना अगाडि आको मोटो मान्छे क्या ?"

डाक्टरले सोधे, "के भो बजन घटेन त ?"

मोटो मान्छे, "वजन त घट्यो अब के गर्नु म यहाँ ७२० किलोमिटर सम्म आइेपुगे अब फिरकिनु कि अझै कुद्नु ?"