प्रचण्ड तनाव र माउन्टेन फ्लाइटको बिज्ञापन

माओवादी अध्यक्षले राजनीतिक तनाव कम गर्न भनेर हिजो हिमालहरुको बीच उडाइने ‘माउन्टेन फ्लाइट’ को सयर गर्नुभएको छ । आफ्नो परिवार र उनी निकट नेता र उनका परिवारको साथमा गरिएको यो खबर पत्रिकाहरुमा छापिएका थिए ।

prachand_mountain_flight

प्रचण्डका साथ हिमाल सयरमा निस्कने नेताहरुमा कृष्णबहादुर महरा, जनादर्शन शर्मा प्रभाकर, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर र तीनैजना नेताका परिवार थिए । साथै प्रचण्डका भतिजा समीर दाहाल र पुत्र प्रकाश पनि सोमबार बिहान ६ बजेर १५ मिनेटदेखि ७ बजेसम्मको माउन्टेन फ्लाइटमा संगै थिए । पहिले पहिले राजनीतिक तनाव भएको बेलामा धुलिखेल रिसोर्ट जाने गरेका प्रचण्ड अब तनाब कम गर्ने नयाँ नयाँ उपय हरु पत्ता लगाउन थालेको भान हुन्छ ।

प्रचण्डलाइ तनाव हुनु र माउन्टेन फ्लाइटमा जानु कुनै बिरोध गर्नु पर्ने बिषय त होइन तर, मानिसहरुले उनको प्रचण्ड तनावलाई हिमाली हावाले शितलता प्रदान गर्नको लागि जम्बो टिम नै किन जानु परेको होला भन्ने जिज्ञासा गरिरहेका छन् ।

यो सयरले एक हिसाबले माउन्टेन फ्लाइट र यती यरलाइन्सको बिज्ञापन पनि गरिरहेको बुझ्न सकिन्छ । (फोटो क्रेडिट – प्रकाश दाहाल)

नेपाल आयल निगमको गेटमा बम विस्फोट, तीनको मृत्यु

राजधानीको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा एउटा बम विस्फोट हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको खबर आएको छ । केही समय पछि वीर अस्पतालमा उपचार गराइरहेका पाँच जना घाइते मध्येका एक जनाको पनि उपचारको क्रममा मृय्तु भएको अपुस्ट समाचार आएको छ ।

अस्पतालमै उपचार गराईरहेका थप २ जनाको स्थिति पनि गम्भिर अवस्थामा रहेको बताइएको छ ।

प्रहरीले घटनाका वारेमा अनुसन्धान गरिरहेको तर घटना कसले र किन घटाएको हो भन्नेवारे केहि भन्न नसकिने जनाएको छ । (तलको फोटो साभार – हिमालय टेलिभिजन)

bomb_in_Kathmandu

अपडेट – "संयुक्त जातीय मोर्चा" नाम गरेको एक संगठनले यस घटनाको जिम्मा लिएको खबर आएको छ ।

अपडेट २ -  बम बिष्फोट गराउने मध्येका एक जनलाई पक्राउ गरिएको समाचार आएको छ ।

bomb_blast_kathmandu_police