निशा अधिकारीको दुर्ब्यबहार र पत्रकार हुनुको घमण्ड

  • निशा अधिकारीले पत्रकारको क्यामेरा खोसिन
  • झुक्किएर पनि नछुनु निशालाई
  • मिस नेपाल २०१० मा फस्टरनर अप वनेकी साहाना वज्रचार्यले पत्रकार भट्टराईको क्यामेरा खोसिन् ।
  • पत्रकारले निशालाइ माफीमाग्न बाध्य पारे

nisha_adhikari_journalist_debate_fingerयस्ता धेरै समाचार सुन्दा मलाइ पनि निशाले साच्चै बदमासी गरेकी रहिछिन भन्ने लागेको थियो । पत्रकारले फोटो खिच्न नपाउने भन्ने त छैन नि ।

तर, जब सो घटनाको भिडियो हेर्ने मौका मिल्यो यो त सबै पत्रकार हुनुको अंहकार बाहेक केही पनि रहेनछ भन्ने छर्लंग भएको छ । त्यो भन्दा पनि पत्रकारहरु आफूजस्तै पत्रकारको बिषयमा कति सम्म धृतरास्ट्र हुन सक्छन भन्ने पनि यो एउटा उदाहरण हो ।

यो घटना सम्बन्धी भिडियो सहितको समाचार उद्घोषण गर्ने पत्रकारले समेत आफैले देखाइरहेको भिडियोमा देखिएको कुरालाइ भन्दा पनि पत्रकारको सपोर्ट गर्नु पर्छ भन्ने अन्ध भक्ति देखाउदै छन् ।

मैले बुझेको घटना यस प्रकार छ :

  • निशाले लगाएको छोटो स्कर्ट भित्र नियाल्ने शुरमा हाम्रा पत्रकार बन्धु फोटो खिच्दै थिए ।
  • तर उनी संग एउटा राम्रो क्यामेरा पनि नभएकोले टाढाबाट राम्रो फोटो खिच्न नमिलेको ले नजिकै गएर फोटो खिच्न थाले ।
  • जो सुकै लाइ पनि आफ्नो अगाडी आएर चियाउन थालेको देख्दा रिस उठ्छ – निशालाई पनि रिस उठ्यो ।
  • उनी उठेर पत्रकार भएको ठाउमा गएर  डिस्टर्ब नगर्न भनिन (रिसाउन आबश्यक थिएन) ।
  • संगै बसेकी सहानालाई पनि रिस उठेछ क्यामेरा नै खोस्न पुगिन ।
  • पछि निशाले माफी मागे पछि औलो दिदा डुडुलो निल्ने भन्या जस्तो … सहानाले पनि माफी माग्नु पर्यो भनेर अर्घेल्याई गर्नु कुनै आबश्यक थिएन (सहानाले पनि माफी मागी दिएको भए केहि बिग्रिने थिएन) ।

पत्रकार अनुप भट्टराइले के गर्नु पर्थ्यो त ?

  • पत्रकारले फोटो खिच्न पाउछन – तर फोटो खिच्दा कसैलाई डिस्टर्ब गर्न पाइदैन ।  लामो जुम भएको क्यामेरा लिएर टाढा बसेर जति फोटो खिचे पनि कसैले केहि भन्ने थिएन।
  • पत्रकार पेशाले ठूलो भए पनि अहंकार देखाउनु कुनै आबस्यकता थिएन। निशालाइ माफी  माग्न लागाउदैमा कुनै पुरुषार्थ गरेको मानिदैन । उनले माफी मागेकोमा धन्यबाद दिनु पर्नेमा उल्टो अर्कीलाई  माफी माग्न लगाई देउ भन्दै बिन्ती गर्न जानु आबस्यकता थिएन  ।  भन्न मन लागेको भए सहाना नभनेर किन निशाको हात समाउन जानु पर्थ्यो?

nisha_controversy_causec_by

यो भन्दा पहिले "साथी म तिम्रो" को म्युजिक रिलिज कार्यक्रममा रेखा थापाले गरेको ब्यबहार लाइ जायज मान्न नसकिए जस्तै घटना यस घटनामा हाम्रा पत्रकार मित्रले गरको ब्यबहारलाइ पनि जायज मान्न सकिदैन । निशा र सहानाले सार्बजनिक स्थानमा गर्नु पर्ने ब्यबहारको बारेमा प्रशिक्षण लिन आबश्यक भए जस्तै हाम्रा पत्रकारले पनि घटनालाई निस्पक्ष भएर हेर्न सक्ने हुनु त्यतिकै जरुरि देखिन्छ ।

तपाईलाई कस्तो लाग्छ, अनुप भट्टराइले युट्युबमा राखेको भिडियो हेरेर आफै मुल्यांकन गर्नु होला (नोट: निस्पक्ष रुपमा सोच्न चाहानुहुन्छ भने यो भिडियोमा भएको उद्घोषणलाइ बेवास्ता गर्नु नै उपयोगी होला) :

कालिमाटी तरकारी बजारमा आगलागी ६ जनाको मृत्यु

कालिमाटीको तरकारी बजारमा भएको भीषण आगलागीमा ६ जनाको मृत्यु भएको खबर आएको छ ।  शनिबार राती भएको सो भीषण आगलागीमा  मृत्यु हुने हरुमा तरकारी बजारका सुरक्षागार्ड हिरा पुन, उनकाछोरीहरु शान्ति र निरा र छोरा निराजन सहित एकै परिवारका चारैजना मृत्यु भएको छ । मृत्यु हुने अरु दुई जनाको भने अहिले सम्म सनाखत भइ सकेको छैन ।

सुरक्षागार्ड हिराकी श्रीमती हिक्का पनि आगलागीमा घाइते भएर उपचार भइरहेको बताइएको छ ।

***

कान्तिपुरमा यस सम्बन्धी समाचारमा प्रधानमन्त्री बाबुराम भट्टराईको फोटो राखेर पोस्ट गरेको रहेछ । ६ जना मरेको, ब्यापक क्षती भएको समाचारमा प्रधानमन्त्रीले राहत देऊ भनेको कुराले कतिको महत्व राख्छ ? 

press_photo_fire_death_pm

एकजना मित्रले ट्विटरमा कान्तिपुरको अर्को गल्ती औल्याउनु भएको छ :

bodyguard_kantipur_news