नेपाल चलचित्र बिकास बोर्डको विद्धार्थी सपार्ने सपना

एक जना साथीले सोद्दै थिए, "फिल्मका बिहानका शो बन्द गर्दैमा बिद्यार्थी सप्रन्छन ?"

नेपाल चलचित्र बिकास बोर्डलाई सोध्ने हो भने त पक्कै सप्रन्छन । उनीहरुको बिचारमा संसारभर भएका मनोरंजनका सामाग्री मध्ये बिद्यार्थी बिगार्ने नेपाली सिनेमा हल मात्र हुन ।

तेसो भन्दैमा बिद्यार्थीले फिल्म हेर्न नपाउने भन्ने कहाँ छ र ? साइबर त खुलै हुन्छन, इन्टरनेटमा जे जे हेरे पनि भइ हाल्यो नि  । तै पनि, केही बर्ष अघाडी कुन चाहिँ युवा फिल्म नेपाली फिल्म हलमा गई गई फिल्म हेर्थे र अब जानु पर्ने ?  विद्धार्थीहरुलाई त खासमा भन्ने हो भने सबै फिल्म हलहरु बन्दै गरिदिए पनि केही फरक पर्दैन । फरक पर्ने त हल मालिक र नेपाली सिनेमालाई मात्रै हो ।

film_dev_board_Page_2बिकास बोर्डका पदाधिकारीहरुले हलका शो घटाएर कस्तो खालको चलचित्र बिकास गर्ने योजना बनाएका होलान बुझ्न गाह्रो छ । नेपाल चलचित्र बिकास बोर्डको कार्य चलचित्रको बिकास गर्ने हो कि विद्धार्थी सपार्ने? यसरी बिभिन्न निकायहरुले आफू खुशी विद्धार्थीको हक हितको लागि बलिदान दिन थाले पछि शिक्षा मन्त्रालयको काम हलुका भयो होला ।

चलचित्र बिकास बोर्डको विद्धार्थी सपार्ने बहाना कति फितलो छ भन्ने कुरा तलका बुंदाहरुले प्रष्ट हुन्छ :

  • चलचित्र बिकास बोर्डको काम चलचित्र बिकास गर्ने हो विद्धार्थीको हितको बारेमा सोच्ने अन्य निकाय छन्  । बोर्डलाई अरुको क्षेत्राधिकार भित्र हात हाल्ने कुनै अधिकार छैन ।
  • बिहानको शो विद्धार्थीले मात्रै हेर्छन भन्ने कुनै तथ्यांक छैन  । यो शो अन्यले विद्धार्थीले भन्दा बढी अन्य बर्गले हेर्ने गरेको प्रष्टै देख्न सकिन्छ ।
  • साच्चिकै विद्धार्थी सपार्नेको हो भने बिहानको शो बाट उठेको विद्धार्थीहरुको चेतना वृद्धि गर्ने कार्यक्रम पो संचालन गर्नु पर्थ्यो ।
  • कतिपय कलेज विहान सञ्चालन हुन्छन् भने अरु दिउसो – त्यस हिसाबले बिहान होस् या दिउसो, कुनै पनि शोले विद्धार्थीहरुलाइ असर गर्न सक्छ ।
  • फिल्महरु विद्धार्थीको लागि हानिकारक हुन्छन भन्ने कुरा के आधारमा भन्न सकिन्छ? के कुनै विद्धार्थी फिल्म हेरेकै कारण बिग्रेको कुनै तथ्यांक छ ?
  • फिल्म हेरेर विद्धार्थी बिग्रंछन् भन्नु फिल्म निर्माता, निर्देशक आदिको क्षमताको अपमान हो ।

हामी चलचित्र बिकास बोर्डले विद्धार्थीको भविष्यको चिन्ता गर्ने समय चलचित्रको भविष्यको बारेमा सोचेर बिताओस भन्ने कामना गर्दछौं  । 

चलचित्र बिकास बोर्डको नीति तथा कार्यक्रमको पूर्ण पाठ यहाँ पोस्ट गरिएको छ

मिस पूर्वाञ्चल २०१२ अस्मिता गुरूङ

धरानमा भएको मिस पूर्वाञ्चलको तेश्रो संस्करणमा  मिस पूर्वाञ्चल २०१२ को उपाधी अस्मिता गुरूङले हात पारेकी छिन । पूर्वाञ्चलका १५ प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै धरानकी अस्मिताले मिस पूर्वाञ्चलको ताजका साथै एउटा स्कुटी पनि जितेकी छिन ।

Miss_purbanchal_asmita_gurung

तेस्तै मिस पूर्वाञ्चलकी फर्स्ट रनर-अप सन्दीपा लिम्वु र सेकेण्ड रनर अप  मेचीनगर झापाकी हिना श्रेष्ठलाई ताजका साथ एक एक ल्यापटप पुरस्कार प्राप्त गरेका छन् ।

मिस पूर्वाञ्चलमा बिभिन्न टाइटल हात पार्ने सबैमा एक्स-नेपालीको तर्फ बाट हार्दिक बधाई !